कन्याम डुल्दा घोडाको बिष्टाको दुर्गन्धले हैरान साथै इलाम माता पाथीभरा दर्शन


केही समय अघि हामी नानीहरुसँग हामी अर्जुन दाइ, सुबिन्द्र दाइ, पार्वता बहिनी, जमुना चम्लागाई भाउजु र मेरो सहित गरेर सबै जनाको स-परिवार यसरी डुल्न निस्किएका थियौं ! धामको दर्शन पनि हुने र केटाकेटीहरुलाई यसो अरु ठाउँ पनि घुमफिर गराउन समय मिल्ने भएकोले हामी आफ्नो योजना सहित निस्किएका थियौं।  जसको यहाँ शब्दमा वर्णन गर्नु भन्दा पनि केही भिडियो किलिपहरु एडिट गरेर युट्युब र यो ब्लगमा राख्ने चेष्टा गरेको छु।  इलाम माता पाथीभरा दर्शन निकै रमाइलो र आफ्नो भक्ति भाव सहित राम्रो सँग सम्पन्न भयो तर सँगै कन्याम डुल्दा भने एउटा नरमाइलो कुरा के भने नि यतिको स्वदेसी तथा विदेसी पर्यटकहरु आएर घुमफिर गर्ने ठाउँमा घोडाको बिष्टाको दुर्गन्धले हैरान बनाउदा भने निक्कै खल्लो लाग्यो। यसमा कसैले पनि ध्यान दिन नसकेको जस्तो लाग्यो - सम्बन्धित स्थानीय तह र व्यबस्थापन समितिको यसमा छिट्टै ध्यान जान सके निक्कै राम्रो हुने थियो।

साथमा यही ठाउँ सन् २०२२ तिर पनि गएको रहेछु पहिलाको भिडियो हेर्दै जादा देखे र करिब भिडियोको अन्तिम तिर मैले त्यो पहिला जदाको भिडियो पनि एडिट गर्दा यसै भिडियोमा समाबेस गरेको छु, जसको कारण भिडियो अलिक लामो हुन गएको छ। २०२२ मा जादा हामी छोरालाइ पहिलो पटक मतको दर्शन गर्न गएका थियौं र अहिले २०२४ मा जादा भने छोरा सहित छोरी लाइ पहिलो पटक माताको दर्शन गर्न गएका थियौं।

माता पाथिभराले हामी सबैको रक्षा गरुन ।

इलाम माता पाथीभरा एक परिचय :

पाथीभरा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा रहेको धार्मिक पर्यटकीय स्थल हो। समुद्री सतहबाट १८०० मिटरको उचाईमा अवस्थित पाथिभरा धार्मिक महत्त्व बोकेको स्थल हो। कुटीडाँडा र हाँसपोखरीको चुचुरोमा पर्ने यस ठाउँमा मन्दिर बनाइएको छ। मेची राजमार्गको कुटीडाँडाबाट करिब २० मिनेट सिंढी खुट्कीला उक्लेपछि पाथीभरा देवीको मन्दिरमा पुग्न सकिन्छ। यी देवीलाई ताप्लेजुङकी प्रसिद्ध पाथिभरा देवीकी बहिनीको रूपमा पुजिन्छ। कसै-कसैले यिनलाई सानी पाथीभरा देवी पनि भन्दछन। विभिन्न अध्ययन प्रतिवेदनहरूले यहाँ उच्च प्याराग्लाईडिङको सम्भावना रहेको देखाएका छन।


No comments:

Post a Comment

धरान, भेडेटार, तमोर नदीको तिरै तिर हुदै सफारी टार जादा देखिएका मोहक दृश्यहरु
धरान, भेडेटार, तमोर नदीको तिरै तिर हुदै सफारी टार जादा देखिएका मोहक दृश्यहरु
Street View देखाउने क्रममा आज काम बिषेशले दमक बाट धनकुटाको सफारी टार जादा देखिने धरान देखि भेडेटार, मुलघाट हुदै सफारी टार सम्मको बाटामा देखिएका पूर्वी नेपालको सु्दर दृष्यहरु देखाउने कोसिस गरेको छु , आजको भल्ग र ब्लग दुबैमा । आशा छ मन पराइदिनु हुने'नै'छ ।
Asian Highway (AH2) । एसियन हाईवे ।  [ Vlog ]
Asian Highway (AH2) । एसियन हाईवे । [ Vlog ]
करिब 1,41,000 km भन्दा  बढीको लम्बाई रहेको Asian Highway ले एसियाका ३२ देशहरुलाई जोड्ने’छ ! एसियाली राजमार्गको पहिलो चरणको निर्माण सुरु भएको छ ।यस आयोजनाअन्तर्गत एशियाली विकास बैंकको आर्थिक सहयोगमा पहिलो चरणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लौकाहीसम्म १२० किलोमिटर चार लेनको सडक निर्माण भइरहेको छ । सरकारले निर्माणको जिम्मा जैन CR F G टुँडी कम्पनीलाई दिएको छ । सडक विस्तारका लागी  झापा र