कुरा दशैँको



Dashain Swing
Image by izahorsky via Flickr
ए ! गाठे , दशैँ त झ्याप्पै लागे छ नी ! जता ततै –दशैँ, नै दशैँको कुरा चल्या’छ ! कतिको मनमा र जीवनमा दशैँ आओस नआओस तर फेसबुको वाल भरी दशै आएको छ ! ब्लगको पेज भरी अनि मेसेन्जरको अफलाइन बक्स भरी, मोबाइलको इनबक्स भरी ……..दशैको रौनक चलेको छ ! मेसेज र शुभ कामना पनि कस्तो कस्तो आउने ! भनी साध्य छैन …. कतिपय त पढ्न नै आफैलाई अप्ठेरो लाग्ने अनि अति रमाइला, कति सकारात्मक त कति ब्यंग्यात्मक ! यो प्रविधि संगै पर्वहरुको नी प्रवृति फेरिदै गएको छ ! विकृति भनौ या सस्कृति जेहोस … चल्दैछ !







हेर्नुस न त …मलाइ ट्याग गरिएका केहि फोटो , मेसेजहरु :
(फेसबुकमा ट्याग गरिएको पिक )

pujan kesi
यस्तो पनि ट्याग गरिएको थियो …….(पिक्चर स्रोत =लिंक )
for blog 3
(मेसेज बक्समा Smile)
for blog
हेर्नुस न पहिला हजूर बा’ले यसो भन्दै टीका लगाई दिनु हुन्थ्यो ……..(याहू मेलबाट)

"आयु द्रोणसुते, श्रयिं दशरथे, शत्रुक्षयं राघवे 


ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ।। 


सौर्यं शान्तनवे, बलं हलधरे सत्यं च कुन्तिसुते 
विज्ञानं विदुरे भवतु भवतां,कीर्तिश्च नारायणे ।।

जयन्ति मंगलाकाली भद्रकाली कपालिनी । ।
दुर्गाक्षमा शिवधात्री स्वहा: स्वधा नमोस्तुते । ।“

तर अहिले त्यो सबै कण्ठ गरेर भन्न नजाने पछी यसो भन्नु परेको छ ………
(यो फेसबुकको फोटो बाट लिएको हु )
पानी खोज्दा बियर भेटियोस
धारा खोल्दा WINE आओस
CHICKEN खादा साप्प्रो परोस
MUTTON खादा ह्याकुलो परोस
ध्याम्पो भरी रक्सी होस्
निधारमा टीका होस् !
साथी भाइहरु सँग रमाइलो होस्
हातमा एक्का TRIAL होस् !
चङ्गा चेट , रमाइलो भेट होस्
खसी रेट , मासुको प्लेट
जुवाको खाल , चिउराको थाल
दशैँ बबाल ........... यही नै दशैँको शुभकामना छ !”
Durga Puja 2005Image by indranil via Flickr

एनी वे,मेरो तर्फबाट मेरा सम्पूर्ण मित्रहरु , आफन्त र देश विदेशमा रहनु हुने नेपालीहरुमा  यस पालिको बिजय दशमीको पावन अवसरमा सुख, शान्ती, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना ।।
यो विजय दशमीको उपलक्ष्यमा यो मिठो गित तपाइहरुको लागी ………..
धन्यबाद ! शुभ होस् ! शुभ रहोस ! Happy Bijay Dashami ……..to All.
Enhanced by Zemanta

5 comments:

  1. दसैंका शुभकामना सन्देशहरु फरक फरक धारका तर निकै रमाइला लागे। टिका जमरा सहित बेद जी लाई मेरो पनि यो बडा दशैको हार्दिक मंगलमय शुभकामना !! दसैं रमाइलो होस्। अनि मनले चिताको पुगोस ।

    ReplyDelete
  2. विजया दशमीको हार्दिक शुभकामना !!!

    ReplyDelete
  3. गजब का फोटा राख्नु भएको रहेछ । विजया दशमीको हार्दिक शुभकामना !

    ReplyDelete
  4. सबै स्वादिला छन् अधिकारी रवीन्द्रको प्रस्तुति अझ चखिलो लाग्यो ।

    ReplyDelete
  5. तपाईको दसैंको टासो गजवको लाग्यो तर मेरो यो पालीको दसैं भने निकै खल्लो भयो । http://creativepaudel.blogspot.com/2010/10/blog-post.html

    ReplyDelete