Bed Nathको B'ज्ञान





हेरऔ न त Bed Nathको ‘विचार विज्ञान’ यानी B'ज्ञान, हल्कागफको थोरै ध्यान - यस्तै छ मेरो ज्ञान !!
अंग्रेजी सब्द को सेकेण्ड (दोस्रो) शब्द B बाट शुरू भएको Bednath (म) र सेकेण्डपटक लेख्न बसेको (खप्तड बाबा पछि ) 'विचार विज्ञान' ! B सेकेन्ड शब्द हो , यसलाई पनि आफ्नै विचार प्रयोग गरेर बुझ्ने हो भने – सेकेन्ड यानी दोश्रो भने पनि हुन्छ या सेकेन्ड यानी उल्लु भएर ग्वाजे तालले हेरेर बस्ने हुस्सु (सेकेन्ड) ! त्यो तपाई आफै ठम्याउनुस – आफ्नै विचार प्रयोग गरेर !


---------------------
विचार मानिशको धारणामा निर्भर रहन्छ र यो कती प्रकारको हुन्छ भन्दा यस संसारमा जति किसिमका धारणा भएका मानिसहरु छन त्यति नै किसिमका विचाराहरू हुन्छन् ! त्यसो भन्दैमा हाल मानिषको संख्या ६ अर्ब नाघी सकेको छ (बढी पनी हुन सक्छ ) , के विचारले पनि ६ अर्ब नाघी सकेको छ - भन्न मिल्छ त ? मिल्दैन , किनकी विचार मानिसको संख्यामा नभएर धारणामा निर्भर रहेको हुन्छ ! मानिषहरु २ किसिमका विचारधार भएका थिए , छन र हुने छन ! यो हो दु वा सु विचार ! तर यो दु / कु विचारहरु भन्ने विभिन्न किसिम वा तरिका, प्रकारका हुन सक्छन ! अब वेब साइडमा नै हेरौं न त , ज़माना नै डिजिटल को छ अनि किन पछि पर्ने --- ड्याब्ल्यु ड्याब्ल्यु ड्याब्ल्यु डट कम त भन्दा म झन के कम !!
=====================
(अब हेरौ न ! केहि अरुका विचार हरु :- ) ड्याब्ल्यु ड्याब्ल्यु ड्याब्ल्यु डट कम ले भेटाएका कुराहरु
“प्राथना गर्ने ओठहरु भन्दा परिश्रमी हातहरु बढी पवित्र हुन्छन ”

“ प्राथना छ ति ऋषि ति पुर्वजहरुलाई ! सर्वप्रथम बाटो देखाइदिनेहरुलाई”

“नेता जेतादी सबैले मर्नु साझा सवैको
सब शव गइ बस्तछन एक दिन काखमा चिताको
किन डरु मृत्युदेखि मर्न कम्मर कसेको
हु एक वीर पुत्र म पनि वीर मा नेपालको” – गंगालाल श्रेष्ठ !

“तस्मात नित्य प्रणाम गर्नु छ भने नेपालको गर !
सेवामा मरिमेट्छौ यदि भने नेपाल माथि गर !!
गछौ त यदि कृतिमान दिनहु नेपालको नै गर !
बस्छौ शान्ति लिई बनाउ खुसीले नेपालमा नै घर !!” – मातृभूमि सेवक !

“शिप , क्षमता र लगनशिलता नै हाम्रो उन्नतिका आधार हुन्"
---------------------
कुमालेको चक्र जस्तो यस संसारमा जब मानिस शरीरमा बस्त्र रहित बाट बस्त्र (कपडा ) पदक पाएर विभूषित भै के अंग मात्र ढाक्न सफल भएको थियो तर अहिले फेरी आएर २१औं शताब्दीको नाम लिएर पुन:बस्त्र रहित अंग देखाउन प्रतिस्पर्धीको रुपमा खडा भएर सृष्टिको आदि कालको झलक दिलाउदै छ – किन ? के यहि नै थियो सभ्यताको विकास ? तर नडराउ त्यसको ठाडो उतर छ, यो पनि एक विचारको अद्रितीय प्रभाव हो ! विचारले उन्नति , अवनति र प्रगति गराउने देखि लिएर आतंक मचाउने , सहयोगी, दु:ख – सुख को अनुभुति गराउने ...अनि चपाउने देखि पचाउने सम्म , प्रेम – मिलन विछोड , भगाउने र तर्साउने , उच्च/ निचको आभाष दिलाउने आदि इत्यादि सबै गर्दछ ! यहा सम्म कि – हरियो रायो या तोरीको सागपातलाई कुटेर, पिटर (वाइसिएल को जस्तो) गुन्द्रुक, सिन्की बनाउनको लागि खाडीमा हाल्ने पनि विचार भै सकेको बेला यसले भूतको बाबु वा जिजुलाई खासै केहि गर्न नसके पनि वर्तमान र भविष्यको बेटालाई छोड्का मोडका (प्रभाव पार्ने ) बनाउला भन्ने कुरामा कुनै दुइ मत रहने छैन ! अब प्रष्ट मात्र हैन स्प्रष्ट नै भै सक्यो होला गिदीमा गोबर वा गोबरमा गिदी मिसिएको सर्व श्रेष्ठ प्राणि , जन्तुको अकलमा विचारको आवश्यकता र प्रभाव ! विचारका खेतिवालाहरु राजनीति गर्न एकदमै आफुलाई योग्य ठान्दछन र उनीहरु वादविवाद , क्रान्ति र शसस्त्र विरोध गरेर पटक पटक समय नपुगी निर्वाचन गराई भताभूङग + लथालिङ्ग पारेर देशलाई खोक्रो – बोक्रो र धोक्रो झै बनाउन लागि पर्दछन त्यसैले उनीहरु आफ्नो माग यदि पुरा नभएमा उनीहरु विचारको हतियार र वमवारुद लिएर करेसाबारी पस्न नभ्याए नि ! बनवारिमा पसिहाल्छन र तिन माने भाडाको खोले घिचेर तिन पाने पैनीको मै धोकेर अनसनको नाउमा आफ्नै किसिमको व्यबस्था हुनु पर्छ भनेर माग राख्ने गर्द’छन् , त्यो पनि विचार कै प्रभाव हुन् सक्छ !
====================
धर्म , संस्कृति , रितिरिवाज र हरेक भू-भागमा रहेका मानिसको जीवन पद्रती तथा मानव सभ्यतामा सहित परिवर्तन ल्याउन अनि राजनीति , दर्शनशास्त्र ,सिदान्त र नीति नियमहरुमा समेत विचारको प्रभाव सु र कु दुवै तरिकाले परेको पाइन्छ !मानिस मानिस आपसी फुट, झगडा, मेलमिलाप् ,अनुशासन , संघ संगठन खोल्नु , भाइचारा र आपसी बन्धुत्वको भावना कायम गर्न , अरु त्यस्तै कार्यमा पनि मानवीय संवेग रुपी गुण (विचार) ले प्रभाव पारेको हुन्छ !मानिस आफ्नै दु/कु वा सु विचार लिएर यस ज्ञानको संसारमा आफ्नो नाम र अस्तित्व राख्न अथवा आफ्नो नीति नियम लागु गर्न तथा आफ्नो हैकम जमाउन शसस्त्र विद्रोह , क्रान्ति , हत्या हिँसा, अराजकता, अशल शासक वा सुविचार , दुविचारक , अन्वेषणकर्ता , दार्शनिक, राजनैतिज्ञ, वैज्ञानिकहरुले अनौठो र रोचक प्रयोग , धारणा विचार लिने गर्दछन ! त्यसैले होला यस संसारमा अद्रितीय ,अनुपम –राम्रा , नराम्रा कार्यमा लिप्त रहेर चर्चाको शिखरमा पुगेका व्यक्तिहरु त्यसै अमर रहेका होइनन होला ,धेरै व्यक्तिहरुले आफ्नै दु/सु विचार धारणाले आफ्नो व्यक्तित्वको परिचय र प्रतिभा यस भौतिकरुपी संसारमा प्रस्तुत गरेका छन् ! यति मात्र कहा हो र ! विचारले गर्दा नै सन् १९१४ प्रथम अनि सन् १९३९ मा द्रितीय विश्वयुद्र अनि थुप्रै देशहरुमा गृहयुद्र , राज्यक्रान्ति , स्वतन्त्रता संग्राम , धार्मिक र साम्प्रदायिक युद्र आदि इत्यादि सम्पूर्ण घटना तथा सैदान्तिक विचार धाराका माओवादी, उग्रवादी , लिटे, उल्फा (आतंककारी) त्यसै भएका होइनन ! यी सबै मा कुनै दुइ वा दुइ भन्दा वढी पक्ष विचारको विचार धारामा तालमेल नमिल्नुको कारण नै हो !
===================
हैन , विचार विचार ! जहापनि अनि जति खेर पनि , जुन सुकै कुरामा विचारकै प्रभुत्व कायम रहेको छ , यो एउटा एटम बम , क्षेप्राक्ष्य, एन्थाक्स, सार्स, स्वाइन फ्यु वा अन्य अरु नै भयानक भाइरस पो हो कि ? बुझ्न वा बुझाउन केहि पनि गर्न सकिएन बा ! हालको उडिसकेको (भरोष नै गर्न नसकिने ) शताब्दिमा आएर यसको महत्व , प्रभाव र माग बढ्नु नकारात्मक रुपमा मानिस प्रकृति भन्दा जान्ने र धान्न सक्ने हुन् खोज्नु हो ! मानिसमा भएको विचार परिवर्तले गर्दा उनीहरुलाई पहिचान गर्न नै हम्मे हम्मे हुन् थालेको छ ! पहिचानुन पनि कसरि ? अहिलेका मानिसहरु एक छिनमा हिन्दु हुन्छन त एक छिनमा साइराम , क्रिश्चियन , मुस्लिम , इसाई हुन्छन ! कहिले एउटा संगठन त कहिले अर्को पाटी (गुट) मा लाग्छन , कहिले यो वादमा पनि ठिक अनि कहिले उ वादमा पनि ठिक हुन्छन त अनि कसरि चिन्नु – अहिलेका मानिसलाई त्यसमा पनि समय नै परिवर्तनशिल रहेको छ ! यी माथि(अगाडी) उल्लेख भएका कुराहरुमा पनि उनीहरु कै आ-आफ्नै विचारले इफेक्ट पारेको  हुन् सक्छ ! आफुलाई दार्शनिक , वौदिक तथा शिक्षित ठान्ने व्यक्तिहरु आफै हिड्न नसक्ने नीति नियम ल्याएर अरुलाई त्यसले बाध्न खोज्छन र आदर्शका कुरा , यथार्थका कुरा भावमा डुवेर गर्दछन र आफु चाही भौतिकताको फोहरमा पौडीराख्या हुन्छन ! तपाइँ लाइ थाहा छदै छ नि ! – ‘जो अगुवा उही बाटो हगुवा’ भने झै शिक्षकहरु र डाक्टरहरुले चुरोट , खैनी खानु राम्रो होइन भन्दछन तर आफै भने खान छाड्दैनन – विवेकी शिक्षकहरु को त गति त्यस्तो हुन्छ ! अझ बाबुआमा ले छोराछोरी लाइ नराम्रो कार्य नगर्नु / नराम्रो शब्द नवोल्नु भन्दै खोकेको देखिन्छ तर आफु चाही जाड खाने देखि नखाने सम्म ओकल्न भ्याउछन ! तर यसरि आफु चाही जे नगर्नु भनेर अरुलाई शिक्षा दिने अनि आफु चाही त्यहि त्यहि गर्ने र भन्ने हो भने त्यस्तो तिम्रो आदर्श लाइ पशुपतिमा सेलाए हुन्छ – भन्ने मेरो कि-बोर्ड (कलम) को विचार रहेको छ ! विचारले मानिसलाई जसरि सभ्य बनायो त्यसरी नै असभ्य र कुहतियारले सु-सजित पारेको पनि छ , जसको कारण विश्वमा हिँसा, आतंक , अन्याय , अत्याचार , विभिन्न किसिमका युद्रहरु जस्ता कुराले प्रसय पाएर वैचारिक र बन्धुत्वको भावना तथा शान्ति/विकाशका सम्झौताहरुले फेल खाएको छ ! कहिले यसले कसैलाई छुट्टै सपना बुन्ने , भविष्य प्रति सचेत हुने , मानवताबादी भै पूर्ण जीवन जिउने रहर बोकी आत्मगौरव र बाच्नुको अर्थलाई सार्थकता दिन मुर्त रुपमा लागि पर्ने मानिस बनाउद छ किनकी विचार एक त्यस्तो केमिकल हो जसले मानिसको चरित्र क्षण भरमै परिवर्तन गर्न सक्छ !
===============================
एउटा यस्तो भन्छ कि Bज्ञान ले – ‘जो पनि मानिस नराम्रो कार्य गरे पनि अरुले आफुलाई असल ठानोस , आफुलाई सम्मान गरोस भनेर मात्र नियम,,सिद्रान्त र नैतिकता तथा कर्तव्य र आदर्शताको कुरा ओकल्ने गर्दो रहेछ तर व्यवहारमा निकम्बा को हुने रहेछन !त्यसैले सत्य भन्ने कुरा मेरो वाल्य अवस्थाको दिमाग देखि भिन्दै र अर्कै रहेछ , जुन हामीलाई ठुला वडा भनाउदा र पुस्तकहरुले सिकाएको हुन्छ !’ (सबै नभए नि – केहि हद सम्म त ठिकै होला ) ! नराम्रै भए पनि यथार्थ कुरा त सिकाउनु पर्यो नि / थाहा दिनु त पर्यो नि – होइन र ? त्यसै काहा भनिएको रहेछ र – इतिहास भन्ने कुरा – विजयी हुने हरुको कथा हो ! सोइपरी हाम्रा जीवनका ब्यबहारिक कुरा पनि उस्तै रहेछ ! (कस्तो लाग्छ तपाईलाई – कुनी ?) !
=================
अब कुरा गरौ विचार कसरि कु या सु हुन्छ भनेर : - जब हामी कुनै विचार लिन्छौ त्यसले हामीलाई राम्रो र दोस्रो पक्षलाई नराम्रो गर्दछ, या त अरुलाई राम्रो गर्ने ले आफुलाई नराम्रो गर्ला ! न्युटनको चाल सम्बन्धि तेस्रो नियम जस्तो ,’हरेक क्रियामा बराबर तर विपरित प्रत्रिक्रिया हुन्छ’ या यसलाई यसरि लिउ – दोहोरो लेखा प्रणाली (Double Entry System) यानी एका तिर डेबिट हुन्छ त अर्को तिर क्रेडिट यस्तो रहेको छ हाम्रो विचार (Opinion) को इफेक्ट यसरि आफै कु या सु हुने गर्दछ !
==================
अब हामी एक यस्तो विचार सृजना गर्नमा लागौ जुन विचारले एक पक्षलाई राम्रो र अर्को पक्षलाई नराम्रो असर पार्ने खालको नभएर आफु लगायत सबै पक्षलाई उचित हुने होस् – जसमा हामी अडिन सकौ ! संसारको संरचना रहोस , एक आपसमा विश्वासको वादल लागोस, आत्मियताको वर्षा होस् ! र मानवताको बाढी आओस ! विचारका निम्ति हतियारको प्रयोग गर्नु नपरोस ! हातहतियारको ठाउमा वैचारिकता र सहकार्यको पर्यावरण सिर्जित हुन् सकोस साथै त्यसले स्वतन्त्रताको पनि अनुभति दिन सक्ने माहोल होस् , विचार एक त्यस्तो चरित्र परिवर्तन गर्ने माध्याम रहेछ जुन सकारात्मक वा नकारात्मक रुपमा मानवप्रती हुन् सक्छ ! विचारले आफ्नो जीवनलाई सार्थक र निर्थक बनाउने मात्र होइन – आफ्नो पूर्ण भौतिक शरीरलाई पनि बलिष्ठ र स्वास्थ्य राख्न सक्दछौ ! जीवनको रिमोट कन्ट्रोल भनेकै विचार हो - त्यसैले विचार सधै सकारात्मक हुनु जरुरि छ – --- ??? इत श्री !!

8 comments:

  1. मैले माने है बेद जीको Bज्ञान लाई .। यसरी बिचारहरुको उत्खनन गर्दै सुरुगरेको प्रस्तुति संगै अन्तिम अनुच्छेदमा समाहित जोड-तोडको प्रस्फुटन निकै उच्च छ

    यसरि नै चुलिदै जाओस तपाइलो Bज्ञान !

    ReplyDelete
  2. तपाईंको Bज्ञान पढें । तपाईंको Bज्ञानको सार पक्कै मनपर्यो । ब्याख्या पढिरहंदा भने डर लाग्दै थियो ।

    ReplyDelete
  3. नयाँ बर्षको सुरुवातमै राम्रो नराम्रो विचारको विश्लेषण पढ्न पाउनु खूब मजा लाग्यो | समापनतिर लेखिएका शब्दहरु पनि मननीय लागे | तपाइंलाई धन्यवाद पनि, शुभकामना पनि |

    ReplyDelete
  4. नयाँ बर्षको सुरुवातमै राम्रो नराम्रो विचारको विश्लेषण पढ्न पाउनु खूब मजा लाग्यो | समापनतिर लेखिएका शब्दहरु पनि मननीय लागे | तपाइंलाई धन्यवाद पनि, शुभकामना पनि |

    ReplyDelete
  5. बेद्नाथ जीको यो विज्ञानको व्याख्या अब निकै गहिराइ तिर बढ्दै गएको महशुश भै रहेको छ, डुबुल्कि मार्नै पर्ने रहस्यहरु छन् । टासो यथार्थफरक छ मन पर्‍यो, धेरै धन्यवाद शेयर गर्नु भएकोमा ।

    ReplyDelete
  6. suruma ta k bhanna khojnu vaeko hola bhanne lagirahyo tara antyama lekheko kura sarai ghat lagdo rahechha. tapainko yo blog lai maile chai euta abhiyan ko sangjna dien. kinaki yasle manisma bibhinna karanle susupta raheko chetana lai ukasna maddat garne rahechha jasto lagyo. dhanyabad.

    ReplyDelete
  7. suruma ta k bhanna khojnu vaeko hola bhanne lagirahyo tara antyama lekheko kura sarai ghat lagdo rahechha. tapainko yo blog lai maile chai euta abhiyan ko sangjna dien. kinaki yasle manisma bibhinna karanle susupta raheko chetana lai ukasna maddat garne rahechha jasto lagyo. dhanyabad.

    ReplyDelete
  8. BHAI TAPAILE BIGYAN KO BAREMA LEKHEKO PADHE EKDAM RAMRO LAGYO RA AAGAMI DINHARUMA PANI ASTAI ASTAI LEKH HARU PADHNA PAIYOS VANNE AASHA RAKHDACHHU SATHAI DHERAI DHERAI SUBHAKAMANA AAGAMI DINKO LAGI

    ReplyDelete