भिड पनि कति हो कति –ठेलम ठेल र चापम चाप ! हैन
सबैलाई म चढेकै गाडी चड्नु पर्ने हो कि सबै चढेको गाडीमा म चढ्न पुग्या हु ? दमक
बेलडाँगी आउने जाने गाडीहरुको भिड भनि साध्य छैन ... अझ सानो म्याजिक गाडी (जिप)
को त कुरै नगरौ ! हरेक १०/१५ मिनेटको फरकमा कुनै न कुनै गाडी आउने जाने गर्दा पनि –त्यो
यात्रुको चाप देख्दा मलाइ छक्कै लाग्छ ! गर्मि मौसमा सबारी गर्दा त ...एक त
गर्मीले फतफति पाक्या त्यसमाथी म्याजिक गाडीको भिड अनि बिग्रिया थोत्रो (जर्किन नै
जर्किन भएको) बाटामा थोत्रो गाडीको बतासिदो रफतारमा ....बाइरोडको बाटामा धुलो
उडाउदै भने झैँ ! कुइरिमंडलनै हुन्छ –धुलोको ! गोरखपुरमा ट्रेनले कतिनै धुँवा
उढाउछ र ... त्यसलाई बिर्स्याउने सेताम्मे धुलो उढेको देख्न पाइन्छ –यहाँ ! तर
अहिले यो मनै कठ्यान्ग्रीने जाडोमा भने त्यो भिड सहजनै लाग्न थालेको मात्र होइन
...न्यानोपनको पनि आभाष दिलाउदो रहेछ –त्यसले ! यहाको प्रतेक सानो म्याजिक या कुनै
पनि बसमा चर्को (ठुलो साउण्डमा) गाना (गित) घन्काउनु (बजाउनु) एउटा छुट्टै बिशेषता
नै मान्नु पर्छ ! गाडीमा चढे पछी ...फोनमा र सामिप्यमा रहेकै मान्छे सँग गफिन्छु
भनेर नसोचे नि हुन्छ ! यस्तो लाग्छ म कसैको बिहेको जन्त या कुनै पिकनिक मनाउन कतै गैरहेको
छु ! मलाइ ख्याल छैन आज सम्म दमक बेलडाँगी गर्ने - गाना नबजाउने कुनै पनि गाडी/ बस
चढेको छु भनेर ! हिजो आज अफिसबाट घर फर्किदा ४ बजे नै झमक्कै साझ परिसकेको हुन्छ !
कहिले केही छिटो कहिले केही ढिलो बस स्टेन्ड आइपुग्छु ... सबै गाडीमा सधै –‘यो नै
लास्ट गाडी हो ...अभरमा पर्नु होला नि .. छिटै यहि गाडीमा चद्नुस ...यसैमा जाम !’ भनेर
भन्ने गरेको पाइन्छ –वेलुका ६ बजे सम्म नै !
आज यो दमक यो चिसोमा पनि बाक्लो हुस्सुको सिरक
ओढेर मस्त निन्द्रामा मलिन छ ... चकमन्न अनि शान्त छ ! तर सबै मानिसहरु व्यस्त अनि
हतारमा ... हुलका हुल कुदी’रा छन् ..खै कता र किन हो कुन्नि ? कसलाई सोध्ने फुर्सद
छ र ? केही दिन भो चिसो एक्कासी ह्वातै बढेको छ – बिहान ९ बजे सम्म पनि घामको
दर्शन पाइन्न ! सदा झैँ आज पनि सिउ सिउ गर्दै हातभरी पत्रिका बोकेर गाडीमा
(म्याजिक) बसी रहेको छु – परिचित भिड संगै ! सबैका मुखमा झुन्डिएको गरमा गरम खबर
छन् ! डिसेम्बर २१ मा संसारनै खतम हुने रे ! कोहि चाही भन्दै थिए –‘पुरै पृथिवी
भरि २१,२२, र २३ घाम नै लाग्दैन रे ! पुरै राति जस्तै अध्यारो को अध्यरै हुन्छ रे –दिन
पनि !’
पछिल्लो कुरा सुनेर भने मलाइ मनमनै खुसि लाग्यो –
यहाँ नेपालमा हामि बर्षौ देखि नया नेपाल भनेर नेताहरुले दिएको उपहार स्वरुप
लोडशेडिंग को लोडशेडिंग खेपीरा’छौ ! हाम्रा देशमा कहिले पो दिन (उज्यालो) भा’थ्यो
र ? तिन दिन भए पनि पुरै संसारमा लोडशेडिंग हुने भएछ ! (खुचिंग ) ... बल्ल थाहा
पाउने भए लोडशेडिंग हुदा कुनै पनि देशलाई कस्तो असर पर्दो रहेछ भनेर अरु देशका
(विकशित मुलुकका) ले पनि बल्ल थाहा पाउने भए’बा !
तर यो डम्स डे का बारेमा सहि या गलत जानकारी दिन
सक्ने म कुनै माया सभ्यता चिरफार गर्ने दार्शनिक पनि परिन न त नाशको नै ! तर नेट
पुराणमा सर्च (जप्दा) गर्दा जानकारी पाए सम्म र हातैमा भएको पत्रिकामा लेखेको
हेर्दा –पृथिबीको अन्त्य हुने खबर साचो हो भन्ने कुनै भरपर्दो र प्रमाणित प्रमाण
नभएको र त्यस्तो हल्लाको पछी लाग्न नहुने र त्यस्तो हालाह फिजाउन सहयोग नगरौ भन्ने
कुरा चाही बुझे !
‘भाइ भाडा दिनुस न !’ गाडीको कन्टेक्टरले कराउदै
रै’छ !
‘त्यसै त कत्रो ढिला भै सक्यो - अफिस जान , अब
तपाइँ लाइ भाडा दिन फेरी म घर नै फिर्नु पर्छ ? अनि कति ढिला हुन्छ तपाइँ लाइ थाहा
छदै छ नि ! भो ढिला हुन्छ , भोलि ल्याइदिउला दाइ –भाडासाडा !’ (जिस्किने नियतले
)के भन्न भ्याएको थिए गाडीका सबै गलल ....हासेको सुनियो !
कन्टेक्टर भने रिसले चुर भए’छ – बडेमानका आँखा
भुइमै खस्लान जस्ता भएका थिए तर नि ...अरु हासेको देखेर मैले आफ्नो हासो थाम्न
सकिन ... मन्द मुस्कान सहितको हासो छाडिदिए (हास्न जानेकै त्यतिनै हो र त इमेल
आइडी पनि मुस्कान भाइ राख्या छु नि !) ...म हासेको देखेर बिचरा कन्टेक्टरले पनि
थाम्न सकेन रहेछ –हासो पनि बढेमानकै हासिदियो ! (खै त्यो रिसको झोकमा पनि कहाँ बाट
कसरि निकाल्न सक्यो –हासो , पत्याउनै गाह्रो भन्या) ! हाच्छियु गर्दा आँखा हेर्न
सकिदैन भन्ने कुरा त मान्या थिए तर आज बाट अर्को कुरा पनि थाहा भो हासो भएको ठाउमा
रिस अडिन नसक्दो रहेछ !
त्यसैले भन्छु हास्नुस ! खुसीले बाच्नुस ! 21
december 2012 को
हल्लाह पछी नलाग्नुस ! आखिर हामी एक दिन मनु नै पर्छ / मरेर जानु नै पर्छ ! अनि
आफु मरेर गए पछी त ... आफ्नो लागि त आफु मरेको दिन नै 21 December 2012 हो नि (संसारको
पर्लय हो नि ) होइन र ? अनि डराएर / चिन्ता गरेर हामीले हाम्रो आयु बढाउन सक्ने
होइनौ क्यारे ... बरु हाम्रो डरले / चिन्ताले हाम्रो आयु अझ घटाउछ ! संसारको विनास
(पर्लय ) त आफ्ना लागि आफु मरेको दिन मात्र हुन्छ ! यो त चलिरहने प्राकृतिक
प्रक्रिया न हो !
No comments:
Post a Comment