दशैंलाई समझदा ....र मेरो दिष्ट्रिमा दशैं


"आयु द्रोणसुते, श्रयिं दशरथे, शत्रुक्षयं राघवे
ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ।।
सौर्यं शान्तनवे, बलं हलधरे सत्यं च कुन्तिसुते
विज्ञानं विदुरे भवतु भवतां,कीर्तिश्च नारायणे ।। "

..............................................
अनि ............. हाक्या ताक्या कुराहरु पुराहुन , धेरै पढोस, राम्रो मान्छे , ज्ञानी भएस ..... आदि इत्यादी भन्दा त गमक परेर नाकलाइ फुलाई गम्केर पलेटी कसेर बस्दथे अनि बाबाआमाले निधार भरीको ठुलो टिका लगाइदिनु हुनथियो । साथै हात मा भेटी स्वरुप केराको चाना , फलफूल आदि दिनु हुनथियो किनभने हाम्रोमा छोरा लाई पैसा दीइन थियो र दीदी बहिनी लाईमात्र पैसा दीइन्थियो ।


टिका लागाइसके पछि , खिस्सा हासो निकालो -
"पैसा त त्यही हो - तिमारु ले त कामाएर पो दिनु पर्छ ।" भनेर बाबा ले भन्नु हुनथियो ।
म पनी खिस्सा हासो र उठ्दै क्रर्मबद रूप मा (ठुलो - देखि सानो -सबै आफु भन्दा ठुलो) सबैलाई पालो - पालो ढोग्दै जानू पर्ने - आफु त कान्छो परियो - सबैलाई.... । टिका लाउदा लाइनको पनी अन्तमा । आदर सत्कार गर्न त त्यस्तो मन नलाग्ने होईन (दश औला जोडेर नमस्कार ! भन्न र गर्न ठीकै लाग्ने तर सबैको गोडामा चाहि .....!!! खोई के के ??? लाग्ने)
..................................................
टिका लगाइसकेर तमाम भैसके पछि - खानपिनको व्यबस्ता हुनथियो - हेर त्यों चौरासी ब्यंजन .....
सबैभन्दा रमाइलो कुरा चाहि लिंगे पिंग खेल्न र मेला (बजार ) जान नै हुनथियो - मेला जाने बेलामा आमाले केही खर्च दिनु हुनथियो - मेला मा जुलापी (मिठाई ), बेलून , पोस्टकार्ड ओहो समझदा नै कस्तो मजा लाग्छ !
सबै साथिहरु संग आफ्ना आफ्ना कुरा ... ओहो के ...के के ...।
....................................................
दशैं एउटा मेलमिलाप पूर्णको , दु:ख लाइ बिर्सीएर हासो खुसीमा रामाउने पर्व भए जस्तो लाग्छ , नया लुगा संगै नया उमंग र नया सोच भर्ने, ठूलाले सानालाई आशीर्वाद दिने र आपसमा आत्मीयता बाड़ने एउटा हिंदूहरुको बड़ा चाड भएकोले - एसलाई सकारात्मक रुपमा मनाउनु पर्छ जस्तो मलाई लाग्छ । किनभने,जिवनमा धेरै दु : ख ,पिडाहरुको माझमा थोरै खुसी पाइन्छ ,हो त्यसलाई सदुपयोग गर्न नै दशैं एउटा राम्रो बाहाना हो । एस्तै कुराहरु मन पर्छ मलाई ।
..........................................
खुसियाली मनाउन जाड, रक्सी खानै पर्ने , खसी -वोका काटेर रगतको खोलाले पूजा गर्दा मात्र दशैं हुने नत्र नहुने ! कस्ता देवता रहेछन ? , कोजाग्रा पूर्णिमामा जागै बस्न तास , जुवा खेल्नै पर्ने ! जागै बस्दा राम्रो हुन्छ भने के कुनै अरुनै वौदिक उपाए छैन र ? खोजौं न केही उपाए ?? दशैं लाइ महान नेपालीको महान पर्व को रुपमा चिनाउन सकौ । एसपालीको दशैं विशेस एतिनै । शुभ होस , शुभ रहोस यहिछ मेरो यहाहरू सबैलाई बड़ा दशैंको बड़ा शुभ कामना ।
( रहरै रहर मा केही थोरै लेख्ने जमर्को गरेको छू - सिलसिला पुर्याइएन होला - तर दशैंको कुरामा कुरा आए पछि गफ गरिहाले - त्यस्तो केही भए कमेन्ट छाड़्दिनु होला - मेरो सोचे कस्तो लाग्यो कुनि ?)

2 comments:

  1. विजया दशमीको शुभकामना पुलामीजी!

    तपाईँको विचारसंग सहमत छु म पनि। दशैंलाई हिंसा र विकृतिको चाड होइन, शान्ति र उत्सबको चाड बनाउनु जरुरी छ।

    ReplyDelete
  2. Nice blog.I am following this blog from the very beginning of this blog when you used to promote it in Networked blog.I have started my technology blog Tech n Techie

    ReplyDelete