गएको शनिबार 27 July 2013 ... विना कुनै पुर्व योजना र तयारी बिना नै म ... केहि भाइ बैनीहरुसँग हाइकिंगमा निस्केको थिए ! इलामको धार्मिक स्थलको रुपमा परिचित रहेको सतासी धाम अनि त्यसमाथि रहेको झरना हेर्दै ... त्यहि माथिको पाहाड चढेका थियौ ! त्यो पनि खालि खुट्टा ! झर्नाबाट आएको पानि बग्ने एउटा सानो खोल्सो हुदै जानु पर्ने साघुरो बाटो रहेछ ... जाहाँ जुत्ता, चप्पल लगाएर हिड्नै अप्ठेरो हुने ! निक्कै बिजोगले हामी हिडेका थियौ तर नि रमाइलै महसुस भयो अनि दिन पनि निकै सितल रहेको थियो ! दु:खको कुरा खाने कुरा हामी सँग केहि पनि थिएन सिवाय झर्नाको पानि देखि बाहेक ! न त सतासी धामको नजिक कुनै होटल या राम्रो पसलनै थियो ! अनि अमिले जादा केहि पनि बोकेर गएका थिएनौ !
|
सामुहिक तस्विर खिचाउदै ! |
( सहभागीहरु : इसाक, संजोक, अनिस, शिभ, याम, रबिन, स्नेहा, ममता, स्मृति र म ! )
|
यो पाहाड नै उचाल्न सक्छु ... देशको त के कुरा ! :) |
|
थकानले बिर्साम लिदा ! |
|
उकालो चाढै गर्दा |
|
उकालो हिड्न ... कहाँ सजिलो हुदो रहेछ ! |
|
कति सुन्दर ठाउ - पुन फेरी जौ जौ लाग्दो ! |
|
तथास्तु ! बालक :) |
जेहोस
हाइकिंग रमाइलो नै भयो ! भाइ बैनीहरु सँग डुल्नु पनि मज्जै हुदो रहेछ !
No comments:
Post a Comment