के अब जमाना ChatGPT र Discord कै हो त ??


 के अब जमाना ChatGPT र Discord कै हो त ?? गुगललाइ यसले प्रतिस्थापन गर्ला त ?? ChatGPT के हो?गुगलको विकल्प भनेर चर्चामा आएको ‘च्याट-जीपीटी’ के हो ? मलाइ लाग्दछ यसले छिट्टै नै गुगलको राम्रो विकल्प बनेर देखाउने छ ! मेरो चाही मन जित्यो है .... के तपाइले ChatGPT प्रयोग गरेर हेर्नु भएको छ ??? गुगलले प्रश्नहरुको जबाफमा उत्तरहरूको विकल्पहरु देखाउदछ तर ChatGPT ले प्रश्नहरुको जबाफमा ठ्याक्कै उत्तर दिने गर्दछ ! जुन साह्रै गज्जब लाग्यो प्रविधि झन सुन्दर र उपयोगी बन्दै जादै छ !


आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले भविष्यमा के–के गर्न सक्ला ? यसको गतिलो जवाफ हो, च्याट-जीपीटी (ChatGPT) । एआई च्याटबट ‘च्याटजीपीटी’ प्रयोग गरिरहेकाहरुको अनुभव छ, ‘यसले त अचम्मै गर्छ ।’ हुन पनि यसले तपाईंले अनुरोध गर्नु भयो भने रोमान्टिकदेखि सबै खालका कविताहरु लेख्नेदेखि असाइनमेन्ट पुरा गर्न तथ्य खोज्नेसम्म काम काम गर्नसक्छ । आफ्नो इमेल र फोन नम्बरमा प्राप्त हुने ओटीपी कोडबाट सजिलै साइनअप गरेपछि चलाउन सकिने यो च्याट-जीपीटीका प्रयोगकर्ताको संख्या द्रुत रुपमा बढिहरहेको छ । च्याट-जीपीटी आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित ओपन एआई कम्पनीले विकास गरको अद्भूत ‘च्याटबट’ हो । अद्वितीय फिचरका कारण ३० नोभेम्बरमा सार्वजनिक भएको च्याट-जीपीटी विश्वभर चर्चामा छ ।
च्याट-जीपीटीको विकासकर्ता ‘ओपन एआई’ प्रविधि क्षेत्रमा कार्यरत इलन मस्क, इल्या सट्टेभर, जर्ज ब्रोकम्यान र कम्युटर इन्जिनियर साम अल्टम्यानको कम्पनी हो, जसले मेसिन थिंकिङसँग सम्बन्धित ड्याल–ई र ड्याल–ई २ प्रविधिलाई विश्वमाझ ल्याएको थियो । जसमा मान्छेले दिएको निर्देशनअनुसार सोचे अनुरुपको मौलिक चित्र बनाउन सक्ने फिचर छ ।
यही कम्पनीले तीन हप्ताअघि च्याट-जीपीटीको प्रारम्भिक रुप अर्थात प्रोटोटाइप सार्वजनिक गरेको हो । यो प्रविधिले च्याटबटकै रुपमा निबन्ध र नाटकहरु लेख्नेदेखि व्यक्तिगत विवरण (सीभी)सम्म बनाउन सक्छ ।
यसले धेरै कुरा सामान्य मानिसले लेखे जस्तै लेख्छ । तपाईंले सोध्नु भएको र माग्नु भएको कुनै पनि विषयका सूचना र जानकारी खाजेर रचनात्मक ढंगले पस्किन्छ । यसलाई तपाईं चुट्किला लेख्न पनि भन्नसक्नुहन्छ, आवश्यक पर्दा प्रेम गीत पनि । यसले हरेक पटक ओरिजिनल कन्टेन्ट बनाएर तपाईंलाई सुन्तुष्ट बनाउन प्रयास गर्छ । यो आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटको जवाफ प्रश्नको स्पष्टतामा पनि भर पर्छ । जति स्पष्ट ढंगले प्रश्नहरु गर्नुहुन्छ, उसले दिने उत्तर उति रचनात्मक हुन्छ । मान्छेले सोध्ने प्रश्नको सटिक र रोचक जवाफ दिनु नै यसको मूल विशेषता हो । यसले रेडियो र टेलिभिजनका स्क्रिप्ट लेख्नेदेखि कम्प्युटर प्रोग्राम (कोड) समेत लेख्न सक्छ । यसले घरपरिवार र साथीभाइलाई पठाउन सकिने सन्देश समेत लेखिदिनसक्छ । यसले चिया कफीदेखि परिकार बनाउने तरिकासमेत बताइदिनसक्छ ।

कसरी काम गर्छ च्याट-जीपीटीले ?

च्याट-जीपीटी कुराकानीमा आधारित संवाद मोडेल (च्याटबट) हो, जसले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् मेसिन थिंकिङको सहायताबाट विस्तृत रुपमा टेक्स्ट लेखेर प्रश्नहरुको जवाफ दिन दिन्छ ।
यो मान्छेजस्तै भाषामा जवाफ लेख्न सक्षम छ । यो यसरी विकसित गरिएको छ कि हामीले मान्छेसँग कुराकानी गरेजस्तै प्रश्नहरुको जवाफ पाउन सक्छौं ।
यो कम्प्युटर प्रोग्रामिङ/कोडिङ, टिभी स्क्रिप्ट लेख्न र जटिल वैज्ञानिक अवधारणाहरु व्याख्या गर्न सक्षम छ । इन्टरनेटसहित विभिन्न स्रोतबाट संकलन भएको अर्बौं डेटा दिएर यसलाई उत्तर दिनसक्ने बनाइएको हुन्छ ।
यसले सधैं सही जवाफ दिंदैन । यसले कतिपय गणितीय प्रश्नहरुको गलत जवाफ दिन सक्छ । कहिलेकाहीं यसको जवाफहरु यति लामो हुन्छन् कि मानिसहरुले तथ्यहरु जाँच नगरी विश्वास गर्न सक्छन् । तर, यसले सँधै सही जवाफ दिन्छ भन्ने छैन । कम्पनीले पनि यसलाई स्वीकारेको छ । सन् २०२१ पछिको तथ्य र तथ्यांकमा आधारित जानकारी यसले सहीसँग दिन सक्दैन ।
यसले कुनै भविष्यवाणी पनि गर्दैन । च्याट-जीपीटीले अपराध, घृणा र हिंसा फैल्याउने किसिमका प्रश्नको जवाफ दिने अस्वीकार गर्छ । तर, यसले अवैध कार्यलाई अपराधकै रुपमा समेत बताउनसक्छ ।
मान्छेले यसलाई गुगलको विकल्प समेत भन्न थालिसकेका छन्, तर, यो अहिले नै गगुलभन्दा राम्रो विकल्प हैन । यसलाई तुलना गर्ने समय पनि भइसकेको छैन ।
तर, यसको खास विशेषताहरुले यसलाई भविष्यमा गुगलको विकल्पमा रुपमा समेत चर्चा गरिएको सजिलै बुझ्न सकिन्छ । केही कुरा इन्टरनेटमा खोज्न त अहिले पनि गुगल नै उत्तम विकल्प हो ।
यसका फिचरले धेरैलाई बेरोजार बनाउनसक्ने भन्दै आशंकासमेत व्यक्त भएका छन् । यसको ‘क्रियटिभ फिल्ड’मा काम गरिरहेका कतिपयको जागिर खोस्ने आशंका व्यक्त भएका हुन् ।
यो प्रणाली जानकारी प्रदान गर्न र प्रश्नहरुको जवाफ दिन मात्रै डिजाइन गरिएकाले यसलाई मानव जीवनमा हानी निम्त्याउने जोखिम भने छैन । यसले आफैं निर्णय गर्नेर काम गर्ने क्षमता राख्दैन ।
तर, मान्छे यस्ता चिजमा बढी निर्भर हुन थाल्यो भने पक्कै पनि उसको सोच्ने क्षमतामा असर पर्न सक्छ । अझ यसले सजिलै सिर्जना समेत गरिदिने हुनाले मान्छेको रचनात्मक क्षमतालाई प्रतिकुल असर पार्न सक्ने विज्ञहरुले बताएका छन् ।
भविष्यलाई प्रभावकारी प्रविधि
च्याट-जीपीटीका सीमाहरु भएपनि यो मेसिन लर्निङ भएकाले मानिससँग अन्तरक्रिया गर्दा समयसँगै अझ राम्रो हुँदै जाने अपेक्षा गरिएको छ ।
यसले कम्प्युटर प्रोग्रामिङलाई पनि सहज बनाउनेछ । आधारभूत कोडिङको ठूलो हिस्सा अब एआईको सहयोगमा सहज रुपमा गर्न सकिने भएको छ ।
भविष्यमा यो प्रविधिको प्रभाव शिक्षा क्षेत्रमा छिटो देखिने छ । अलमलिएका विद्यार्थीले जब च्याट-जीपीटीमा प्रश्न गर्नेछन्, उनीहरुले धेरै कुराको सजिलै उत्तरहरु पाउनेछन् ।
भारतका पूर्व केन्द्रीय मन्त्री सुरेश प्रभु र ऋषिहुड विश्वविद्यालयका कुलपति शोभित माथुरले भनेका छन्, ‘अब शिक्षक आफैं परिवर्तन हुनुपर्छ ।’ उनीहरुका अनुसार अहिलेसम्म गुगलजस्ता सर्च इन्जिनले मात्रै शिक्षकहरुलाई चुनौती दिएको थियो । अब च्याट-जीपीटी नै व्यक्तिगत शिक्षक बन्नसक्छ, जो सँधै विद्यार्थीसामु उपस्थित हुनसक्छ ।
यो च्याटबटले उपलब्ध सबै जानकारीको आधारमा निष्कर्ष निकाल्न सक्छ । यसले तथ्यसहित मान्छेहरुले दिने भन्दा बलियो तर्कहरु पेश गर्न सक्छ । यसका कारण कतिपय क्षेत्रमा रहेका हालको कार्यशैलीलाई भविष्यमा परिवर्तन गर्नुपर्ने हुनसक्छ ।
धेरै प्रविधिहरु पहिले अस्वीकृत हुन्छन्, शंका रहेपनि अन्तमा अनुमोदित पनि हुन्छन् । यस्तो अद्भूत फिचरसहित आएको च्याट-जीपीटी जस्ता एआई र मेसिन लर्निङ अब कम्प्युटर विज्ञान र इन्जिनियरिङ पाठ्यक्रम मात्र रहन सक्दैन ।
प्रत्येक विद्यार्थीले विज्ञानको यो क्षेत्र नसिकी सुखै छैन, किनकी धेरै पेशाले यसलाई एकीकृत गरेर प्रयोग गर्ने दिन टाढा नहुन सक्छ ।

के हो त OpenAI ??

OpenAI एक कृत्रिम बुद्धिमत्ता [artificial intelligence (AI) ] अनुसन्धान प्रयोगशाला हो । जसमा नाफादायी कम्पनी 'OpenAI LP' र यसको मूल कम्पनी, गैरनाफादायी कम्पनी OpenAI Inc को संलग्नता रहेको छ। DeepMind को प्रतिस्पर्धी मानिने कम्पनीले समग्र मानवजातिलाई फाइदा पुग्ने गरी मैत्री artificial intelligence लाई प्रवर्द्धन र विकास गर्ने लक्ष्यका साथ AI को क्षेत्रमा अनुसन्धान गर्ने दावा गर्दछ।
सन् २०१५ को अन्त्यमा सान फ्रान्सिस्कोमा एलोन मस्क, साम अल्टम्यान र अन्यहरूद्वारा यो OpenAI स्थापना गरिएको थियो, जसले सामूहिक रूपमा US$ १ बिलियन दिने वाचा गरेका थिए। एलोन मस्कले फेब्रुअरी 2018 मा बोर्डबाट राजीनामा दिए तर दाता रहे। 2019 मा, OpenAI LP ले माइक्रोसफ्टबाट US$ 1 बिलियन लगानी प्राप्त गर्यो।
OpenAI का संस्थापक एलोन मस्क, सैम अल्टम्यान इल्या सुत्स्केभर ग्रेग ब्रोकम्यान, वोज्सिच जरेम्बा जोन शुल्म्यान हुन ।
नोट: च्याटबोट वा च्याटरबोट एक software application हो जुन प्रत्यक्ष मानव एजेन्टसँग प्रत्यक्ष सम्पर्क प्रदान गर्नुको सट्टा पाठ वा टेक्स्ट-टू-स्पीच मार्फत अन-लाइन च्याट कुराकानी सञ्चालन गर्न प्रयोग गरिन्छ।

Discord के हो ??

Discord एक VoIP र तत्काल सन्देश पठाउन सकिने social platform हो, whats apps या messenger जस्तो । पब्जी, फ्रिफायर जस्ता गेमहरु खेल्नु हुन्छ भने त तपाईंलाइ थाहा होला Discord के हो भनेर, यहा हरेक कुराको डिसकसहरु सहज र सरल तरिकाले गर्न सकिन्छ । यसमा प्रयोगकर्ताहरूसँग भ्वाइस कलहरू, भिडियो कलहरू, पाठ सन्देशहरू, मिडिया र फाइलहरू पठाउन सकिन्छ ।
Discord लाइ Windows, macOS, Android, iOS, iPadOS, Linux, र web browser हरुमा चलाउन सकिन्छ । र यसले अहिले 30 भाषालाइ (English (UK/US), Bulgarian, Chinese (Simplified/Traditional), Croatian, Czech, Danish, Dutch, Finnish, French, German, Greek, Hindi, Hungarian, Italian, Japanese, Korean, Lithuanian, Norwegian (Bokmål), Polish, Portuguese (Brazil), Romanian, Russian, Spanish, Swedish, Thai, Turkish, Ukrainian, and Vietnamese ) सपोर्ट गर्न सक्दछ ।
अब जमाना ChatGPT र Discord को हो भन्दा फरक नपर्ला की ????
तपाइ पनि आजै यस बारेमा बुझेर यसको प्रयोग गर्ने हैन त ???

No comments:

Post a Comment