"आत्महत्या"


म हत्यारा हुदैछु
त्यसैले हत्या गर्दैछु ।

आज - एक मानिसको
अनि हत्या हुदैछ
आज -एक प्राणीको ।

यो देशमा चलेको
हत्या, हिंसाको विरुद्रमा

त्यो निरंग्कुश -
एक तन्त्रियताको विरोधमा । ।

ति जवरजस्ती निर्णय गरिएको
नितिहरुको विरोधमा ।

ति बुर्जुकरुको असमर्थनमा
ति त्यस्तो कटुतामा रमाएको
हेर्न नचाहने रहरमा । ।

त्यस्तो संसारमा
बाच्न चाहन्न भन्ने उमंग लिएर ,
मानवताको हत्याको रोषमा -
हत्याको विरोधमा हत्या गर्दैछु :-

आफैले आफैलाई
नष्ट गर्ने
आत्महत्या । । ।

( आज मलाई देशमा नेता भनाउदाहरू, भएको सानो देशलाइ पनी -बिभाजित गर्ने मनसाएमा रहेको कुरा सुन्दा सारैनै नमजा लागेको छ -किन, के उनीहरूले जे गर्दा पनी हुन्छ जस्तो लाग्छ की के हो? एउटा अखंड राष्ट्रलाई टुक्राएर कस्तो खालको गर्व गर्नलागेका छन कुनि?।
अब सबैले देशलाइ त्यस्तोबाट बचाएर -शान्ति , विकास र समानता कायम गराउन पर्यास गर्ने की ? । )

2 comments:

  1. अचम्मको कविता लाग्यो मलाई त !! कस्तो भन्ने कस्तो भन्ने !! आत्महत्यै त नगरीहालौँ न !! कविताको तल भूमिका चैँ नराख्नुभएको भए हुन्थ्यो जस्तो लाग्यो ।

    ReplyDelete
  2. "हत्याको विरोधमा हत्या गर्दैछु"
    हाम्रो वास्तविकता यहि नै हो, तर आत्महत्या को कुरा चाँहि अलि कस्तो कस्तो लाग्यो, भन्या !

    ReplyDelete