दमक एक्सप्रेस : [ माया, प्रेम र बिबाह ]


.... समसामयिक परिस्थिति र बर्तमान समाज प्रति थोरै व्यंग गर्दै लेख्ने जमर्को गर्दैछु यो  ‘दमक एक्सप्रेस : पोस्टमा ! सबैको हौसला, सुझाब को अपेक्षा गर्दछु ! हुन् त फेसबुकको टाइम लाइन देखि टुइतर को टुइट सम्म रमाउने जमात ले यत्रो लामो लेखोट ज्याउ नै लाग्ला तर पनि ... आफ्नो प्रयास ... जारी रहन्छ एउटा भारी को लागी ! नत्र त धेरै कुरा भन्न सक्षम हुन्छ एउटा #Instagram को फोटो क्याप्सन पनि ! 
टाइटल :  [ माया, प्रेम र बिबाह ]

माया, प्रेम र बिबाह भन्ने कुरा पनि बडो अचम्मको छ ... यसै बिषयलाइ लिएर ‘फलाना तेरो ब्वाई फ्रेन्ड्स, गर्ल फ्रेन्ड्स’ के भन्दिनु मात्रै पर्छ ... ब्वाई फ्रेन्ड्स, गर्ल फ्रेन्ड्स र बिबाह नै के हो भनेर छुट्याउन नसक्ने कलिला नानिहरु देखि बृद्, बृदा भै सकेकाहरु पनि ... आफ्ना गालाका छाला चाउरी पार्न उत्सुक हुन्छन र गोरु, राँगाले झैँ आफ्ना भए - नभएका किच्च दांत प्रदशन गर्दै मस्किएको यही चार आँखा (चस्मा सहित ) ले देख्या हु क्या रे ! अझ उमेरकाहरुको त कुरा गरेर सध्यौ छैन :) 
हुन  हजुर'बा भन्नु हुन्थ्यो : तिमीहरु प्रेम गरे'छी विबाह गर्नु पर्छ भन्छौ तर मलाइ विबाह गरे पछी प्रेम भो ! जुन अझै सम्म जिउदै छ !! मैले  पढ्या थिए एक प्रसिद लेखक  जर्ज बर्नाड शाले आफ्नो पुस्तकमा लेखेका थिए, ‘विबाह एक सामाजिक, कानुनी बेश्या वृति हो !’ भनेर तर अरु जे सुकै भए नि म भन्छु ‘मागी विबाह भनेको अरु कसैको प्रेमलाइ खोसेर आफ्नो बनाउने प्रयत्न गर्नु हो !’ अहिलेको परिवेशमा !
त्यसैले त आफुलाई क्रान्तिकारी भनाउदाहरुको नारामा भन्दा रहेछन त, ‘...मागेर होइन खोसेर लिनु पर्छ’  ! तर अहिलेका ठिटा-ठिटीहरुमा टिन एज लाग्दाको स्कुले जीवन देखी नै अंकुराउदै जाने ... देखासिकी र रहरको माया प्रेम ! कलेज ...देश, प्रदेश ... ठाउँ र उमेर अनुसार फरक र कम दिगो हुन् थालेको छ ! जमाना नै चाइनिज सामानको फेसन चलेको न पर्यो .... उहिले जस्तो एउटा मोबाइल सेटमा एउटा सिम मात्र लगाउन मिल्ने जमाना रहेन अब , अब त एउटै सेटमा दुई / तिन ओटा सिम घुसार्न मिल्ने भा छ ! सामानहरुमा कम्पनीहरुले दिने ग्यारेन्टी / वारेन्टी जस्तै मोयामा गरिने बाचा, कसम सब मिथ्या हुन् थालेको छ .... जसरी कम्पनीहरुले समान विकाउन ग्यारेन्टी / वारेन्टीको गफ दिएर कस्टमरलाइ लोभ्याउछन त्यसरी नै  क्षणिक माया विकाउन गरिने कुरा हो भनेर भन्न थालेका छन् ... कुरकुरे मायामा गरिने बाचा, कसम ! नयाँ नेपालका सब युवा क्रान्तिकारी भएका छन् ... सब एक से एक (नारि न पुरुष)  प्रगतिशिल  भएका छन् ... यथास्थितिबाद ... भनेको रुढीबाढी समाजको अंश हो रे ! त्यसैले नयाँ नेपालमा, सधै नयाँ ब्वाई फ्रेन्ड्स, नयाँ गर्ल फ्रेन्ड्स राख्न पाउनु भनेको क्रान्तिको धार समाउनु हो रे .... स्वतन्त्रताको उपभोग गर्नु रे ! तेसका बाजे ! बिबाह गर्नु दुई आत्माको मिलन / संगम हो ! बन्धन हो ! अनि कुनै बन्धन खुकुलो भयो भने त ... फुस्कि हाल्छ नि कट्टुको इझार झैँ ....सर्लकै :) ... देखिन्छ लाज अनि लाज पचाई नसकेको यो समाजले आफ्नो इज्जत गएको देख्यो भने / थाहा पायो भने अर्को बित्यास ! त्यसमा दुवै पक्षले केहि न  केही सेक्रीफाई त गर्ने पर्छ नि ... ‘गिभ एण्ड टेक’को रुललाइ आत्मसाथ गरेर ! अब बिबाहमा पनि मनोमानिको स्वतन्त्रता खोज्ने र झन्झट नचाहने साथै हल्का सेक्रिफाई पनि (दुबैले) गर्न नचाहने हो भने ... सेक्स ट्रोय सँग बिहे गरे भै गो नि ! नो कमेन्ट नो डिमाण्ड ! वान टाइम इन्भेस्टमेन्ट ....हो , किन मान्छे संग गर्नु ! नत्र त !

.................
फोटो स्रोत: नेपाल कुवेत डट कम 

1 comment:

  1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

    ReplyDelete

TimeLine Post ~ Four
TimeLine Post ~ Four
व्यस्त जिन्द गीमा कति छिटो दिनहरु वित्छ पत्तै हुदैन ! एक छिन फुर्सद भयो भने मात्र एक्लोपन महशुस हुन्छ नत्र त आफैलाई बिर्सन सकिन्छ काममा ... त्यहि भएर हो क्यारे अक्सर श्रमजिवी मान्छेहरु फुर्सदिलो जीवन भन्दा व्यस्त जिन्दगी एसेप्ट गर्न तयार हुदा रहेछन ... ताकी यो भिडमा फेरी एलोन फिलिङ्गस नहोस भनेर ! — feeling नै त लेख्या हो नि ... अझै कति फिलिंङ्गस् भनेर सोध्छ यो ?? यदि हाम्रो हेर्ने आँखा र
TimeLine Post ~ Three
TimeLine Post ~ Three
फूलले मात्र हो आफु सगँ सुगन्ध छ भनेर कहिल्यै भन्दैन तर त्यसको खबर बतासले चारै तिर फैलाउछ रे ! हो ! त्यसैले त फुल हुने रहर जागेको छ ! Via : Facebook   तिमी नै भन्थ्यौ हरेक साझ संगै हिडौला यो गल्ली हुदै भनेर तिमी बदलिए'छौ या यो तिम्रो शहरमा साझ नै हुदैन ! ~ बुझ्नै सकिन ! Via: Facebook   म ढुंगा भएको भए तिमी मलाइ पुजेर राख्ने थियौ तर दु:खमा रुने खुसीमा हास्ने म