बिदेशमा देशको समाचार र फिल्लिम


विगत २ वर्ष देखि - कतारमा नेपाली कमदारहरुको संख्या अत्यधिक मात्रा मा बढेको छ । त्यसैलाई मध्यनजर राखेर नेपाली पत्र पत्रिकले यहाँ आफ्नो बजार क्षेत्रलाई बढ़्वा दिदैछन, यहाँ दोहामा बिहीबार देखिनै यहिबाट पुब्लिश हुने पेपरहरु भेटाउन सकिन्छ साथै स्वदेशबाट आउने निकै पेपर पनी पाइन्छन; जस्तै तपाइले तस्विरमा देख्न सक्नुहुन्छ । कतारको अलेदिया मार्केट - सनैया , नेशनल को आसपास आदि मुख्या - मुख्या ठाउमा । अर्को पिक्चरमा मैले मेरो ब्लगको लागी फोटो खिच्दै गरेको तस्वीर ।




नेशनलको छेउमा शुक्रबारका दिन यसरिनै पुर्बी एशियाका कामदारहरु (विशेस गरी नेपाल, इंडिया, पाकिस्तान, वंगालादेस , श्रीलंका आदि ) - सी डी, लता कपडा , चुरोट , खैनी आदि कुराहरु .....बिक्री गर्न बसेका हुन्छन - यस्तो काम उनिहरुको ओभर टाइम भन्दा पनी फरक पर्दैन । यसबाट उनीहरुलाई राम्रै आमदानी भएको कुरा उनिहरु आफै गर्द्छन । स्वदेशका प्राय: सामग्रीहरु प्रसस्त मात्रामा तपाइले पाऊंन सक्नु हुन्छ - यहाको गलिहरुमा । फोटोहरुमा हेर्नसक्नुहुन्छ।


विदाको दिन यानी सुक्रबार का दिन - दिनभर नै आफ्ना साथीहरु, आफन्तहरु आदि सबैलाई भेटना को लागी यसरी नै कुनै एउटा निश्चित ठाउमा भेला भएर वा कुरेर बस्नेगर्दछ्न । ( अल्फार्ड्न बिल्डिङ्गको अगाडी आफन्त, साथिहरुलाई पर्खेर बसिराहेका नेपालीहरु।


दोहा को नेशनल मा राखिएको सी डी र कपडा पसल हरु ,फुट-पातमा .


पहिला नेशनलको यो ठाउमा नेपालीहरुको जमघट हुने गर्दथियो तर अहिले बढ़ी फोर र भीड़ भयो भनेर यो ठाउलाई निषेध गरेको छ र सिक्यूरिटीहरुले यहाँ मानिशहरु जमा हुन पनी दिदैन ।

नेशनल मा रहेको एउटा मात्र करवा बस स्टेशन को हालत ।

हरी भाइलाई दोहामा पहिलो पटक भेट्दा खेरी - BHDD GROUP KO H - यानि HARI
सिक्यूरिटी को पोषकमा - दाया म , हरी र ओम (हरिको रूममा) । अनी म नेशनलको मेन रोडमा ।



लेफ्ट बाट म , हरी
कती सधै कंप्यूटरमा मात्रै घोत्लिरहनु भनेर मैले यो सुक्रबरको दिन कीबोर्ड लाई भन्दा क्यामेरा लिएर - कतारलाई मेरो ब्लगमा कैद गर्न तमसेर पुरै दिन धूमधामको - घूमघाममा बिताइए ।
(तापाइलाई कस्तो लाग्यो ? मलाई खुसुक भनुस है ल ! )

5 comments:

  1. विदेशमा बस्ने नेपालीहरुको बारेमा यथार्थ जानकारी पाईयो ।

    जे होस त्यहा पनि आफ्नै देश र भाषाका पत्र-पत्रीका पाईदो रहेछ पढदा खुशि लाग्यो ।

    ReplyDelete
  2. राम्रो लाग्यो है मलाई त !!!

    ReplyDelete
  3. बेदनाथजी, तपाईको यो पोष्टको केही तस्बीर हेर्दा त लाग्यो म न्यू रोडको फूटपातमा पत्रिका फिजाइएको छ। अनि सुन्धारा र असनको फूटपातमा कपडा पसल राखिएको छ।

    कतारमा रहनु हुने नेपालीहरुको लागि सजिलै नेपाली पत्रपत्रिका उपलब्ध हुनु त गज्जबै हो। अनि एउटा कुरा पनि भनीहालौ है। म ब्रोड ब्याण्डको नेट चलाउछु र पनि तपाईको ब्लग खोल्न सारै समय लाग्छ। आज त कमेन्ट लेख्नलाई ४ पल्ट खोल्नुपर्यो। ब्लगलाई धेरै ह्याभी नबनाउँन सल्लाह छ मेरो। किनकी नेपालको कनेक्सन कमजोर छ। धेरै भारी बोकाउँदा त काम गर्दैन। अनि छ्याप्छ्याप्ती भएका धेरैजसो साइबरमा त झन् इमेल खोल्न नै समय लगाउँछ।

    हुन त तपाईकै मर्जी हो है के गर्ने भन्ने बारेमा। मैले त आफूलाई लागेको कुरा भनिदेको मात्रै।
    अन्तमा दशैँको शुभकामना छ तपाईलाई। अनि कतारका सम्पूर्ण नेपालीहरुलाई पनि।

    ReplyDelete
  4. deelip g, ujeli g, akar g ra kailash g sabailai dhanyabad ra bises gari kailash g lai ma aabhar bekt gard6u kin bhane tapaile nepal ma herda hune samasya ko barem bataidinu bhayeko 6 ...ma yeslai dherai havy nabanaune kosis garne 6u ra tapai haru sabaile yespaliko dashain ramrai nai manaunu hola bhan ne kamana gard6u

    ReplyDelete