अनन्त अनन्त सम्म !!





भो अब मलाई नचलाऊ !

तिम्रो धम्किहरुमा अब चेपिएर बस्ने छुइन ।
भनिन्छ मरेको लाश लाइ चलायो भने
प्रतिक्रया दिन्छ रे - हल्लिएरै भए पनी !!

म त एउटा जीवित मानब हु ।
चुप चाप लागेर सधै - रमिता हेर्ने
पिल्सिएरै जीवन उत्सर्ग गर्ने
नेपाली होइन - म !!
------
-----------------
------
धेरै कथाहरु संगै
धेरै सपनाहरु साचेको छू ।

तिम्रा अबहेलनाहरूले - निकै बज्र सहेको छू ।

निकै चोट दिने जात्राहरु
नहेरेको कहा हो र !

हेरिरहेको छू  तर
हेर्दा हेर्दै अन्धो भैसकेको छू !
(सायद अब म पुन: हेर्न सक्दिन )

एकोहोरो हिडीरहेछू
हिड्दा हिड्दै लंगड़ो भएछु
( सायद अब म पुन: हिडन सक्दिन)

श्वास फेर्दैछु - श्वास फेर्दा फेर्दै
श्वास फेर्नै विर्सेछु / सकिन'छू

ला !!

म त मृत पो भैसकेछु,
तर पनी केही छैन

मेरो मृत लाशले - बिरोध जनाउने'छ ।
मेरा शब्दहरुले - गिज्याउने छ ।

मेरा अक्षरहरूले - जिस्काउने'छ !
मैले लेखेका लेखाइले - सराप्ने छ !!

मेरो कलमले सधै - प्रतिक्रया जनाइरहने'छ !

अनन्त अनन्त सम्म !!

6 comments:

  1. एकदमै मनपर्यो । तर म सधैँ भन्छु, कविताको वारेमा केहि वोलिहाल्ने आँट चाहिँ गर्न सक्दिन म । 'मरेको हुनुपर्ने 'मेरेको' भएछ सुरूमा । एकछिन त अड्किएँ म । तर कविताको भाव मनसम्मै पुग्यो । लेखकको कुशलता झल्किएको छ कवितामा.....

    ReplyDelete
  2. यहाँ लाइ मुरी मुरी धन्यबाद ! Ashesh G !
    गल्ती औलाई दिनु भएको मा यहाँ लाइ धन्यबाद मैले उक्त गल्ती सच्याई सके !

    ReplyDelete
  3. कविता राम्रो लागेरै पनि कस्तो कस्तो लाग्यो । सायद माथी भनिएको
    "म त एउटा जीवित मानब हु ।
    चुप चाप लागेर सधै - रमिता हेर्ने
    पिल्सिएरै जीवन उत्सर्ग गर्ने
    नेपाली होइन - म !!" लाई तल पुछारतिर लेखिएको भए र त्यसमा पनि "नेपाली होइन - म !!" को ठाउँमा अर्थोकै केहि भएको भए अझै खुल्थ्यो जस्तो लाग्यो ।

    ReplyDelete
  4. हेरिरहेको छू तर
    हेर्दा हेर्दै अन्धो भैसकेको छू !
    (सायद अब म पुन: हेर्न सक्दिन )

    वाह !! कविताले मन छोयो मेरो । यस्तै पोष्टको आशमा छु ।

    ReplyDelete
  5. मेरो कलमले सधै - प्रतिक्रया जनाइरहने'छ !
    अनन्त अनन्त सम्म !!

    वेद्नाथ जी, धेरै पछि कविता लिएर आउनु भएछ धेर खुसि लाग्यो ।

    ReplyDelete
  6. दीपक जडित ,राजेश बुढाथोकी 'नताम्स', र कृष्ण जी धयाबाद - तपाईहरुको अमूल्य कमेन्ट को लागी !

    ReplyDelete