Asian Highway (AH2) । एसियन हाईवे । [ Vlog ]


करिब 1,41,000 km भन्दा  बढीको लम्बाई रहेको Asian Highway ले एसियाका ३२ देशहरुलाई जोड्ने’छ ! एसियाली राजमार्गको पहिलो चरणको निर्माण सुरु भएको छ ।

यस आयोजनाअन्तर्गत एशियाली विकास बैंकको आर्थिक सहयोगमा पहिलो चरणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लौकाहीसम्म १२० किलोमिटर चार लेनको सडक निर्माण भइरहेको छ । सरकारले निर्माणको जिम्मा जैन CR F G टुँडी कम्पनीलाई दिएको छ । सडक विस्तारका लागी  झापा र मोरंग अन्तर्गत पर्ने रुख काट्न धमाधम थालिएको छ । यस खण्डमा करिब ६ हजार ७३७ रुख काटिने छन् भने । तीन वर्षभित्र सडक निर्माण सक्ने गरी कम्पनीले सरकारसँग सम्झौता गरेको छ  120 किलोमिटर लामो चार लेन सडक पूर्व-पश्चिम राजमार्गको एक खण्ड अन्तर्गत पर्दछ र यसले झापा, मोरङ र सुनसरी जोड्छ। एसियाली विकास बैंकको २८ अर्ब १७ करोडको लगानीमा निर्माण हुन लागेको हो । साथै ७१ वटा नयाँ पुल निर्माणसँगै राजमार्ग विस्तार हुने भएको छ ।

दुई एसियाली राजमार्गले नेपाल  लाइ अन्य राष्ट्रहरु सँग जोड्ने छ । त्यसमा  Asian Highway 2 (AH2) Asian Highway 42 (AH42) हुन् नेपाल भित्रमा यी दुई Asian Highway  को कुल लम्बाइ १३२४ किलोमिटर रहने छ !

Asian Highway 2 (AH2)

AH2  बंगलादेशको ढाकाबाट सुरु हुन्छ र भारतको नयाँ दिल्लीमा समाप्त हुन्छ। AH2 लम्बाई करिब  1027 km रहेको छ यसलाई  पहिला  Mahendra Raj Marga ले पनि चिनिन्थ्यो जुन  Kakarvitta बाट  Mahendra Nagar सम्मको !

Asian Highway 42 (AH42)

Asian Highway 42 (AH42भारतको रक्सौललाइ जोड्ने दक्षिण सिमाना सहर वीरगन्जबाट सुरु भएर पथलैया, हेटौंडा, नारायणघाट, मुग्लिन, नौबिसे, काठमाडौं, भक्तपुर, धुलिखेल, पाँचखाल, लामोसाङ्गु, बाराबिसे हुँदै कोदारी ( चीनसँग जोड्ने एउटा सिमाना सम्म पुग्दछ ।  यो सडक दक्षिणमा बार्ही (भारत) मा रहेको AH1 मा जोडिएको छ र चीनको AH5 लाई जोड्दछ। सडकको यस खण्डको कुल लम्बाइ २९७ किलोमिटर छ। AH42 ले नेपालमा ‘त्रिभुवन राजपथ’, ‘महेन्द्र राजमार्ग’ पृथ्वी राजमार्ग’, र ‘अरनिको राजमार्ग’ भनेर चिनिने प्रमुख चार राजमार्गहरू छन्।

No comments:

Post a Comment

कन्याम डुल्दा घोडाको बिष्टाको दुर्गन्धले हैरान साथै इलाम माता पाथीभरा दर्शन
कन्याम डुल्दा घोडाको बिष्टाको दुर्गन्धले हैरान साथै इलाम माता पाथीभरा दर्शन
केही समय अघि हामी नानीहरुसँग हामी अर्जुन दाइ, सुबिन्द्र दाइ, पार्वता बहिनी, जमुना चम्लागाई भाउजु र मेरो सहित गरेर सबै जनाको स-परिवार यसरी डुल्न निस्किएका थियौं ! धामको दर्शन पनि हुने र केटाकेटीहरुलाई यसो अरु ठाउँ पनि घुमफिर गराउन समय मिल्ने भएकोले हामी आफ्नो योजना सहित निस्किएका थियौं।  जसको यहाँ शब्दमा वर्णन गर्नु भन्दा पनि केही भिडियो किलिपहरु एडिट गरेर युट्युब र यो ब्लगमा राख्ने चेष्टा
दोस्रो ~ बाह्र बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला । 27 चैत्र 2080 देखी 27 बैसाख 2081 | सुनसरी | धरान |
दोस्रो ~ बाह्र बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला । 27 चैत्र 2080 देखी 27 बैसाख 2081 | सुनसरी | धरान |
 धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला २०८० चैत २७ देखि आगामी २०८१ वैशाख २८ गतेसम्म सञ्चालन भैरहेछ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नु भएको थियो ।  हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको विश्वास गरिने नेपालको सुनसरीस्थित चतराधाम तथा भारतका हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमा जम्मा ५ स्थानमा १२/१२