अनौठो मित्रता [ कविता ]


उ याद नै गर्दैन
म भुल्नै सक्दिन 
उ हास्न सक्दैन
म रुवाउन सक्दिन
हाम्रो मित्रता यस्तो राम्रो छ की
उ भन्न सक्दैन
म देखाउन सक्दिन !

No comments:

Post a Comment

लाइफ होस त वाइफ होस [ फन - मुक्तक ]
लाइफ होस त वाइफ होस [ फन - मुक्तक ]
वाइफ आफ्नो यस्तो होस् जसको राम्रो हाइट होस् जिन्स चाही टाइट होस् आँखा थोरै ब्राइट होस् ओजन केहि लाइट होस् उमेरमा डिफ्रेन्स स्लाइट होस् दिनरमा क्यानडेल लाइट होस् उसलाई देख्दै यो मन फलाइट होस् सँगै हुदा उ क्वाइट होस् यो दिल सधै डिलाइट होस् सासुको सेवा गर्ने, उसको ख्वाइस होस् भगवानको प्राथना उसको लाइफ होस यो कविता पढ्ने भनुन सबै, गुरु तपाइँ राइट होस् ! यस्तै आफ्नो लाइफ होस् ! यो पढ्दै
केहि मुक्तकहरु [ मुक्तक]
केहि मुक्तकहरु [ मुक्तक]
1 सपना धेरै छ, कथा धेरै छ ! परिक्षा जिन्दगीमा, आउन धेरै छ !! जे मिलेकै छैन, त्यसको तारिफ के गर्नु ! खुसी रहन संसारमा, बहाना धेरै छ !! 2 आँखामा पर्दा पनि नम भै गए कुराहको सिलसिला पनि कम भै गए थाहा छैन गल्ति कसको ? समय खराब हो या खराब म भै गए ! 3 समयले मलाइ चुप रहन सिकायो परिस्थितिले सब थोक सहन सिकायो अब केहीको आश छैन जिन्दगीमा आदतले एक्लै खुसि हुन् र जिउन सिकायो 4 मनको कुरा उसलाई भन्न सकीन यो