भूकम्प यसरी पो आउछ रे ! थाहा छ ?


मेरो साथी जिवनेले मलाइ सानामा भूकम्प बारे यसरी कथा सुनाउथ्यो –
‘ओइ युमेसे ! थाहा छ तलाई’ भने पो थाहा हुनु :) !
‘सुन्न सुन’ - अ ! अनि उसले भन्यो -
‘यो जमिन मुनि ठुलो ठुलो ठुलो ठुलो माछा / कछुवा हुन्छ रे ! अनि त्यो माछा / कछुवा पल्टिदा र हल्लिदा भूकम्प आउछ रे !
माछा र कछुवा ले कहाँ यत्रो जमिन हल्लाउन सक्छहौ ... अनि माछा/ कछुवाले गर्दा भूकम्प आउने भए त् सधै कति भूकम्प आउनु पर्ने त् ! – मैले सोधे !
‘ह्या ! माछा ठुलो ठुलो ठुलो ठुलो हुन्छ नि अनि अरु माछा जस्तो हल्ली रहदैन नि त ...’ (कती नै उसैले मात्र बुझे जस्तो गरेर भन्दै थियो उ )
ए ... ए, ए (मैले विस्तारै टाउको हल्लाउदै बुझे जस्तो गरे :) )
      ********                  ********                 ********

त्यसको केहि दिन पछी मैले गोलखाडी बाबैको पोखरीको छेवैमा एउटा ठुलो कछुवा भेटे (त्यो भन्दा पहिला त्यत्रो कछुवा मैले कहिल्यौ देखेकै थिन !) अनि डराउदै एउटा लाठीले ट्वाक हिर्काए –त्यसो गर्दा कछुवाले आफ्नो हाल, खुट्टा र टाउको पुरै उसको सरिर भित्र निल्यो ! त्यसपछी मैले त्यसलाई जोड्ले दुई/ चार पटक पल्टाई दिए –भूकम्प जाओस न त भन्ठानेर :) ! मलाई जिवनेको गफाडी शैली देखि रिस उठ्थ्यो अनि उ भुकम्प भने पछि ... पुरै डर छेरुवा थियो त्यहि भएर भुकम्प बढी नै जावस भनेर ...आफु कछुवा देखि डराई डराई भए पनि भक्कु पल्टाए र पानीमा फालिदिए ...अनि कुलेलाम ठोके (भागे) ...डराएर भागेको हुनाले त्यति वेला त् भूकम्प गयो गएन थाहा नै भएन (होसै नभए’छी – काहा थाहा होस् ) ! र भोलि पल्ट स्कुल पुगे पछी जीवन र अरु साथीहरु लाइ सँगै राखेर सोधे !
ओइ ! तिमारुको घर तिर हिजो भूकम्प आयो ?
आएन, त् ! –एकै स्वरमा सबैले भने ! किन ?
मैले भने :-‘हिजो मैले कछुवालाइ दुई/ चार पटक पल्टाई दिएको थिए  –भूकम्प जाओस भनेर ! गएन र ?’ 

सबै गलल ...गलल गरेर हासे ! मेरो विल्ला नै हुने गरि .....

जीवन लाइ देखाउदै मैले भने -'तैले नै भनेको होइनस ... कछुवा पल्टियो/ हल्लियो भने भुकम्प जान्छ भनेर , अनि !'  - ड्याम्ली (रिस उठ्दा बोलाइने मेरो साथीको नाम :) !

अनि उ चर्कीदै बोल्यो -'थुक्क ! आपें (साथीलाई रिस उठ्दा उसले मलाई बोलाउने मेरो प्यारो नाम :) ) काहा त्यस्तो हुन्छ र ? भनेर उ त्यसबेला मुसुक्क मुस्कुरा यो :पी !'
( तर अहिले त्यो घटना सम्झेर म मुसुक्क मुस्कुराउछु र त्यो साथी लाइ सम्झन्छु :) )


Photo Via : wheatgrass-saiba.blogspot & badhatarajasthan.com

No comments:

Post a Comment