Make the world ~ Green and Save the Earth


विगत केहि बर्ष अघि देखि झापाको दक्षिणी भेगमा .. खेति गर्न खेतलाको अभाव र खेति बाट खासै भने जस्तो आम्दनी हुन छाडे पछी मानिसको खेतीयोग्य जमिन मै पनि विरुवा लगाउने र व्यक्तिगत वन बनाउने प्रचन बढ्दो रहेको छ !
20151020_074638
[ मैले आफैले रोपेर बनाएको आफ्नै सानो वनका .. केहि स्न्याप्सहरु आजको पोस्टमा शेयर गर्ने जमर्को गरेको छु ! Make the green world and save the world नारामा मात्र सिमित नगरौ .. आजै बाट आफै बाट पो शुरु गरि हेरौ .... ]

20151020_07410520151020_074128
[ टिक को पालुवा (टुसा) ]
20151020_07425020151020_07430320151020_080948
[ सिरिशको पाउलामा कासको भुवा लागेको ]
20151024_070535
[ एका विहानै : गाउँको घरको छानामा रहर लाग्दो तरिकाले बसेको परेवाको ‘म म घुर… म म घुर …’  गर्दै गरेको लाइन खिच्न हतार भै गयो Smile ]
20151024_070559
[ गाउँकै सबै भन्दा पुरानो गोबर ग्यास : करिब २०५२ साल तिर बा ले १० गजको गोबर  ग्यास (नेपाल गोबर ग्यास) बनाउनु भए पछी .. घर तल र माथी नै पेट्रोलमेस वत्तिको झैँ रात भर झलमल्ल उज्ज्यालो हुदा र मजाले खाना,खाजा बनाउन मिल्ने चुल्लो तयार हुदा मन नै दंग भाग्थ्यो ! साथै चाडपर्वमा गाउँ भरिका मान्छेहरु भेला भएर त्यो उज्यालोमा छर्लंङ्गै विहान हुने गरी जाग्रम बस्ने गर्नु हुन्थ्यो ! आजको कोजाग्र पुर्णिमा मा त्यही दिनको याद दिलायो यसले …  जुन समयमा हाम्रो गाउमा Electricity Line को कुनै व्यवस्था नै थिएन … तर यसले अझै नि मनगे खाना बनाउन ग्यास अभाव हुन दिएको छैन !  ~ अहिलेको ‘भारत-मधेस_मोर्चा' नाका बन्दीमा घरमा ग्यास अभावको खड्को हुन् दिएको छैन ~ वैकल्पिक उर्जाको कमाल  Smile with tongue out ]
20151024_070605

No comments:

Post a Comment

फूलले गर्छ चाडपर्वको स्वागत
फूलले गर्छ चाडपर्वको स्वागत
“फुल भए ..जिन्दगी, देउतालाइ चढाइ दिन्थे ...।”  फुल औधी मन पर्छ तर किन थाहै छैन... बस मन पर्छ ... घरमा मोवाइल क्यामेरा सँगै मन लाई आफ्नै बारीका फुलहरुमा डुलाउदा ….. चाडपर्वमा मान्छेहरु रमाएको या खुसी भएको देखेर हो फुलहरु पनि मुस्कुराई रहेका हुन्छन अथवा .. फूलहरु हाँस्न थाले पछी चाडपर्व मनाउदै मान्छेहरु पनि खुसि हुने चेष्टा गर्छन ?? जे होस संयोग चाही मिलेको नै हुन्छ ! ठ्याक्कै चाडपर्वको
रहर छापिएको तस्विरहरु ...
रहर छापिएको तस्विरहरु ...
फुल र फोटोग्राफी खुब मन पर्छ … किन मन पर्छ त्यो थाहा छैन … बस मन पर्छ ! जब गोडमेल, छाँटकाट पानि गरेर कुनै फुल फक्रिएर माथी फोटामा झैँ मलाई नै हेर्दै मसक्क मुस्कुराई दिन्छ तब आनन्द महशुस गर्छु … हरेक थोक होइन आफै लाइ नि बिर्सिन्छु त्यसलाई हेरेर ! राम्रा छैनन तर राम्रो बनाउने कोसिसमा लाग्दैछु …:पी छुट्टीका दिनमा यहि बारीको सिलता र सुगन्धमा रमाउन मन पर्छ !