थुइया s s s ! गुनासोहरुले भरिएको साला जिन्दगी ! कति गर्नु आफ्नो गुनासो आफै सँग ! हुने जे छ त्यहि हो तर गुनासो कहिले नी सकिदैन ! आत्म असन्तुष्टी या भलै आफ्नो चित चाही कहिले नी नबुझ्ने भन्या ! कहिले यस्तो भएन , उस्तो भएन ! आज यो छैन भोलि उ त्यो हुन्न ! सोच्दा नी रना चल्छ ! नसोची बसौ भन्दा पनि यो खाली मगज शैतानको बास भन्छन ! भेल आएको जस्तो कुरा पनि कति आउने कति !
साइनटिस्ट हुन् नसके नी यस्तो माइन ठिस बनाएर सोची हेर्छु ! लाइफ पनि कस्तो ? कसरी जिउदा ठिक हुन्छ भनेर आफैले आफैलाई प्रयोग गर्न पनि नमिल्ने ! यदि प्रयोग नै गरि हाल्ने हो भने पनि , आफ्नो जीवनलाई एउटा प्रयोग देखि अर्को प्रयोगमा ल्याउन नै नमिल्ने ! किनभने एउटै प्रयोगले जिन्दगी पुरै वित्दो रहेछ ! अहिलेको जसरी जिविका नचल्ने भन्न ठानेर अर्कै तरिकाले जिउनु पर्ने भो भनि अब अर्को प्रयोग गरौ भन्दा पनि समय भन्दा आफ्नो उमेर (age) नै नहुने ! यो उमेर पनि नोन स्टप बस जस्तो डाडा काटी हाल्ने भन्या !
मैले बेलामा राम्ररी पढ्न पाइन, राम्रो काम सिक्न पाइन, टन्न भने जस्तो गोजामा पैसा (फुर्सद) नी कहिल्यै भएन , सबै साथीहरु भने जस्तो विदेशा'मा मस्तीको जागिर खाएका छन् आफु भने …. जाबो / नाथे ………..! हेर आफु संगैको साथि मास्टरी भा'छ ! कत्रो जात्र छ विर्खेको -मुयासँग बाइकमा सरर ……. ! आफु भने खप्पर ….मा त केहि नलेखी आइएछ ! यसपटको सानो प्रोग्राम राखेको त्यो पनि भने जस्तो भएन … अर्को पाला कसो राम्रो नगरिएला ! आफुले खा'जागिर पनि कस्तो … बेलामा तलब पनि नआउने, बढुवा (पदोन्नती) पनि नहुने ! भन्न नी लाजै लाग्ने साथि सँग ! यस पाला त अफिसमा भनसुन गरेर घुम्ने मेचमा थ्याच बसौला ठानेको त …. त्यो पनि भएन ! साथी पनि कस्तो यार मेरो लागि त्यती पनि गरिदिएन ! आफन्त भनाउदा त नामै मात्रको ! नेता र सरकारको त कुरै नगरौ गरि साध्य छैन ! अनि कसरी घरमा खुशी होस् ,मन शान्त होस् ,यस्तो भए पछी !
गुनासो पनि किन नहोस -यो जिन्दगीमा ! रहर एउटा ,पढ्ने अर्कै अनि काम गर्ने सोच्दै नसोचेको ! बा'ले पनि बाबु पढेर राम्रो मान्छे भएस, ठुलो मान्छे हुनु भन्नु' हुन्थ्यो – हस, भनियो ! साच्ची नै थाहा थिएन के हुन के पढ्ने भनेर ! बस ठुलो हुनु थियो, त्यो त उमेरले पुरा गर्दै गयो ! जति उमेर बढ्दै गयो उति ठुलो हुदै गए (उच्चाईमा) अनि राम्रो हुनु थियो, त्यसको लागि पनि फेयरलभ्ली दलेकै हो , नंग पोलिस लाएर जुल्फी कोरेकै हो ! खै , केहि भएन त के गर्नु ! पढ्न पनि के के पढियो पढियो, अनि कलेज तिर गए'छी, कमाइ गर्न नसकिएला भन्ने पिरले, सिपमुलक काम सिक्न तिर लागे ! त्यसैले कम्पुटरा … हाड्वेर / सफ्टवेर गरियो तर नी मुलुका'मा प्रगति भा'केहि होइन ! त्यस'छी परदेशमा लागियो अब यहा झाडु र वाइपर लिएर सुइपर भा'छु ! साहुको ऋण तिरेर नी घर खर्च चलाएकै छु तर अझै पनि सन्तुष्टि छैन यो जिन्दगि देखि !
हेर ! यत्रो सुइपर बन्नु रैछ ! काहाको अप्सनल म्याथको अल्फा, ठिटा र विटा गर्दै कस, साइन , फाइन र बुझ्दै नबुझ्ने E=MC2 अनि O2CH4 आदिको समिकारण, मन्टेसक्युको शक्ति पृथकीकरण देखि माल्थासको सिदान्त सबका सब बिथामा रटेको ! कुनै सम्बन्ध नै रहेनछ ! त्यत्रो पढाई खर्च अनि त्यत्रो कम्पुटर फि ! अनि त्यत्रो समय ! ……..भो कति नेगेटिभ कुरामात्र गर्न आएको यसो पोजिटिभ पो सोच्नु पर्छ भन्छन ! अनि मात्र जीवनमा केहि गर्न सकिन्छ रे ! तर हाता लाग्दो रहेछ -नेगेटिभ मात्र अनि अरु के कुरा गर्नु ! ठिकै छ -यो जीवनमा नेगेटिभ र पोजिटिभ दुवै कुरा हुनु पर्छ अनि पो जीवन फुल चार्ज हुन्छ नी ! यसरी चार्ज भए मात्र ट्युबलाइट बल्छ नी, होइन र ?
अहिले आएर जिन्दगी Adaption (एडाप्सन) मा चलाउनु परेको छ -विज्ञानमा भनिए झैँ ! चिसो ठाउमा बस्ने जनवारको रौ बाक्लो हुनु ! मरुभूमिमा सिउडी जस्तो झार उम्रनु ! चराहरुको नंग तिखो हुनु र मुख चुच्चो हुनु आदि ! हुन् पनि हो बाल्यकालमा एउटा रहर पालेर राखियो अनि उमेरमा अर्को शिप खेलाइयो अब अहिले काम गराई सोचाई देखि टाढाको भएको छ ! आफुले जे पढेको त्यो गर्न पाइएन ! आफुले जे सिप सिकेको हो त्यो सिपको काम नै पाइएन ! यो पनि एउटा गुनासो नै हो ! कति गर्नु यो गुनासो ! आफ्नो जिन्दगीको गुनासो आफै सँग ! ल्या ! कपडा भिजाएर राखेको थिए / कपडा धुनु थियो -भुसुकै विर्सेछु ! कहिल्यौ नी विर्सिन्न भन्यो जहिले नी भुसुकै हुने ! थुइया जिन्दगी ! गफै मात्र दिन आउने -काम त ! कुनै न कुनै बाहानामा टरी हाल्छ नी ! आजलाइ सुत्न नी ढिला / अबेर भो लौ ! अब त्यो कपडा पनि भोलि धुऔला ……..!!!
gunasai gunasoko jindagi estai ho...sochincha euta padhincha euta ani garincha arkai...tara pani jindagi chalekai chha katekai chha..
ReplyDeleteramro lagyo lekh..
मात्र गुनासो !
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteमन्मा लागेका गुनासोहरु share गर्नुभयकोमा हार्दिक धन्यबाद बेद नाथ जी !!
ReplyDeleteगुनासो !! गुनासो !!
ReplyDeleteजिन्दगी भोगाइको आफ्नै खालको अभिव्यक्ति !
ReplyDeleteसाइनटिस्ट हुन् नसके नी यस्तो माइन ठिस बनाएर सोची हेर्छु ! कस्तो मेरो मनकै कुरो लेख्नु भो नी सरकार । साँच्चै जीन्दगी यस्तै झूरलाग्दा गुनासका भकारी मात्रै हुन की केहो है ? राम्रो छ । मनकै कुरो छ ।
ReplyDeleteयहि त जीवन रहेछ बेद जी । गुनासो र अहंकार नभएको जीवन सायद बिरलै हुन्छ होला । म पनि तपाई जस्तै साइन कस ठिटा बिटा र अनि भ्यागुता चिर्ने र सिलाउनेको छात्र थिए कुनै दिन । अहिले त सबै झ्वाम भैसकेछ । गन्थनहरुको रमाइलो प्रस्तुति ।
ReplyDelete