"साच्ची तिमी भगवान"


साच्ची तिमी भगवान, साच्ची तिमी देवता
देवता नै रहेछौ -तिमी संग जे छ
त्यही मात्र दिन सक्छौ ।

- - -त्यसैले:-दु: ख ,देऊ दु : ख
भगवान् -चाहेभन्दा बढी ।

पीडामा पिल्साएर , संकटमा डुबाइदेउ
भोग, रोग र शोकको ओछ्यानलाई
ओढने पनी त्यही - ओढाइलेऊ ।।



व्यथा माथी व्यथा थपी, अर्कै कथा जन्माइदेउ ,
अभावाको वस्त्र लाउन दिई
डर , त्रास र धमकी खुवाई - नरकको आसन देऊ ।।।

तिम्लाई सबले जय भन्ने - प्राप्त हुने पीडा मलाई
शिक्षा तिमी लदाइदेउ ,चाहिन्न तिम्रो
सुख दिने दया माया ।

" मलाई पूजे मात्र तिम्रो - हित गर्छु "
भन्ने स्वाथ्रीपनको त्यों - नौटंकी बंद गर !
त्यों नाटक - अहिले , आजै देखि ॥

हत्या, हिंसा फैलाऊ -राक्षस मारे जसरी ,
भाड्भैलोको जुता लगाई
भाताभुंग + लाथालुंग गराइदेउ ।

अत्याचारिलाई साथ देऊ
अनि मलाई माला लगाइदेउ - पापै पापको
शासन गर आफै ,राज गर आफै -शासित छू म ॥ ।

गर्छौ त तिमी त्यस्तै - सक्छौ त तिमी त्यस्तै
तर सक्दैनौ तिमी , मलाई सुख दिन
र जान्दैनौ पनी ।

त्यसैले त म -
तिमी संग 'सुख'
माग्दिन र खोज्दीन पनी ।

दया गरेर , माया देखाएर
तिम्ले सकेको , सोचेभन्दा बढी
चरम - दु : ख देऊ, दु : ख ।

म तिम्रो अंधभक्त हु -मेरो रहरमा , मेरो कहरमा
मूक दर्शक भएर बस , मूर्ति -मूर्ति झै
मूर्ति नै भएर बस ॥

तिमीले हिजो कसैलाई - सेकाएका थियौ
आज मलाई उसिन्दैछौ
र भोली कसैलाई - भुटने नीतिमा बसेछौ ॥ ।


यो तिम्रो रहर -
तिम्रै शब्द , तिम्रै भाषामा -तिम्रै अर्डर रहेछ !
तर यो मेरो इच्छा, चाहना - मेरोपन हो ।

यो कस्तो संयोग ,
सक्छौ भने यी मनका इच्छा पुरा गरिदेऊ
अनी त कहलाउछौ - मानवको सच्चा देव ॥

साच्ची तिमी देवता -देवता नै रहेछौ
साच्ची तिमी भगवान - भगवान नै रहेछौ
साच्ची तिमी भगवान s s s . . .। । ।

No comments:

Post a Comment