What Do You Want To Do Before You Die?


मैले बर्ष दिन अघि एउटा हिन्दी फिलिम Anjaana Anjaani हेर्या थिए ! फिलिम त्यति सुपप नभए पनि त्यसमा प्रयोग भएका डाइलगहरु निकै राम्रा र इन्ट्रेस्टिंग थिए ! उक्त फिलिममा आफु सुसाइट गरेर मर्नु अघि आफ्नो अन्तिम इच्छा जे छ त्यो पुरा गर्न लागि परेका जोडीको विषयमा नै कथा टुंगिएको छ ! तर मैले यो पोस्टमा फिलिम समिक्षा गर्न लागेको भने होइन ! अहिले विश्व बजारमा चलेको फिल्म (हल्लाह) भनेकै २१ December 2012 अर्थात् डम्स डे हो यानी उक्त दिन संसारका सबै प्राणी जगत नै नस्ट हुनु हो ! तर यो खबर एउटा त्रासमा राख्ने खाल्को भ्रमको खेति हो यसमा कसैले विश्वास नगरे हुन्छ किनकी यसको कुनै बैज्ञानिक आधार नरहेको खुलासा भै सकेको छ !
तर साच्चै नै यस्तै डम्स डे या कुनै कारण बस यदि तपाईलाई आफु मर्ने डेट पहिला नै थाहा भयो अथवा अब म मर्छु भन्ने लाग्यो भने आफु मर्नु भन्दा अघि के गर्न चाहनु हुन्छ ? अर्थात त्यस्तो अबस्थामा तपाइको अन्तिम इच्छा के हुने छ ? मैले पनि निक्कै सोचे –यो डम्स डे को हल्लाले गर्दा ! झट Anjaana Anjaani मुभीको याद आयो अनि यो टाइटलको “What do you want to do before you die?” पनि, जुन कुरा यसै मुभीमा देखिएको छ ! निक्कै बेर म जस्तो लफुन्गाको अन्तिम इच्छा के हुन् सक्छ भनेर विचार गरे ....... अह ! के हो के ठम्याउनै सकिन ! मेरो इच्च्छा नै गर्न्ने हो भने पनि कति हो कति लिस्ट नै रामायण भन्दा ठुलो होला जस्तो छ ! अनि म मर्नु भन्दा अघि मेरो एउटा अन्तिम इच्छा के हुन् सक्छ ???? मेसो नै पाइन के हो भनेर ? .... त्यत्रो लिस्ट भरिको इच्छा पुरा गर्न अझै धेरै बर्ष बाच्नु पर्छ अनि ...कुनै एउटा इच्छा चाही के हुन् सक्छ र ??? यदि आफु मर्नु भन्दा पहिला एउटा विष पुरा हुने भए ..... ‘What do you want to do before you die?’ को मैले भन्ने उत्तर यस्तो हुने थियो,
‘अझै केही बर्ष बाच्ने’ !
तपाइहरु पनि आफ्नो अन्तिम इच्छा भए व्यक्त गर्नु है .... कतै पुरा भै हाल्छ कि त ?? J
 Photo Via Tumblr

1 comment: