आपे, हाब्रे, गोक्ते, हाम्रा -उप नामको कुरा !
रम्ने,खेल्ने ,जिस्कने - हाम्रा गामको कुरा !!
काम छैन ,फुर्सद छैन, दिनभरी डुल्ने !
लंगुर्बुजा,तास ,ढुस - हाम्रा कामको कुरा !!
छुर ,टिकापास,कबडी –खेल्ने हामि भुरा !
लुकामारी, आसपास ,माया -शामको कुरा !!
पढ्न जिरो , मान्छे हिरो , तरुनीको किरो !
पासपोट, भिजा, विदेश, सब -दामको कुरा !!
उद्देश्य, भविष्य,जिन्दगि,सब अन्धकार छ !
नखोज ‘वेद'मा , मरुभूमिको यामको कुरा !!
Followers
ABOUT ME
Search This Blog
Comments
3-comments
LATEST
3-latest-65px
खेलैखेलको मौसम लागेको बेला मलाइ पनि एउटा गज़ल फुर्यो है बेद्नाथ भाइ !
ReplyDeleteजति कार्ड दिए पनि,पारा उस्तै भयो
भो नगरु खेलमा हुने, छलछामका कुरा
हामी आफैले देखे भोगेका कुरालाई गज्जबले लेख्नु भएछ ....
ReplyDeleteपढ्न जिरो , मान्छे हिरो , तरुनीको किरो !
ReplyDeleteपासपोट, भिजा, विदेश, सब -दामको कुरा !!
Swadilo..... ! भिन्न खाले गजल, कति गर्नु माया पिरतिका नभएका गन्थन । मन परो
नौलो स्वाद पाँए, मिठो लाग्यो :)
ReplyDeleteयो गजल लेख्दा अरु बढ्ता आनन्द आएको हुनु पर्छ | यथार्थ लेख्न खोज्दा यस्तो हुन्छ |
ReplyDeleteमन पर्यो | यसरी नै चल्दो रहेछ आँखीर जिन्दगी !
धन्यबाद ! कृष्ण जी , मिलन जी ,शिव जी , घोताने जी र मणि जी !
ReplyDeleteयति मिठो र रमाइलो गजल पढन म त ढिलो पो भएछु बेद जी। निरन्तरताको कामना...
ReplyDeleteधन्यबाद सुर्य जी !
ReplyDeleteम निरन्तता दिने कोसिश गर्ने छु !
Good blog. Nice post and information.
ReplyDelete३ वर्ष पार गर्नु भाछ,शुभकामना।
ReplyDelete