म बाचेको मान्छे !



जिन्दगीका तिता चिजहरु भनेकै
यथार्थ रहेछ !
तरकारीमा खाने -करेला होइन !
यो मनले चाहे जस्तो 
सोचे जस्तो
ननस्टप -
लोकल बस झैँ नभइ 
सररर कुद्न पा -क्या मज्जा !!

भन्छन
सबै भन्दा मिठो हुन्छ
-चिनी !
तर मलाइ त्यस्तो लागेन  !
मिठो छ त
- मेरो सपना !
यति मिठा किन हुन्छन
-सपनाहरु !
सपनाले आशा जगौँदो रै'
अनि आशाले बचाउदो रै'
-मान्छे लाइ !
त्यसैले म बाचेको मान्छे !

Photo Via :-  rickmidkiff.wordpress.com

No comments:

Post a Comment