उ छ, तिमी छौ
म छु तर आत्मा छैन
सरकार र धेरै वाद्हरू छन-
आचारसंहिता छ, तर शान्तिवार्ता छैन !
छ यहाँ -
अमनचैन -छैन विकास छैन
छैन यहाँ -
जीवनको भरोसा नै छैन
छ त खाली शान्तिको आशा ।
आतंक छ , भय र त्रास छ !
छन त धेरै समस्या र मनमुटावहरु......
सिरिफ छैन यहाँ -
सदभाव, एकता र पारस्परिक हित !
गजब छ यहाँ -
गाउ, शहर तथा पहाडहरू
सुस्त र मंद छ , घरहरु एकल छ ।
जहा पीडा र वेदनाहरु लुकेको छ .......
व्याथाहरू अझ बल्झिदैछ
कथा माथी कथा थपिदैछ
फेरी आज -
अर्को कथा -बन्दैछ , दोहोरिदैछ !
यहाँ यथार्थता छ र वाध्यता पनी
परिस्थिति नै अन्योलमा छ
सवैको मन भुमरिमा छ !
त्यसैले होला -
हिमाल हासेको छैन
मुनाल नाचेको छैन
आस्था बाचेको छैन
अनि......
लाग्छ आज
यहाँ कसैको आखा लागेको छ
वा
कसैले आखा गाडेको छ हुन सक्छ -
कुनै वोक्सी लागेको छ !
कुशल रुपमा कसैले यस् भूमिमा
राजनैतिक ओलम्पिक ग्याम खेलाउदैछ ।
एक दिन मैले सुनेथे-
देशमा मलामी जाने ,
रथी, सारथी छैन्न रे !
आफैले आफ्नो -
दाहासस्कार गर्नु पर्छ रे !
अनि यो पनी सुनेथे -
गाममा काम गर्ने
दाजुभाई -दिदीवहिनी छैनन रे !
हाम्रो देश त खाली -
केटाकेटी र बुडावुढी
तथा
असाय र पिडितहरुको 'देश रे !'
विडम्वना नै एस्तो खालको छ ,
धेरैले
देशलाई बोक्रो देखाई -खोक्रो पारे!
विकाश र परिवर्तनको नाममा-
दलहरु बिच लाछाचुडी पारी सके
छ त यहाँ धेरै थोक छ
छैन त धेरै थोक छैन
भएर पनी छैन ,
या त भएर पनी पुर्याएको छैन !
यी सब -'जात्रा'
जनताले नदेखेका होईंनन
छ त अब बाकी - सचेत हुनु छ ।
पैठ मारी अघि बढ्नु छ
वैचारिक रुपमा अब -
सिंगौरी खेल्नु छ !
हातमा कलम उठाउनु छ
रगत को साटो -मसि बगाउनु छ ।
भरौटे, चम्चे तथा रमिते -
दर्शक हुनु पनी छैन ।
लैं लैं मा लाग्नु पनी छैन
छ त अब बाकी -
सचेत हुनु छ
पैठ मारी अघि बढ्नु छ -
एकै साथ ,
हार्दिकताका साथ -अघि बढ्नु छ ।
(मैले अहिले देश को अबस्था बेहाल हुदै गरेको र देश कुनैपनि तर्फ बात -संकटको अबस्था मा रहेको लागेर -एस्तो लेखन मन लागेको हो - देश अहिले निकै सम्बेदंशील अबस्थाबाट गुज्रिएको छ । त्यसबाट जोगाउने जिम्वा हामी नेपलिहरुकै काधमा रहेको छ )
Followers
ABOUT ME
Search This Blog
Comments
3-comments
LATEST
3-latest-65px
कुरा त एकदम सही गर्नु'भो !
ReplyDeleteएकदम जीवन्त छन्, यहाँ ले गर्नुभएका चित्रणहरु ।
तर हामी धेरै अघि बढ्नु छ । अनि धेरै गर्नु छ ।
"हिमाल हासेको छैन
मुनाल नाचेको छैन
आस्था बाचेको छैन"
.........
निकै उत्कृष्ट लाग्यो, तपाईका भावनाहरु !
पढ्दा तितो लाग्न सक्छ तर अहिलेको यथार्थ यहि हो !
ReplyDeleteThis is a great blog.
ReplyDeleteI have created a Nepali social bookmarking site like digg.com. Its goreto.co.cc . You can share your blog posts on this and get more traffic to your site.
I would like to invite you to join this site goreto.co.cc and start sharing news now.