हरपल तिम्रो याद आउने, मायाको मात कस्तो !
शब्दै पिच्छे चोट दिने, निष्ठुरीको बात कस्तो !!
पुरा जीवन संगै जिउने ,बाचा बन्धन थियो !
यात्रा आधा नगर्दै , छाडी जाने साथ कस्तो !!
जीवनका कुरा गरि , मशानघाट ल्यायौ !
छुरा रोप्ने मुटुमा , मायाको हात कस्तो !!
धेरै विते अ'निदा रातहरु, सम्झनामा तिम्रो !
पलपल तड्पाउने, मायालुको जात कस्तो !!
सधै कुरी बसे बाटाहरु , तिमि आउने जाने !
जिउदो लाश भए , यो बेद’को ‘नाथ' कस्तो !!
Followers
ABOUT ME
Search This Blog
Comments
3-comments
LATEST
3-latest-65px
उमेश जी सुन्दर गजल ।
ReplyDeleteअन्तिम २ सेर चाहिँ माथिका सेर भन्दा अलिक बढी तानिएका हुन् की झैँ लाग्यो । "धेरै बिते अनिँदा रात, सम्झनामा तिम्रो" मात्र भन्दा वाचनमा सहज हुन्छ जस्तो लाग्यो है मलाई ।
तखल्लुस को प्रयोग ले मादकता थपेको छ ।
सुन्दर गजल, सरमलाइ गजल लेख्ने तरीका त थाहा छ तर यसको लागी चाहीने ताल, गध्य अादी कुराहरू सर बाट सिक्नु पर्ला जस्तो छ,
ReplyDeleteमिठो छ आफै माथि प्रहार भएको यो गजल बेद जी
ReplyDeleteमीठो छ गजल वेद जी । त्यो वेदको नाथ रसिक खालको रहेछ । :)
ReplyDeleteवर्णगत त्रुटिहरू छन केही, 'मुटु', 'अनिदा' बनाएर सच्याउनुहोला । अझै जाओस् सेरको वर्षात ।
सानदार गजल छ ।
ReplyDeleteसुन्दर सिर्जना!!
ReplyDeleteधेरै विते अ’निधा रातहरु, सम्झनामा तिम्रो !
पलपल तड्पाउने, मायालुको जात कस्तो !!
धन्यवाद रिजाल जी , सुर्य जी , धाइबा जी र रमेशमोहन जी लाइ !
ReplyDeleteरिजाल जी र धाइबा जी ले औलाइदिनु भएको गल्ति र सुझाबको लागि पुन :मुरी मुरी धन्यबाद ! आउदा दिनहरुमा पनि यस्तै सुझाबहरु पाइरहु ...