Trip of Dukhan Beach @ Qatar


1
(मेरो ब्लग मार्फत तपाईहरुलाई कतार डुलाउने क्रममा आज म तपाइँ  लाइ दुखान बिच लादै छु है )
डुल्ने कुनै मेसो नै थिएन तर छुट्टीका दिन भएकोले किन त्यसै बस्ने भन'ठानेर – धन बहादुर गुरुङ दाइ (पोखरा) गुरु , ओम श्रेष्ठ दाइ (पोखरा), सुमन शाही ठकुरी (बुटवल ) र म (झापा) - सिटि सेन्टर बाट दुखान डुल्न जाने भनेर ! गाडीको 120 KM/hrs को स्पिडमा Dukhan Beach तिर हुइकिम ! सिग्नल विहिन र ह्याभी सडक त्यसमा फुल साउण्डमा गित सुनेर यात्रा गर्नुको मोज्ज भने अर्कै थियो ! तर Over Speed लाइ कन्ट्रोल गर्न भने ठाउ ठाउमा क्यामेरा राख्न भने विर्सिएको रहेन'छ -कतार सरकारले ! बाटामा निकै मजरा (फलफुल खेति गरिने ठाउ) र उटहरु बाटाको दायाबाया निकै देख्न पाइन्छ ! (Date : 11 March 2011 का दिन )
दुखानको बारेमा भन्नु पर्दा -यो सिटि सेन्टर बाट करिब 84 किलोमिटर टाढा रहेको छ ! यो एउटा कतारको निकै सानो सिटि हो र यहाँ निकै पातलो वस्ती रहेको छ ! यहाँ कतारको सबै भन्दा अग्लो वालुका डिस्को/शिखर (321 feet) रहेको छ !  यो ठाउँ विश्वकै सबै भन्दा ठुलो ग्यास फिल्डको रुपमा परिचित रहेको छ ! दुखानमा सन् 1938 मा तेल पत्ता लागेको थियो र अहिले यहाँ बाट प्रति दिन 335,000 बारेर कच्चा तेल निकासी गरिन्छ ! त्यसैले यो ठाउलाई कतार पेट्रोलिएम एरिया पनि भनिन्छ !

सिटि सेन्टरबाट - रैयान र सानिया रोड हुदै करिब एक घण्टा जतिमा पुगिने  Dukhan Beach स्पेसली फ्यामिलीहरुको/ जोडीहरुको लागि रहेछ, जस्तो लाग्यो ! पास विना जता ततै जान पनि नपाइने रहेछ ! हरेक ठाउमा पुरै परिवार सँगै बसेर पिक्निक खाएको भेटिन्थ्यो ! अनि केहि चाही पौडी खेलिरा'थिए ! रेन्टमा पानीमा कुदाउने मटोर बाइक नपाइने हुदा आफैले प्राइभेट रुपमा या अन्तै बाट आफैले लिएर जानु पर्ने रहेछ ! कोहि भलिवल खेलिरा'थिए ! पुलिसहरु गाडीमा यता उता हिडी रहेको भेटिन्थे ! त्यहाँ को दृश्य हेर्दा -हामी अरबिक मुलुकमा भएको भान नै हराउथ्यो ! तर हरेक ठाउमा फोटो खिच्न मनाही छ लेखेको भेटिदा भने र कतारको जुन सुकै ठाउमा पनि छुट्टीका दिनहरुमा घुम्न जादा  फ्यामिली डे भनेर हामी जस्ता लाइ खुल्ला रुपमा डुल्न नदिदा -निकै रिस उठ्छ ! अनि मोरी लाइ भा'नि लिएर घुम्न जाउ जस्तो झोक्क चल्ने भन्या Smile!(हाहाह…..)
(क्षितिज पारि -हेर्ने रहर छ ...कति सुनसान -निकै अवादी ठाउँ ! कहिले गन्तव्य  पुगिएला ?)
  2
(ए ! यहाँ पनि हाम्रो गाउमा जस्तै -पोल गाडेर विजुली पुर्याइएको पो रहेछ !)
3
(वादलले घाम छेक्दा ….)
4567101112
(Dukhan मा धित मरुन्जेल फोटो खिच्न नपाए पछी -आउदा बाटा मै फोटो खिच्नु परेन त ! )
13141516
(कतारमा समतल भूभाग भए पनि यहाँ प्राय हल्का डाडा काडा भुमि रहेछ !)
dukhan
(सोच्दै छु यो …. जीवन / अनि यो मरुभूमि …..??? )
18
(Just for fun :- ……. we didn’t do anything…. can you close your eyes ???
shAmELesS bOys …..hehehe….)
19
दुखान पछी हामि केहि किन मेल गर्नु पर्ने भएको हुनाले भिलाजियो सपिंग महल पुगियो ! अनि हामीले त्यहाँ हिउमा स्केटिंग खेल्ने सुर पनि गरऔ तर त्यस दिन हक्की ग्याम परेको हुनाले -त्यो स्केटिंगको रहर भने पुरा गर्न पाइएन ! अनि लागिम केटाकेटीले खेल्ने खेल सर्कस तिर – ट्रेन  चढ्ने  ! तल तस्विरमा हेर्नुस !
(यदि तपाइँ पनि कतार आउनु भयो भने / कतारमा हुनु हुन्छ भने या यहाँ आफ्नो फ्यामिली सँगै हुनु हुन्छ भने -एक पटक Villagio Mall भित्र रहेको ग्याम खेल्न नभुल्नु होला ! पुरै रिफ्रेसमेन्ट हुने’छ !)
20
आज सम्मा कतार बसाइमा डरलाग्दो र साहसिक ग्याम खेलेको -अनुभव लिन पाए ! हुन् त त्यहाँ भएका सबै ग्यामहरु हेर्दै डरलाग्दा थिए ! अनि शुक्रबारका दिन भएको ले यहाँ पनि पुरै फ्यामिलीहरुको जमघट थियो ! तर हामीले त्यसको पर्वाह गरेनौ !  एक पटक खेली सक्दा पनि हाम्रो भने उक्त ट्रेन चढ्ने धित मरेकै थिएन -त्यहाँ त्यो खेलको अपरेटिंग गर्ने नेपाली साथि हुनु हुन्थ्यो – ‘अझै खेल्ने हो भने बस्नुस भन्नु भो’ -त्यो पनि सितैमा , छाड्ने त कुरै भएन नि ! फेरी दोहर्याएर खेलियो ! दुखान मज्जाले डुल्न नपाए पनि यो ग्याम खेली सके पछी भने पुरै छुट्टीको - आनन्द लुटे झैँ लाग्यो ! कता कता जावलाखेलमा सर्कस खेलेको याद आयो ! तर त्यो भन्दा निकै डरलाग्दो थियो -यहा को खेल !
भए भरको डर  / त्यो भन्दा डराउने ठाउँनै थिएन / कति काल्लिनु , कति डराउनु - कुरा गरि साध्य थिएन ! घरि घरि त मेरो स्वाश नै रोकिए जस्तो भयो ! मज्जाले आखा खोलेर बाहिर हेर्न पनि नसकिने ! मुस्किले चौथो राउण्डमा भने ! पुरै राउण्ड भरि हिम्मत गरेर आखा खोलेरै बाहिर हेरे ! आखा भरि आसु थियो … मुटु ढुक्क फुलेको थियो …मन चाङ्ग थ्यो कान तातो र रातो भएको थ्यो !

1 comment:

  1. मरुभूमि हुनाले रुख बिरुवाहरु त असाध्यै कम रहेछन है ! तपाईं रोलर कोस्टर टाइपको रेल चढ्नु भएको होला, खुब डरलाग्दो पो हुन्छ त !

    ReplyDelete