प्रवास, बनभोज र नयाँ वर्ष


गएको शुक्रबार (1st April 2011)आउदै गरेको नव बर्ष २०६८ को उपलक्ष्यमा
‘नेपाल लोकतान्त्रिक मञ्च, दोहा- कतार'ले एक सौहार्दपूर्ण वातावरणमा एक आपसमा शुभ कामना आदान प्रदान गर्ने गराउने हेतुले ‘बनभोज कार्यक्रम' राखेको थियो !  त्यही निम्ता लाइ पहिल्याउदै म पनि उक्त बनभोज कार्यक्रम स्थल समाल (कतार ) को एक मजरामा दाइहरु कमल मणि गुरागाई, दिल किरण लिम्बु, दोर्ण बहादुर बस्नेत र दिनेश कुमार लुइंटेल दाइ सँगै त्यहाँ पुगेको थिए ! उक्त अवसरमा सबैले  हामी वैधानिक नेपाली हौ भनेर बाच्ने अधिकार संविधानले मात्र दिने भएको हुनाले त्यो संविधान तोकिएकै समयमा होस् भन्दै एक आपसमा शुभकामना  आदान प्रदान अनि केहि बेर नाच गान गरेर सम्पन्न भएको थियो !
म पनि यस अवसरमा मेरा ब्लगर मित्रहरु , फेसबुक मित्रहरु, पाठक तथा हितैसी मित्रहरु लगायत सम्पूर्ण नेपालीहरुमा नया वर्ष २०६८ को उपलक्ष्यमा पहिला नै मैले उल्लेख गरिसकेको थेगो दोहर्याए है –“भगवाने लोकमा केहि दिनु पर्दैन –बस ! सबैमा सद बुद्दी दिउन !” भन्ने सबैमा शुभ कामना व्यक्त गर्दछु ! 

ओहो यहाँ पनि हाम्रो गाउको बाटो जस्तो पो रहेछ !
bednath.blogspot (5)
आफ्नै बारीमा आए जस्तो लाग्यो -यो बयरको रुख देख्दा !
bednath.blogspot (2)
यो बनभोज कार्यक्रमको लागी यो मजराको स्थल उपलब्ध गराइ दिनु हुने मजराका रेखदेख गर्ने सुपरभाइजर मुसरु मण्डल ज्युलाई म मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यबाद दिन चाहान्छु !
bednath.blogspot (3)
सिचाईको वैकल्पित उपाए - हाम्रै देशमा जस्तो !
bednath.blogspot (7)bednath.blogspot (8)
पहिला परदेशमा बसेर पहिलो पटक बनभोज जादा निकै खुसी भएको थिए र नेपालमा हुदा कन्याम, मिरिक,रोहिणी, भेडेटार कोशी टप्पु आदि जस्ता ठाउ गएको याद याएको थियो ! तर हिजो आज यो दोहा कतारमा नेपालीहरुको एउटा फेसन भनौ या सिजन नै चलेको छ –बनभोजको ! सायद विगत २/३ महिना देखि हरेक हप्ता कुनै न कुनै संघ सस्था या समूहहरुको ‘बनभोज कार्यक्रम' रहने गरेको हुन्छ ! त्यसैले अहिले कतारमा बस्ने नेपालीहरु मध्ये सायदै कमै होलान -परदेशको बनभोजको स्वाद नलिनेहरु ! तर यो मेरो परदेशको पहिलो बनभोज भने थिएन -यस अघि नै यस्ता भोज दुइ /चार पटक भ्याई सकेको थिए !
bednath.blogspot (9)
( दाया बाट क्रमश: कमल मणि गुरागाई, दिनेश कुमार लुइंटेल,  दिल किरण लिम्बु र म ! बाटामा जादै गर्दा !)
bednath.blogspot
bednath.blogspot (2)
औपचारिक रुपमा शुरु गरिएको बनभोजको सभापतित्व नेपाल लोकतान्त्रिक मञ्च, दोहा- कतारका बर्तमान अध्यक्ष रामहरी गैरे ज्युले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा दिल किरण लिम्बु रहनु भएको थियो ! अन्य अतिथिहरुमा नेपाल लोकतान्त्रिक मञ्च, दोहा- कतारका  सस्थापक अध्यक्ष कमल मणि गुरागाई, सल्लाहकार टीबी कार्की, दोर्ण बस्नेत ! एन आर एन आइ सी सी दोहा-कतारका अध्यक्ष नरेन्द्र भाट, संयोजक बद्रि पाण्डे , उपाध्यक्ष सागर नेपाल, सल्लाकार देव डंगोल !  प्रवासी मुस्लिम समाजका अध्यक्ष याकु रणवीर, उपाध्यक्ष नुर हसन, नेपाली जनसम्पर्क समितिका महामन्त्री करिम बख्श मिया , नेपाली जनप्रगतिशील मञ्च दोहा-कतारका अध्यक्ष  होम नाथ शर्मा, नेपाल प्रवासी  आदिवासी जनजाती महासंघ, दोहा-कतारका महासचिब दिनेश तामांग, कतार नेपाल एकता समाजका सभापति नरबाहादुर थापा, रामजन अलि मिया, इन्द्र अधिकारी, उमेश अधिकारी, मोहमद हसन, अर्जुन रसाइली जस्ता समाज सेवीहरुको उपस्थिति रहेको थीयो ! साथै पत्रकारहरुमा कान्तिपुर साप्ताहिकका सम्पादक दिनेश रेग्मी, अन्तराष्ट्रिय राजधानी साप्ताहिकका सम्पादक अरब ब्युरो दिपक पौडेलको  उपस्थिति रहेको थियो !
(यहाँ भुल बस कसैको नाम छुट्न गएको रहेछ भने-क्षमा चाहान्छु यदि कसैले जानकारी गराइदिए पक्कै पनि थप्ने  नै छु ! )
bednath.blogspot (3)
भोज खाने सुर सार गर्दै !
bednath.blogspot (4)bednath.blogspot (6)
खान निकै व्यस्त !  -ब्लगर मित्र  (मेचीनगर अनलाइन का) टेकेन्द्र पौडेलसँग पहिलो पटक भेट हुने मौका मिल्यो र निकै खुसी लाग्यो तर आ -आफ्नै सुरमा भएकोले मज्जाले गफ गाफ गर्न नै पाइएन ! ‘लौ आज ब्लगको लागी एउटा पोस्ट फल्यो’ भन्दै हसाउदै हुनु हुन्थ्यो !म त भुसुकै भए'छु - छुट्ने बेलामा विदै हुन् पाइएन -कता हराउनु भो कता !
bednath.blogspot (7)
कमल मणि गुरागाई, टीबी कार्की, बद्रि पाण्डे , सागर नेपाल र  देव डंगोल सरहरु “सोह्रै बर्षे उमेरमा, मै पनि झिल्के हुदो हु ….” भन्ने गीतमा कम्मर मर्काइ मर्काइ नाच्नु भएको कहिल्यै विर्सिने छैन (हाहाहा .....) - अनि टिबी  कार्की सर त अन्ताक्षरी खेल्न त खुबै माहिर ! निकै रहूसे हुनु हुदो रहेछ ! (तल फोटोमा) बर्तमान गुल्मी समाज सेवाका अध्यक्ष दोर्ण बस्नेत दाइ नाच्दै !
bednath.blogspot (8)
(झापाली साथीहरु सँग …….! बर्तमान ‘प्रवासी झापाली सम्पर्क मञ्च दोहा कतार’का अध्यक्ष तथा ‘नेपाल लोकतान्त्रिक मञ्च,दोहा कतार’का कोषाध्यक्ष चुडामणी कार्की दाइ सँग भेट्ने मेसो खोज्दै थिए -ठ्याकै साइत जुर्यो ! अनि सम्झनाको लागी केहि पोज तस्विरहरु पनि लिए ! )
bednath.blogspot (9)
आहा ! क्या कल कलाउदो हरियो मकै !! यो मरुभूमिमा पहलो पटक बोटै बाट हरियो मकैको घोगा भाचेर पोलेर खाने मौका जुर्यो !
bednath.blogspot (13)
पुरै एल्बम हेर्नको लागी र डाउनलोड गर्नको लागि :- यहाँ क्लिक गर्नुहोस !

5 comments:

  1. वनभोज पनि जानुभएछ ! अझ यता को जस्तै ठाउँ को फोटो देख्दा अचम्म परियो ! मैले नि अहिले नै दिएँ है नयाँवर्ष को शुभकामना !

    ReplyDelete
  2. फोटोहरु हेर्दा साह्रै रमाइलो लाग्यो बेदनाथ जी,याहालाई पनि नयाँ बर्षको सुभकामना छ है !!!

    ReplyDelete
  3. बेद्नाथ जी बनभोज त धेरै रमाइलो भयो तर आफु चै बस्ने मौका मिलेन | बनभोज कै बिबिध कामले ब्यस्त भैयो | यो मरुभूमिमा पनि नेपाल कै झजलको दिने बनभोज स्थल चाहि धेरै रमाइलो लग्यो त्योभन्दा पनि राम्रो तपाईको ब्लग पोस्ट फलेछ :-) धेरै रमाइलो मानेर पढियो |

    ReplyDelete
  4. नेपाल तिर कै फोटो राखेर झुक्याउनु भएको त हैन ?  । केही फोटोहरू त ‘यतै’ को जस्तो रहेछ ! । नयाँ वर्षको शुभकामना सहित !!!

    दिलीप आचार्य

    ReplyDelete
  5. Aakar जी ,उदय(मुस्कान) जी,Tekendra Poudel जी र Dilip Acharya दाइ लाइ धन्यबाद अनि नया बर्षको हार्दिक मंगलमय शुभ कामना छ !
    @ टेकेन्द्र जी पोस्ट त फलेकै हो तर गफ गाफ गर्ने पाइएन मज्जाले ! तपाइ आफ्नै काममा कुदेको कुदै हुनु भो ! फेरी भेट भए मजाले गफिने कोसिस गरौ है !
    @ दिलिप दाइ अप्रिल १ भनेर झुक्याएको भन्ठान्नु भो होला - त्यसो होइन - यो यहीको फोटाहरु हुन् ! अनि दोर्ण दाइले मलाइ पनि यो भोजको लागि वोलाउनु हुदा कतै मलाइ पनि अप्रिल फुल त मनाउन खोजिएको होइन भन्ने लागेको थियो ! निश्चित भएर मात्र गएको थिए !

    ReplyDelete