विवाह, अफर र कन्फ्युज [ कविता ]


उ भन्दै'थी: ए ! लेखक !!meh (1)
मलाइ तिम्रो कथा नबनाऊ
सक्छौ भने बुढी बनाऊ
मैले सोधे :
हैन यो होलि पर्वको या कुनै सुपरमार्केटको सेल्स अफर हो ?
यो विवाह अफर हो
सेल्सको होइन सेक्सको अफर हो !
जिन्दगीको अफर हो !!
उ भन्दै गइ …
यो अफर एसेप्ट गरे
तिमी पक्का बुढो हुने’छौ !!
…………..
मैले झट्ट सम्झे
कुनै वेला एक जना हजुर’बा भन्दै हुन्थ्यो :
अब बुढो भैए'छ, नानी !
हरेक कुरामा अरुको भर पर्नु पर्छ
आफै केहि गर्न सक्दिन !!
ति बाजेका कुरा सुने देखि
आफुले कहिल्यै बुढो हुने रहर पालिन !
त्यसै भने उसलाई पनि !!


कर्केर उसले तुरुन्तै जबाफ दी :
थुइया, उल्लु ! त्यस्तो बुढो होइन
मेरो मात्रै हुने श्रीमान वाला
बुढो हुने कुरा गर्या नि !!

फेरी पुराना कुरा याद आयो :
चमेलीले आफ्नो छोरीको विहे हुदा
अफिसमा विदा माग्दा निवेदनमा
श्रीमानको जो विचार भनेर
मलाइ सम्बोधन गरेकी थी
उस्तै गरेर रामे विरामी हुदा पनि
उसले पत्रमा उस्तरी नै
श्रीमान म ड्युटी गर्न नसक्ने भए
भनेर जानकारी गराएको थियो !!
… भन्दै म पनि उसलाई मेरो कुरा 
सुनाउदै गए :
मलाइ अशक्त हुने बुढो
र सबैको हुने श्रीमान पनि बन्नु छैन  !!
………..
भन्छन मान्छेहरुको फ्युज उड्यो भने
काम लाग्दैनन रे !
तर मेरो त - फ्युज कम भए जस्तो छ !
अर्थात कम फ्युज !!
मेरो बोलि काट्दै उसले भनी :
तिमी कम फ्युज भएको मान्छे होइनौ
कन्फ्युज भएका मात्र  हौ !
…………..
उसका कुरा सुने'छी म … नाजबफ मुस्कुराई मात्र रहे :)
लाग्छ कहिले काही, कुराहरु बुजेर नि, 
नबुझे झैँ गरेर कसै सँग तर्क गर्दा
~ किन यति धेरै रमाइलो महशुस हुन्छ !!
1
Last Photo Source :  Google

No comments:

Post a Comment

व्यक्ति पिछे मोबाइल, घरै पिछे डिस होम छ तर शौचालय एउटा पनि छैन !
व्यक्ति पिछे मोबाइल, घरै पिछे डिस होम छ तर शौचालय एउटा पनि छैन !
UNICEF ले तयार पारेको विध्या बालन अभिनित 'UNICEF Total Sanitation TVC 3 DULHAN Featuring Vidya Balan' एड र Grey Worldwide India  ले तयार गरेको 'सोच्छ भारत' अभियानको Swachh Bharat 60Sec Master 30 10 14 भन्ने एड टिभीमा हेर्दै मुस्कुराउने म ....  ..केहि समय अघि हामी एउटा सामाजिक कार्यको लागी चन्दा संकलन गर्दै  घर दैलो अभियान अन्तर्गत स्थानीय आदिवासी टोलमा गएका थियौ ! विहान
फुर्सदमा गरिएको उपद्रो
फुर्सदमा गरिएको उपद्रो
छुट्टीका दिनमा आफुलाई अलिक सन्चो नभएर त्यसै घरमा बस्नु परेपछी आफुले गरेको उपद्रोपनको नमुना यहाँहरु समक्ष आजको पोस्टमा प्रस्तुत गर्दै'छु ! मलाइ swimming, roller skating, football अनि chess, शब्द, संगीत र रङ्गहरु जस्तै यी  फूलहरु र फोटोग्राफी पनि औधी मन पर्छ ! रहर न हो … आफुलाई मन पर्ने कुरा अरुलाई नि मन पर्नु पर्छ भन्ने छैन … तर आश मार्न चाही नसकिदो रहेछ … त्यसैले आशा छ .. तपाइँहरु लाइ पनि