“घन्टी बजाउदैमा धर्म हुने भए, खच्चडले जिन्दगीमा कति
धेरै धर्म गर्यो होला ??? तर पनि उसको जिन्दगी भर
मात्र नभएर पुरै खच्चडका सनातन लाइ पुग्ने गरी भारीले छाड्दैन किनकी उसले मौका
पाएको छ –सेवा
गर्न मान्छेको जसले उसलाई बेमतलवी ब्यबहार गर्छ र स्वार्थको निम्ती खाना पानि
गराउछ ! अनि उसले गर्व गर्नु पर्छ त्यस्तो अवसर पाएकोमा अनि धन्य छ ति
जन्महरुलाई जसले गधालाई गधाको काम मात्र सिकायो ! यो प्राकृतिक र सनातन देखि चली
आएको नियम !
मेरा
बा’ले
धर्म र नैतिकताका लागी घन्टी बजाउन सिकाए मा’ले प्राथाना ! तर
प्राथाना गर्ने ओठहरु भन्दा सृजनशिल हात र मगझहरु बढी पवित्र हुन्छन रे अनि केहि
गर्न नसक्नेका निम्ति भने घन्टी र प्राथाना पनि ठुलो रै’छ यो संसारमा –यहि भन्दो रहे’छ सबै धर्मले ! मेरो
अभिभावकले मलाइ सानैमा मगन्ते बन्न सिकाए अनि मलाइ के चाहिएको छ भन्ने अग्रिम थाहा
पाउने अन्तरयामी भगवान सँग पनि हरेक कुरा ‘मलाइ यो यो चाहिन्छ’ बा’ भने झैँ माग्नु पर्छ
भन्ने अबगत गराइयो ! मलाइ केहि गर्नु छ, केहि बन्नु छ भने
फिरौती/ घुस दिनु पर्छ (भाकलको रुपमा- पुजा गर्नु या त् वली दिनु पर्छ बाख्रा,परेवा, कुखुरा आदि आदि ...को ) भगवानलाइ, नत्र तिनले कुनै पनि
कुरा पुरा गर्न दिदैनन ...( भगवान शोषक अनि मानिस
तिनका दासी त् नहुनु पर्ने )
! किन
भगवान पनि मेरो देशको पुलिस, सरकारी कर्मचारी र नेता
जस्तै छन् कि क्या हो ? (त्यस्तो पनि नहुनु पर्ने !) ! तिमि मलाइ पुजा गर, बलि देउ, भाकल गर अनि मात्र
तिमीले चिताएको पुरा गर्दिन्छु भन्ने ठान्दछन भने मानिसले भगवान नमाने कै बेस
(फिरौतीमा चल्ने भगवान किन मान्नु ) – किनकी मानिस र भगवानमा
के नै फरक रह्यो र ? (भगवान त्यस्तो पनि त्
नहुनु पर्ने ) !
हैन, भगवान
पनि मेरो देशकै पुलिस जस्तै – गरिब, निरिह, सोझा लाइ मात्र दु:ख
माथि दु:ख थापिदिन्छन (एक्जाम लिएको रे कतिको मेरा सच्चा भक्त हुन् भनेर J )
अनि
धनि र समृद् लाइ धन माथि धन, आइडिया र खुसी ! निर्दो
लाइ जसले पनि हेप्छ भनेको सायद त्यहि कारण पनि होला !
भगवानले
मानिस लाइ झुट्टो सपना देखाउदा रै’छन्, जुन तिनले पुरा गर्न
सक्दैनन् र त्यो जिम्मा मान्छे लाइ नै दिएका रहेछन ! कास ! भगवानले झुट्टो
सपना नदेखाउने भ’ए – न त् विकाश हुन्थ्यो न
त् परिवर्तन नै - न नैतिकता ! जीवनमा मैले सबै भन्दा बढी विश्वाश गरेको चिज –भगवान ! अनि मैले
जिन्दगी भर सबै भन्दा बढी भर गर्न नै नसक्ने चिज - भगवान !! तर भगवानको नाम मात्र
समझदा पनि धेरैको हिम्मत बढ्दो रहेछ –यहाँका मान्छेहरुमा ! म
पुजा गर्नकै लागी भनेर भगवानको लागी पवित्र मानिने कुनै पनि ठाउँ कहिल्यै जानु
नपरोस भन्ने ठान्दछु, यदि पुगी हाले भने घृणा
भने कुनै ठाउँको पनि गर्ने छैन - चाहे त्यहाँ भगवानको बास होस या नहोस !
भनिन्छ चाहिएको बेला काम नदिने शिक्षा, अनि आबश्यक परेको वेला
काम नदिने सम्पति र मित्र सब बेकम्मा ठहरिन्छ ! उस्तै गरि आफुलाई विपत्ति परेको
बेला भर नदिने भगवान मेरा लागी के काम !! आफुलाई बेमतलवी गर्ने बस्तु मेरो पनि
कुनै चासोको बिसय रहेन किनकी म कुनै गधा होइन, आफुलाई यस धर्तीमा जन्म
दिएकोमा मात्र धन्य ठान्ने ! जन्मनुको कुनै सार्थकता र उपयोगिता रहन्न भने –मलाइ यो जुनी, यो ठाउँमा जन्म गराइदिने
भगवान लाइ धिक्कार छ ! मलाइ जस्तै अरु धेरै
कलिला मगजहरुमा, ‘भगवान शक्तिमान जस्तै गरेर अभर र विपत्तिमा आइपुग्छन’ भन्ने धारणा कति गहिरो
भएर बसेको होला ! तर आस्था मात्र नै धर्म हो भन्ने थाहा भएको भए कसैले पनि सिरिएल
र फिलिममा देखाएको जस्तो फुत्त उढेर आउने भगवानको परिकल्पना सजाउने नै थिएनन
न
त् विपत्तिमा फुत्त आफ्नै अघि प्रकट हुने भगवानको झुट्टो आश नै ! धर्मको बारेमा
शिक्षा या जानकारी दिन आउदैन भने त्यसको बयान नगरेकै बेस नत्र गलत धारणा सम्प्रेसण
ति विद्धहरुले किन गरेका होलान आफ्ना पुस्तक र फिलिमहरुमा !मान्छे लाइ मुर्ख र भेडो बनाउनु छ भने जाड/ रक्सि खान दिनु या त्
धर्मका पुस्तक पढ्न दिनु भन्छन अनि समझदार बन्न पनि ! नत्र भने कुरान,बाइबल, बेद आदि पढ्नेहरु
मान्छे बचाउन भन्दै मान्छे मार्न पछी हटेको इतिहास कहिल्यै काही छैन !
धर्मले
मानिस लाइ मपाइत्व सिकाएको छ –हामी भन्ने भावना होइन ! कुनै पनि धर्म ग्रन्थले अन्य
धर्म पनि आफु समान छ र न्यायोचित छ भन्दैन ! इश्वर एउटै छ त्यो म नै हु, संसारको सारा दु:ख दुर
गर्ने सर्वोतम धर्म मेरो नै हो ! यहि धर्म मान्नु, भगवान माथि भरोसा राख, सबै कष्ट टरेर जान्छ ! तर दु:ख
कहिल्यै घटेको छैन ! समाचार हेर्नुस न थाहा भै हाल्छ नी ! अझ कुरानले त् भन्छ, ‘संसारको सारा पुस्तक
जलाउ तर एउटै कुरान राख त्यति भए पुग्छ’ ! आफ्नो धर्म मान्ने
मान्छे एक जना मात्र बढाउन भए पनि ति ग्रन्थको भनाइमा लागेर मान्छेहरु अरु सयौ
मान्छे लाइ कष्ट दिन तयार हुन्छन किनकी त्यसले तिनीहरुलाई जीवनमा हजार पुन्य मिल्छ
भन्ने झुट्टो धारणामा बाचेका छन् ! भन्छन मान्छे असल हुन् धर्म मान्नु पर्छ
तर मलाइ त्यस्तो लाग्दैन ... मान्छे लाइ राम्रो काम गर्न सिकाउनु र जीवन प्रति
सकारात्मक हुन् उद्धत गराए भै गयो नि आखिर जुनसुकै धर्म मानुन या नमानुन के फरक
पर्छ ! अरुका कुरा लाइ राम्रा, समान छन भन्न नसक्नु र
अन्य चिज लाइ इजत दिन नसक्ने धर्म, धर्म नै होइन, अहमता हो ! अनि एउटा
पुस्तकमा आफ्नो अनुभव त् अट्दैन अनि कहाँ जीवन अट्नुनी ! त्यसैले बाइबल, कुरान, बेदहरुमा मात्र आफ्नो
जीवन खोज्ने नगर !
सानामा म बा’ले सिकाए संगै हरेक पटक
मन्दिर जादा केहि माग्नु पर्छ कान्छा भन्नु हुन्थ्यो तर मैले कहिल्यै केहि मागिन
... किनकी मलाइ जिन्दगीमा कहिल्यै मगन्ते बन्नु थिएन अनि लाग्थ्यो मूर्तिले आखिर
दिन के नै सक्छ र ! अनि के को माग्नु बरु मैले चढाउने फुल र पानि संगै मेरो डर, मेरो कमजोरी, मेरो रोग लौ तिम्रो भो, लैजाऊ भन्थे ... तर
कहिल्यै लगेनन तिनले ! त्यसैले त् अहिले ति सबै कुरा म संगै छन् ! हुन् त् मान्छे
आफ्नो कुरा आफूसंगै हुदा कति खुसी हुन्छन तर म खुसी हुन् सकिन ! हाम्रै देशको कुरा
गर्ने हो भने पनि यहाँ एक तन्त्रिय, राजतन्त्र, प्रजातन्त्र हुदै
गणतन्त्र आएको अवस्था छ ! अल्बर्ट आइस्टाइन सापेक्षतावाद को कुरा पढाएर गए !
धर्ममा न कहिल्यै क्रान्ति भयो न त् परिवर्तन नै त्यसैले त् ....तिनका प्रमुख पनि
सधै एउटै छन नि ! अनि यो त् सनातन देखि नै एकतन्त्रिय चलेको भएन र ? तर कुनै पनि कुराको
प्रमुख परिवर्तन होस् या नहोस मलाइ कुनै मतलव छैन तर यति हो समय अनुसार रित/
सस्कार अनि जीवनशैली परिवर्तन हुनु जरुरि छ ! तपाइँ आफै भन्नुस भगवान (धर्म) को
कुरा मान्नु कि आत्मा (मन)को ? मान्छे कुनै धर्म, भगवान, सस्कारका लागि नहोस किन
कि मान्छेका लागि भगवान, धर्म, सस्कृति भए जाति हुनेथ्यो !
मा’ले मलाइ धर्म र भगवान
प्रति कति बिश्वास गर्न सिकाउनु भयो तर किन किन त्यहि भगवान र ग्रन्थमा उल्लेख
गरेको धर्म प्रति घृणा मात्र बढ्दै गयो अनि विश्वास, भरोसा घट्दै गयो !
कसैले मलाइ यस्तो गर्छु भनेर पछी बारम्बार त्यो उसको बाचा पुरा गर्दैन अर्थात् भने
अनुसारको काम गर्दैन भने त्यस्तो मान्छेको विश्वास र भरोसा गर्न नसक्ने मान्छे परे
– म ! अनि ग्रन्थमा लेखीए
जस्तो अभरमा अनि मैले हेल्प माग्दा (मनै देखि) तिनले लोपारे ! अनि उल्लेख गरेको
जस्तो (ग्रन्थमा) ब्यबहारिक रुपमा लागु गर्न नसक्ने भगवानको किन विश्वास गर्नु !
यो राजनैतिक दलको अवधारण जस्तै भो, यस्तो गर्छु, उस्तो गर्छु भन्ने अनि
चुनाव जितेर गए’छि
... अर्को चुनाव नआउन्जेल सम्म त्यो बाचाको याद नै नगर्ने ! भन्न मन लाग्छ – आमा तिम्ले पनि त् चाहे
जस्तो र ... मागे जस्तो तिम्लाई तिम्रा देवताले दिन के नै सकेर ? तिम्ले पनि ति तिम्रा देवता झुट्टा रहेछन
भन्ने मानेउ होला अनि किन मलाइ पनि त्यहि झुट्टा भगवानको बारेमा विश्वास गर भन्न
सिकायौ ?? सायद यो भगवान भन्ने
कुरा पनि मेरी आमाले हिन्दी फिलिम 3idot को all
is well भन्ने कथा जस्तै हो भन्ठान्नु भो होला ! नत्र किन ........ ??
हुन त धर्म आस्था र बिश्वास भन्दा पनि
बढी डर हो भन्नेहरुको पनि कमि छैन यहाँ English
ethnologist, evolutionary biologist, and author
Richard Dawkins
ले पनि भनेका छन् : "
when one person suffers from a
delusion it is called insanity. When many people suffer from a delusion it is
called religion."
त्यसैले
भन्दछु भगवानको ध्यानमा मात्र समय बर्बाद गर्ने नगर बरु त्यो समय कुनै असाहय, दु:खीको भलो के गर्दा हुन्छ
त्यो गर ! अनि मन्दिरमा भेटि, दुध फ्याक्ने गर्नुको सट्टा
कतै विकाशका कार्यमा या त उपकारको लागी देउ, त्यसले भगवान तकुन्नि तर आफ्नो मन त खुसी हुन्छ
अनि त्यसबाट लाभ लिने मान्छे डबल खुसी ! बरु हेला कसैको नगर्नु निको
हो !
... धर्म वा देवताको बारेमा मैले जती नै कटुता पोखिरहेको
हुन्छु, त्यति नै धर्ममा विश्वाश गरिराख्या हुन्छु जस्तो फिल भै रहन्छ ! त्यसैले त म अर्थात
कसैको आलोचना गर्नु पनी उसलाई सम्झनु हो वा उसलाई राम्रो भएको
देख्न ( हेर्न ) वा सुन्न चाहानु हो भन्ने ठान्दछु !
"भरोसा भगवानको भए त,
जे
लेखेको छ भाग्यमा त्यहि मिल्छ !
तर
भरोसा आफैमा भए -
भगवानले
त्यहि लेख्छन : जे हामी चाहन्छौ ! !"
सही, उत्कृष्ट विचार भाइको।
ReplyDeleteधन्यबाद ! बसन्त दाइ !
ReplyDeleteramro socha Yumesh ji
ReplyDeleteRamro soch bro
ReplyDelete