म एउटा असल मान्छे !


मुलुकाको अवस्था एउटा दीर्घ रोगीको जस्तो देखेर निकै चिन्ता लागेर आयो अनि कता कता कसै कसै प्रति रिस पनि ! तर मैले किन बिथाको चिन्ता लिनु, न त्यसले निकाश नै ल्याउन सक्छ न मेरो स्थितिमा परिवर्तन नै बरु आफ्नै स्वास्थ्य खराब हुने सम्भाबना भने पक्कै छ ! अनि रिस कसलाई देखाउने ?? समाचार हेर्ने हुन्न - ३६५ दिन नै गाइजात्र भएको थाहा हुन् आउछ ! संबिधान बनाउन भनेर बर्ष दिने म्याद थपेको पुरा हुने बेला भो … त्यसको थालनी सम्म गरेका होइनन – नेताहरुले ! अहिलेको उनीहरुको रबाफ हेर्दा यस्तो लाग्छ संबिधान होइन सरकार बनाउन र भाता पचाउन पो म्याद थप्या रहेछन ! हेर्नुस न अहिलेको प्रमको चुनाब पनि हामीले सानामा खेल्ने जोक जस्तो छ - त्यस्तो चुनाब पटक पटक लड्ने पनि को भन्दा कुनै बेला देशका आदर्श मानिएका लिडर रे ! मलाइ त नाम सम्म लिन नी सरम लाग्छ !

हुन् त मलाई राजनीतिको ‘र' सम्म थाहा छैन तर नी अहिलेको उत्पन्न परिस्थितिले गर्दा देशको त्यो राजनीतिको बारेमा केहि लामै कुरा लेख्न मन लाग्यो … तर ..आ !! भै गो …. भनेर छाडिदिए ! ति पनि त हामि जस्तै त हुन् नी … तिनले नी हामि ले झैँ त सोच्दा हुन कि ! अनि तिनको नी हाम्रा जस्तै जाहान परिवार होलान ! फेरी भाल्टांग भुल्टुन्ग पनि होलान ! जस्तो लाग्यो !
एउटा साधारण मान्छे , तर एउटा असल मान्छे … राष्ट्रभक्ति / देश प्रेमी … आदि आदि ! अनि लाग्छ एउटा सचेत नागरिक र राष्ट्रभक्ति लिडर भन्नेले नी आफुलाई यस्तै यस्तै सोच्छ होला ! हो त्यसै लाइ थोरै बहुत ब्यंग्य गरेर एउटा यस्तो कवितात्मक भाव लेख्न पुगे : जुन यहाँ प्रतुत गर्दै छु !

(मलाइ चाही यस्तो लाग्यो है , तपाइँ लाइ चाहि कस्तो लाग्छ कुन्नि ? तपाइको लागि कमेन्ट बक्स खालि छ ,
अस्तु ! )


-------------------------

“म एउटा असल मान्छे !”

futurenewsleardercartoon
(फोटो स्रोत : यहाँ बाट )

म एउटा साधारण मान्छे !
नेपाली आफ्नो ठान्छु
देश लाइ माया गर्छु !
आफ्नो पाटि र वादको सम्मान गर्छु !
त्यसैले त
– म एउटा असल मान्छे !
अनि म कसरि
अरु बादलाई समर्थन गर्न सक्छु र ?
--------------------
म एउटा साधारण मान्छे
आफन्त लाइ सत्कार गर्छु !
जातियता लाइ आदर गर्छु !
त्यसैले त
जातीय राज्य खोजेको !
- देश टुक्रिनु संग
मेरो सरोकार रहेन !
मलाइ आत्म निर्णयको अधिकार चाहिएको छ !
-----------------------
म एउटा साधारण मान्छे !
प्रजातन्त्रको ओकालत गर्ने
म एउटा असल मान्छे !
सबैलाई समान देख्छु
सबै आफ्नै हुन जस्तो लाग्छ
त्यसै ले त ....
यो देशलाइ आफ्नै ठानेर
प्रयोग गरि रहेको छु !
त्यसमा किन अरुको
-विरोध अनि आपति ?
-----------------------
म एउटा साधारण मान्छे !
सबैले आ-आफ्नो
काम सम्हाले हुने हो !
म पनि मेरो काम
-सम्हाल्न छाड्ने छुइन (कुर्सि र पद)
किनकी म –एउटा सोझो मान्छे !
सिधा कुरा प्रष्ट विचार  !
--------------------------------
म एउटा साधारण मान्छे !
आफ्नो काम आफै गरौ !
अरुको इर्श्या होइन
संगठनमा -आफ्नै होलान
मन्त्रि–परिवारकै होलान
जागिर –आफ्नै
वादकाले खाए होलान
यो त मेरो आफ्नोपन
जोगाउने प्रयास हो !
अलिकता राष्ट्रियताको
ध्यान पनि  दिनु पर्छ नी !
अनि एउटा नेपालीले
अबसर पाउदा
अर्को नेपाली डुक्रिनु पर्ने किन ?
------------------------
म त एउटा असल मान्छे !
देश परिवर्तन गराउन
कतै कतै बन्द /हड्ताल गरे होला !
तोडफोड पनि भयो होला
तर त्यो  सब
- परिवर्तन र शान्तिको लागि थियो !
-------------------
यी सबै कुराको
जानकार त राख्नै पर्यो
किन कि
म एउटा साधारण मान्छे
तर
म एउटा असल मान्छे !
Meia luaImage via Wikipedia
Enhanced by Zemanta

4 comments:

  1. धेरै राम्रो कविता वेदनाथ दाइ...

    ReplyDelete
  2. सिधा कुरा प्रष्ट बिचार........... ! एउटा असल मान्छे !
    राम्रो छ रचना ! यथार्थता हो यो | असल मान्छेहरू धेरै छन् नेपालमा | कुरो यति हो सत्ता खराबले चलाउन्छन् |

    ReplyDelete
  3. अती उत्तम र स्पष्ट लाग्यो । हरेकको यही सोच र चाहना हुनु पर्छ जस्तो मलाइ लाग्छ ।

    ReplyDelete
  4. धन्यबाद प्रवेश जी , चुडामणि जी र नेपालि युथ लाइ !

    ReplyDelete