दशै अनि तिहारलाई सम्झंदा


भखरै दशैँले विदा लिएर गयो ! अब एक बर्ष सम्म उसको छुट्टी हुन्न रे ! त्यसैले बर्ष दिन पछी मात्र आउने बाचा गरेर गैच ! हुन् त यो परदेशीलाइ के दशैँ, के को तिहार अनि  के उत्सब ! सधै हतार र व्यस्तताले च्याप्न छाड्ने होइन ! सधै व्यस्त लाइफ, कती दु:ख, पिर र बिरहको कुरा मात्र गर्ने भन्ठानेर यस पटक छुट्टी नभए पनि यसो समय एडजस्ट गरेर दशैँ मनाउने सल्लाह भएको थियो - कम्पनीको साथीहरु सँग ! त्यहि अनुरुप सबै कुराहरु जोडजाम गरियो ! दुइ तिन हप्ता अघि देखि नै तडक झडक गरियो ! घोर्ले खसी देखी अलुमुनियम फोइलमा बलौटे माटो राखेर जमेरा राख्न नी भ्याइयो ! सबैमा रहर र उत्साह पनि निकै राम्रो थियो - यो मरुभूमिमा पनि कानमा जमरा र निधार भरि रातो टीका अनि मिठो भोज खादै रमाउन पाइने भो भन्दै ! ‘चार पाच बर्ष भो टीका नलगाएको’, ‘ठ्याकै आठ बर्ष भएछ -कहिले'नी दशैको टीका लगाउन जुरेन’, ‘मेरो नी निकै भो टीका नलागाएको’ ….. यस्तै यस्तै भन्दै हुनु हुन्थो साथीहरुले !
नभन्दै दशैँले समय र साइतमै पाइला राख्यो हाम्रो कम्पनीको क्याप भित्र पनि ! मंसाहरिको लागि खसीको तातो मिठो परिकार अनि साहाकरिको लागि पुलाउका साथै केहि ड्रिंक र आफैले तयार गरेका जाड पनि रेडी थियो ! तर एउटा हास उठ्दो र मन खिन्न हुने कुरा के थियो भने ! जमेरा राखिएको थियो तर त्यसले उम्रिन जानेन या सकेन ! त्यत्रो दिन हुदा पनि टुसाएको पनि होइन ! जमेरा पनि मैले नै राखेको, सायद ढंग पनि पुगेन की जस्तो लाग्यो ! कहिले परेको भए पो थाहा होस  ! यो त यसो रहर पलाएर पो तरखर गरेको थिए ! या त …मकै नै त्यस्तो भएर हो कुन्नी ? त्यसैले जमराको खड्को पर्यो अनि फुल पनि हामी सँग थिएन
… कतै गएर टिपेर ल्याउन  भन्दा नजिकै त्यस्तो काही छैन ! दुबो भएनी चल्छ भन्ठानेर रातको समय पारेर पुष्प कटवाल (धनकुट्टाको ) दाइ र म कैची बोकी गफ गरे जस्तो गरेर एउटा पार्कमा थ्याच बसेर भटाभट काटिम ! यता उता हेर्यो , पुलिसका गाडीहरु पनि कुदी रहेका थिए , छेउबाट मान्छेहरु हिडिरहेका ! देखे भने के भन्लान भन्ने डर पनि लागेको थियो ! हतार हतार होसियारीका साथ एक पोलिथिन ब्याग भरि दुबो काटिम सरासर रुम आइयो ! यसरी जमरा र फूलको साटो दुबो मै चलाइयो , दुबो चोरेर दशैँ मनाइयो (हाहाह ….) !
तर नी यो परदेशमा, निधार भरी रातो टीका लगाएर नाचगान गर्दै दशैँ मनाउनुको मज्जा अर्कै हुँदो रहेछ ! …. पछी साथीहरुले सुनाउनु भो अल्खोरमा बबाल तरिकाले मनाउनु भो रे, अझ सनैयामा त कम्ति रमिता भएको होइन रे ! क्याप भरिको साथीहरु संगै अनि  कम्पनीले पनि त्यस दिन छुट्टी दिएको …. खुब रमाइलो ! यसरी एक दिन भए नी मुहारमा हासो र उमंग ल्याउने कोसिस भयो ………. यस पाला !
~0~   ~0~    ~0~            ~0~   ~0~    ~0~                       ~0~   ~0~    ~0~
नभन्दै अब तिहार पनि आगनमै आइसक्यो ! नेपाली सस्कृतिमा निकै ऐतिहासिक चाडपर्बहरु रहेका छन् ! कसैले उक्त चाडपर्बमा उमंग देख्छन त कसैले दु:ख र सास्ती ! कसैले विकृति भने कसैले राजनीति अनि कसैको लामो विषय बस्तु भएर बस्दछ डिस्कस गर्नको लागि   …… ! मेरो लागि त तिहार सबै भन्दा प्रिय र राम्रो, उतम गुड, बेस्ट लाग्छ …. अरु नानाभाती कुरा थाहा छैन ! छोटो मिठो पर्व - तिहार ! मानवीय प्रेम देखि प्रकृति प्रेम ….हरेक कुराहरुमा आत्मियता र सद्भाव झल्किएको हुन्छ ! रंगहरुको प्रयोग, आदर सत्कार, हरेक चिज, बस्तुको पुजा गर्न यानी मान गर्न सिकाइएको हुन्छ ! लिंगे पिंग, देउसी भैली, बती र फूलको सुगन्ध अनि रोटी तिहारका गहना हुन् !
यी सबै कुरा गरि रहदा मेरा मानसपटल भरि आफु केटाकेटी हुदाका कुराहरु एक मुष्ट सल्बलाई आइ रहे ! सानामा देउसी खेल्न खुबै रहर लाग्ने ! देउसी भट्याउनेले देउसी भट्याउदै जादा अरुले ‘देउसुरे’ या ‘ देउसी रे राम’ भन्नु पर्ने हुन्थ्यो तर आफु भने कति कति खेर ‘दहि चिउरे’ या ‘दहि चिउरे राम’ भन्दी ने भन्या ! साथीहरु त पुरै बिच्किने ! रेल्ला नगर्न यार भनेर ! एक पटक एउटा घरमा आधा घण्टा देउसी खेले पछी बलबल मुस्किल्ले एक मुठी चामल र ठ्याप्पै गाइ भएको पाच पैसा राखेर एउटा टपरामा सिदा निकाले ! फुच्चेहरु नै भए पनि हामि के कम ! एउटा ले भन्यो, ‘ऐ ! हामि आफै एक रुपिया थप राखेर सिदा नली जाम’ भनेर भन्न मात्र के भ्याएको थियो  अर्कोले त लगतै त्यो पाच पैसा टिपेर - बरन्डामा बसेका घरबेटी भए तिर फालिदिए ! त्यस पछी त सबै कुले लाम …(हाहाह …) !
देउसी जति नै खेले पनि मलाइ चाही देउसी भट्याउन भने कहिल्यै मेसो आएन ! तर कहिले काही मधेसी साथीहरुको घरमा चाही लड्नु र मुरै (बुजा) खान कै लागि भए पनि जेपिटी तालमा भट्याउने गर्थे ! हैन देउसी खेल्नेको पनि कत्रो जमात ! सबै देउसी खेल्न मात्र आउछन कि क्या हो ! साझमा त प्रतेक घरमा देउसी खेल्न पालो कुरेर बस्नु पर्ने !  उस्तै गरि गोलखाडी’बा’को मा पनि उफ्री उफ्री, बेसरी कराई कराई देउसुरे भनेको त , बाबै ! बुढा त आधा घण्टा सम्म पनि निदाए झैँ भएर बसे ! सिदा दिन निस्कने त केहि मेसो पनि गरेनन ! बत्ति पनि मारेर बसेका ! सायद रातको १ बजेको थियो होला ! हामि पनि के कम ! ह्या जात्रा गर्न त, हामीलाई नआउने हो र ! पाच ओटा खुर्सानी पटेका को एउटै पोको बनाएर आगो सल्काई बरन्डा बाट घरै भित्र फ्यालिदिएको त ! बुढाको सातो गएछ ! चिच्याउदै बाहिर निस्के ! अब भने बुढाको निद मज्जाले खुल्यो भन्दै, हामी भने हास्दै सुइकुच्चा ठोकिम !
ठ्याकै त्यसको अर्को बर्ष (२०५०/ २०५२ साल तिरको कुरा हो ), दक्षिणा पनि बढी झर्ने, रमाइलो पनि हुने अनि कसैले भट्याइ रहनु  नपर्ने भन्ठानेर ! गाना बजाउदै नाचेर हिड्ने सल्लाह भयो र भोला दाइको वाकमेन रेडियोमा जोडेर त्यही वाकमेन बजाउदै  नाच्दै हिडियो ! ! दमक बाट केहि राम्रा राम्रा गितहरु डबिंग गरेर ल्याएका थिम ! दान पनि निकै बटुल्न सफल भैयो अनि रमाइलो पनि भयो तर बेला बेलामा कसैले , ‘हैन यिनीहरुले के बजाएको छ, खै हेरम !’ भनेर सोध्दा लाजले उक्त वाकमेन र रेडियो लुकाएको सम्झदा अहिले निकै  हासउठ्छ ! कसै कसैले त नाच लादा पनि देउसेलाई जति सिदा पनि दिएनन ….. यस्तो पनि हुन्छ , न ढंग न रंग भनेर ! भोलि पल्ट साथीहरुले जात्रै गरिदिए ! फलाना घर बाट हाइएस्ट एक रुपैया सहयोग प्रदान भएको छ ! फुक्दै हिडेछन् ! क्या बिल्ला भो !
जब तिहारको अबसर आउछ त्यो अबस्थामा यस्तै तिता मिठा घटनाहरु मेरो सम्झनामाहरु अतित भएर आउने गर्दछ ! यस्तो लाग्छ हामी बढी परिवर्तनशील भन्दा पनि नजानिँदो रुपमै भए पनि विसंगति तिर बढिरहेका रहेछौ ! उपट्यान लाग्ने उपद्रो गर्दा रमाइलो र मज्जा मानेका रहेछौ जस्तो लाग्छ ! अन्तमा मेरा सम्पूर्ण मित्रहरु लगायत सम्पूर्ण नेपाली दिदी बहिनी दाजु भाइहरुमा दिपावलीको पावन अबसरमा सुख, शान्ति, समृद्री एवम् उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु ! यहाँको समय शुभ होस, शुभ रहोस !! धन्यबाद !!

7 comments:

  1. हजुरको दशै को रमझम मा मैलेपनी रमाइलो सँग हजुको पोस्ट हेरे राम्रो लाग्यो दिपावलीको पावन अबसरमा हजुरलाई पनि सुभकामना !!!!

    ReplyDelete
  2. निकै राम्रो प्रस्तुतीमा अनुभव शेयर गर्नु भएको रहेछ । जीवनका तिता मिठा क्षणहरू सबै संग यसरी बाँड्नु भएकामा हार्दिक धन्यवाद । तपाइका मोउलिक रचनाहरू फेरि फेरि पनि पढ्न पाइयोस् ।
    धन्यवाद
    विष्णु

    ReplyDelete
  3. पुराना कुराहरू रमाइलो सवग राख्नु भएछ । मलाइ पनि आफूले सानो बेलामा भैलो खेल्न गएका केही घटनाहरु याद आए । तर तपाईको जस्तो 'धमाकेदार' चाहिँ छैनन् मेरो भैलोका यादहरु । रमाइलो लाग्यो :)

    ReplyDelete
  4. थोरै जमराले धोका दिएपनि रमाइलै भएछ दशै । बिगतका चाँड पर्वका मिठा सम्झनाहरुलाई प्रस्तुत गर्नुभयो रमाइलो गरि । तिहारमा त देउसि भैलोमा आफु नै अगाडि सरिन्त्यो भटयाउन ।
    बेद जी लाई पनि दीपावलिको मंगलमय शुबकामना !!

    ReplyDelete
  5. देउसी भैलोको बाल्य कालीन अनुभव घत लाग्दो छ ।

    ReplyDelete
  6. खुब रमाइला संस्मरण रहेछन | साँच्चिकै धमाकेदार !

    ReplyDelete
  7. फेरि फर्केर नआउने ती बाल्यकालका देउसी खेल्दाताका रमाइला प्रसँगहरु निकाल्नु भएको रहिछ। पढ्न पाउदा खुशी लाग्यो। पढ्दा पढ्दै आफ्नै उरन्ठ्यौला घटनाहरु याद आयो। यहाँलाई पनि दिपावलीको मंगलमय सुभकामना ।

    ReplyDelete