Museum of Islamic Art


Museum of Islamic Art -Bednath (Doha) (3)

Museum of Islamc Art समुन्द्र भित्र रहेको एउटा अद्भुत, ऐतिहासिक र कलात्मक कुराहरुले भरिएको कतारको ठुलो र  राम्रो संग्राहालय हो !  विशेषत: अरबिक सभ्यतालाई जगेर्ना गर्ने उद्देश्यले बनाइएको यो Museum दोहाको Corniche मा अबस्थित छ ! December 2008 देखि सर्बसाधारणको लागि खुल्ला गरिएपछि भने ,यहाँ आउनेहरुको निकै घुइचो बढेको छ !
करिब १ बर्ष अघि म पनि केहि साथीहरु सँग (1 September,2009 मा) घुमफिर गर्न गएको थिए ! म लगाएत केहि मित्रहरु विदा बनाउन घर फर्कने तरखरमा थिम सोहि समयमा यसो केहि  घुमफिर गरौ भनेर हामि हाम्रै कम्पनिको गाडी लिएर Museum of Islamic Art पुगेका थियौ ! हाम्रो गाडी पार्किंगमा रोकिएको केहि बेरमै एउटा सानो ६ चक्के गाडी आयो -हामि लाइ लिन ! पर्यटकहरुलाई चर्को घाम बाट बचाउन त्यो गाडीको व्यवस्था गरिएको रहेछ ! उक्त गाडीले museum जाने लिफ्ट सम्म लगेर छाडिदियो ! मनमनै सोचे कस्तो राम्रो सुविधाहरु उपलब्ध गराएको अनि पाउनाहरुको निकै ख्याल गरिदो रहेछ ! त्यहाँ बाट corniche हेर्दा म कुनै मरुभूमिमा आएको छु भन्ने कुरा नै विर्सिएछु ! सबै तिर हरियाली र सुन्दर दृश्यहरु !

Museum भित्र प्रवेश गर्ने ठाउमा सुरक्षा जाच हुदो रहेछ ! क्यामेरा , मोबाईहरु त लान पाइयो तर भिडियो क्यामेरा लान पाइएन ! अनि यहाँको फोटोहरु मात्र लिनु होस् भिडियो नलिनुहोला भन्ने निर्देशन पनि पाइयो ! अलिकति मन खल्लो भो तर पनि आनन्द लागि रहेको थियो ! साइडमा बसेर निउज पेपर बढेर बस्नु ! साथिहरु सँग गफिदै समुन्द्रको अबलोकन गर्नु निकै रमणीय लाग्यो ! त्यहाँ भएका बिभिन्न बस्तु कलाकृति र सौन्दर्यताले हाम्रो मन निकै मोहित पारेको थियो ! निकै शान्त बातावरणमा र समुन्द्रको विचमा रहेकाले पनि उक्त Museum भित्र, बस्न र हेर्न लायक रहेको छ ! उति वेलै मैले यसो सम्झे नेपालको हनुमान ढोका दरबारलाइ नी यस्तै प्रचार प्रसार अनि अत्याधुनिक र सुविधा युक्त बनाउन सके ! नेपाली पहिचान लाइ पनि …………सकिन्थ्यो कि ?
यदि तपाइँ पनि यो संग्राहालय भ्रमण गर्नु हुन्छ भने पक्कै पनि तपाइले त्यहाँ बाट रमाइलो अनुभूतिका साथै ज्ञान गुनका कुरा थाहा पाउन सक्नु हुन्छ  अनि अरबी कला , सस्कृति , सभ्यता र उनीहरुको जीवनशैली लाइ अलिक नजिक बाट बुझ्ने मौका पाउनु हुन्छ !
***        ***         ***
केहि समय अघि मैले यो Museum को बारेमा BBC News र माइ संसारमा सुनेको थिए - यहाँ नेपालको राजाको श्री पेच राखिएको छ भनेर ! त्यो सुन्दा मलाइ कस्तो लागेको थियो भने ! देशमा गणतन्त्र आउने वितिकै कसले ? कसरि ? राजा फाल्ने वितिकै सोहि राजाको  श्रीपेच बेच्ने  कस्ता नेपाली हुन् भन्ने लागेको थियो ! अनि  पुन : त्यो हेर्न जाने मनसायले उक्त खबर राम्ररि सुजबुझ गरेको त ! त्यहाँ भएको श्रीपेच नेपाल कै रहेछ तर निकै अघिको कुनै राजा रजौटाको रहेछ ! उवेलामै कुनै राणाले युरोप लगेर बेचेको रहेछ अनि त्यहि बाट कतारले किनेर यहाँ उक्त श्रीपेच ल्याएर राखेको रहेछ ! चोरी भएको र बिक्रि भएको उहिले नै रहेछ अनि अहिले -हल्लाह ठुलो !
***      ***     ***
तपाइँ पनि यो Museum of Islamic Art घुम्न जानु हुन्छ भने थाहा पाई राख्नुस Museum खुल्लने समय !
Opening Hours (इस्लामिक आर्ट खुल्लने समय :)
The Museum will be closed on the first day of Eid and Xmas.
Sunday: 10.30 - 17.30
Monday: 10.30 - 17.30
Tuesday: Closed
Wednesday: 10.30 - 17.30
Thursday: 10.30 - 17.30
Friday: 14:00 - 20:00
Saturday: 10:30 - 17:30

Museum प्रवेश गर्ने बाटो …….
.Museum of Islamic Art -Bednath (Doha) (17) 
Museum को बाहिर पट्टि रहेको निकै राम्रो पानीको फोहरामा (फोटो खिचाउदै ..हामी)
Museum of Islamic Art -Bednath (Doha) (14)Museum of Islamic Art -Bednath (Doha) (4)
पहिलो तलामा यस्तो रहेको छ ……….
Museum of Islamic Art -Bednath (Doha) (9)Museum of Islamic Art -Bednath (Doha) (8)    
इजिप्ट , सिरिया, इरान, लेबलान इन्डिया आदि धेरै देश बाट ल्याइएको सामानहरु राखिएका रहेछन ! जुन शताब्दीऔ अधिका हुन् !
Museum of Islamic Art -Bednath (Doha) (21) Museum of Islamic Art -Bednath (Doha) (47)Museum of Islamic Art -Bednath (Doha) (27) Museum of Islamic Art -Bednath (Doha) (36) Museum of Islamic Art -Bednath (Doha) (41) Museum of Islamic Art -Bednath (Doha) (45)  Museum of Islamic Art -Bednath (Doha) (49)
Museum बाहिर हेर्दा यस्तो छ !………
Museum of Islamic Art -Bednath (Doha) (11)
उक्त भिजिट को अरु पनि तस्विर हेर्न चाहनु हुन्छ भने तल फोटोमा ( View Full Album   मा ) Click गर्नु होला ! धन्यबाद !!

3 comments:

  1. निकै रमाइलो यात्रा सहित जानकारी पानि प्रशस्त पाइयो बेद जि को यो टाँसोबाट । अनि सुन्दर तस्विरको पनि मज्जा लिने मौका पाइयो । त्यो राजाको श्री पेचको बारेमा पनि मलाई नयाँ जानकारी भयो ।

    ReplyDelete
  2. अरबी भूमिमे आएर सङ्ग्रहालय घुम्ने कुरा कतिसम्म सम्भव हुन्थ्यो होला, यो तपाईँबाटै सम्भव भयो वेदनाथ जी । तपाईँको वर्णनबाट निकै व्यवस्थित र गरिमामय लाग्यो उक्त ठाउँ । अनि नेपालका राणा खलकको कसैको श्रीपेचसम्म जोगाएर उनीहरूले राखेका रहेछन्, हामीले हाम्रो आफ्नै कुरा कतिसम्म सम्हालेर राख्‍न सकेका छौँ भनेर झस्काउँछ ।
    तस्बिरहरू रमाइला लागे ।

    ReplyDelete