"आज"


(आज)२
आज - त्यही विहानी
त्यही कार्य संगै
त्यस्तै समय विते
त्यसरी नै दिउसो , साझ
र आहिलेको समय पनी !

(दिउसो तीर )२
धेरै धेरै मानिसहरु
धेरै धेरै जुलुसहरू
धेरै धेरै ब्यानरका नाराहरू
"शान्तिपुर्णको विरोध जुलूस "
भनेर कुदिरहे, हिडिरहे
यी नगरिका -ती सडकहरुमा !!



(अहिलेको समय ) २
देशै जुलुसमा हिडेको छ
परिस्थिति नै विरोधमा उत्रेको छ
सडकहरु आन्दोलन गर्दैछन
-यात्रिहरूसंग !

कतै टायर जल्दैछ -कतै मन जल्दैछ
धेरै धेरै जल्दैछ - वनसंगै मनहरू
सगरमाथा यो सब -
हेर्छ मात्र चुचुरोबाट ।
केही पनि वोल्दैन -
ती पशुपतिनाथका मन्दिरहरु !

फेवा, रारा , तिलिचो
हात बाधेर बसेछन
गर्ने भने कोही हुदैनन
र गरदैनन पनी ।


अनि कस्तो होला
अनि कहा होला
म र मेरो अवस्था ?

(नदिहरुमा) २
कोशी पनी भन्दैथ्यो -विरोध जनाउन
हरताल गर्छु भनेर ,
गण्डकी पनी हरताल गरछु
हरतालामा लाग्छु भनेर भन्दैथ्यो ।

(सबै)२
-हड्ताल , धर्ना, विरोध
आन्दोलन र क्रान्त्रिमा नै
रमाउदैछन , उफ्रिदैछन !

(धेरै )२
डराउदैछन र आशु पनी झार्दैछन
साच्चै नै आज भने
यो देशमा विचित्रता
भन्ने जन्तुले -ठाउॅ ओगटे जस्तो छ ।



(कोशिको विरोध हेरिसकेका छौ हामीले - म देशमा भएको बबालहरू हेर्ने मात्रको संख्या बढेको देख्दैछु । के हामीहरु बीच कोही पनी छैनन त देशका निम्ति केही गर्नेहरु -कहिले देश ले सकारात्मक गति लेला त ? यस्तै छ देशमा -आज । त्यसैले म भन्न चाहन्छु -" हामी नया नेपालको सपना नराखौ -मलाई मेरे देश 'नेपाल चाहिन्छ शान्ति ,विकाश र प्रगति अनि समान्ताको जहा सिर्जनका हातहरु एक भई स्वोतन्त्र रुपमा चलाउन सकौ । ")

3 comments:

  1. बेदनाथजी ,

    तपाईंको कविता लेखनको गति यसैक्रममा बढिरहोस् शुभकामना छ मेरो तर्फबाट । अब तपाईंले कवितामा अलि छाँट काँट र बान्कि तर्फ पनि ध्यान दिनुपर्छ है टाईप गर्दा पनि र भाव ब्यक्त गर्दा पनि । (यो आएछ फेरी 'अजासु' भएर भन्ने नठान्नुहोला है ।

    ReplyDelete
  2. दीपक दाइले भनेको कुरा एकदमै ठीक लाग्यो मलाई । दीपक दाइले भन्नुभएजस्तै गर्नुभयो भने साह्रै राम्रो हुन्छ है वेदनाथ जी !!!

    ReplyDelete
  3. राम्रो सल्लाह र सुझाव दिनुभएको मा दिपक जी र उजेली जी धन्यवाद !तपाईहरु जस्तो मित्र पाएको मा मलाई खुसी लागेको छ, आउदा दिनहरूमा म तपाईहरु ले भने जस्तै गर्ने पर्यास गर्ने छू । तपाईहरुको कमेन्ट मेरा निम्ति ब्लगको सम्पन्ति मात्र नभएर मेरो हौसलाको स्रोत पनि हो । र मेरो भखरै हुर्कदै गरेको ब्लगलाई यातिधेरै मया लगाउनु भएकोमा पुन धन्यवाद नदिरहन म सक्दिन ।

    अनि दिपक जी "यो आएछ फेरी 'अजासु' भएर भन्ने नठान्नुहोला है " भन्ने लेख्नु पर्ने नै थिएन नि ! त्यो चाहि गल्ती गर्नु भयो है । मैले पहिला पनी भनेको थिए ब्लगमा -"कसैको आलोचना गर्नु पनी उसलाई सम्झनु हो वा उसलाई राम्रो भएको देखन ( हेर्न ) वा सुन्न चाहानु हो । " झन तपाई ले त मेरै राम्रो को लागी मित्रको नाताले सुझाब दिनु भएको छ अनि किन त्यस्तो कुरा । जेहोस तपाई धन्य हुनुहुन्छ ।

    ReplyDelete