" मशान घाट "


म हरेक रातसंगै
मरेको सपना देख्छु
बिपनामा साच्चै एउटा लाश भेट्छु !

आज धेरै संसार र जीवन दिने
ति उर्वरर्ताहरू स्तब्ध छन
आज फेरी त्यही स्तब्धता
बद्दैछ , फैलिदैछ - वुद्रत्वको विपरीत भएर

म हरेक विहान


अशुभ समाचार सुन्छु
अनि हरेक दिन अत्याचार मात्र देख्छु
त्यसैले
म हरेक साझ काँप्ने गर्छु
ति त्रासदिहरू देखि
म हरेक रातसंगै

मरेको सपना देख्छु
बिपनामा साच्चै एउटा लाश भेट्छु !!

यस्तो संसारको रित देखेर
थकित भएको - म
एस्तो झुर कास्टिंग - हेर्दा हेर्दै पनि
विबश छू हेर्न त्यही

आज सबैको वोलिमा धूर्तता
रहे जस्तो लाग्छ
आज सबैमा मन लाग्छ -शंका गर्न
म हरेक रातसंगै

मरेको सपना देख्छु
बिपनामा साच्चै एउटा लाश भेट्छु !!!

एउटा जिउदो जीवनको अर्थ खोज्दा
सयौ मृत जीवन भेटिंन्छ यहाँ
एउटा त्रासदी मेटाउन खोज्दा
सयौ संकट उत्पानं हुन्छ
त्यसैले के खोजौ जीवनका अर्थहरू
जीवन -त्यसै त्यसै,
मूल्यहीन भएकोबेला ,
म हरेक रातसंगै

मरेको सपना देख्छु
बिपनामा साच्चै एउटा लाश भेट्छु !!!!

मैले खेलने मैदानहरुमा
मैले हिड्ने बाटाहरुमा
एउटा पंचर हुन लागेको
फुटवल खेलेको देख्छु
एउटा प्रेत आत्मा हिडेझै लाग्छ
खोई किन ! हो कुनी?
सबै यही नै लड़न खोज्छ्न ।

आख़िर ! यहाँ,
कसले कस्लाई - जितनु छ र ?
जीवनका चिसो सिरेटो
जस्तै गोरेटोहरुमा
एउटा कथा अमानवीय वा
मेरो अर्को कथा पनी हुन सक्छ
भोकाएको पेट अघाएको जिन्दगीमा
मेरो हिर्दयाको धड़कन कसले सुन्न सक्छ ?

म हरेक रातसंगै
मरेको सपना देख्छु
बिपनामा साच्चै एउटा लाश भेट्छु !!!!!

2 comments:

  1. कविता अलि बढी निराशावादी भयो पुलामीजी!

    युवा मनमा यति धेरै निराशा हुनु राम्रो होइन।

    ReplyDelete
  2. ho kabita kehi nirasha badi 6 tar maile yuba man maa nirasha rakheko chaahi pakkai hoin, yahaa maile hamro desh ko stithilai abagat garaune chesta gareko 6u. nepal aahile euta mashan ghaat bhayeko 6
    yahaa janataa lai khali junsukai tarikaa bat marne matra paryash bhayeko 6 . hernus bijuli , gas, petrol, ani mahangi....desha ko kichalido rajnaitik abasthaa ...ani jata tatai hatya ..lut....atank 6...

    ....ani nepal ma jiudai lash bhayeka nepaliharu 6n...tysaile maile ....desh mashaan ghaat bhayeko kura lai prastut gareko hu...
    ..hernus ....म हरेक रातसंगै
    मरेको सपना देख्छु
    बिपनामा साच्चै एउटा लाश भेट्छु !
    (kunai pani rat haru santos ra aanan dale sutna paidain)
    ..म हरेक विहान
    अशुभ समाचार सुन्छु
    (tapai bihanai redio waa bbc samachar sun nus ta ..kaha shubha samachar 6...)
    ...एउटा त्रासदी मेटाउन खोज्दा
    सयौ संकट उत्पानं हुन्छ
    (hernus ta desh ma bala bala maobad ko samasyaa shant bho bhaneko khai tarai mukti morchaa ani khai k - k bad ...sabai babal6 samasya jiukaa tyu 6..ani..)
    ....tysaile deshko aabasthaa le ma maa aayeko euta bhaabanaa lai matra mero blog ma taseko hu basant g...
    ..jehos tapaiko bi4r man paryo kin bhane yesto abasthaa ma nirasha lyunu hudai na, dhanyabad tapailai

    ReplyDelete