समयको मागै त रहेछ युट्युब र टिकटक




समय अनुसार चल्न भनौ अथवा समयको बहाव सँगै चल्न सके बहन र तैरिन सहज हुन्छ भनिन्छ, अब मैले पनि त्यसै गर्ने सोच राखे।  हुन त अलिक ढिला भए जस्तो लाग्दछ इन्टरनेट र प्रविधि सँग यति धेरै समय अघि देखि परिचित भए पनि बल्ल युट्युब र टिकटकमा कन्टेन्ट लिएर आउँने सोच बनाएर यो पोस्ट गर्दै'छु।  अब देखि एउटै समयमा एकै कन्टेन्ट सबै तिर अपडेट गर्न सके ब्लग लेख्न र ब्लग अपडेटले पनि निरन्तरता पाउने सम्भावना पक्कापक्कि हुन्छ कि जस्तो लागेर यो जुक्ति अपनाएको छु मैले चाही। तपाई पनि यो मेरै जस्तै जुक्ति पो लगाउने कि ? या पहिले देखिने लगाउदै हुन्छ ?? थाहा पाउँ है साथीहरु। 

बुझ्दै'छु अहिलेको समयको माग युट्युब र टिकटक रहेछ, त्यहि भएर ब्लग लेखन पुरानो र लुप्त हुदै गएको।  अनि गुगल गर्दै बसेको जिन्दगी अब ChatJPT मा रमाउदै'छ।  सर्भे नै गर्ने हो भने पनि अब त फेसबुक भन्दा पनि टिकटक चलाउने नै बढी छन् कि जस्तो लाग्दछ।  

हुन् त टिकटक र पब्जी त केटाकेटी र घर बुढियाहरुको खेल मात्रै हो भन्ठानेर टाढा भएर बसियो। टिकटक अहिले फेसबुक भन्दा मार्केटिङ्गको बढी ससक्त र प्रभावकारी भएको थाहा पाउदा अनि टिकटक प्रयोग नगर्ने हो भने त यो समाजमै नपरिएला भन्ने पिरलोले पनि टिकटक युजर भइयो ☺😀 .….

मलाइ युट्युबमा भेट्न या सस्क्राईब गर्न यहाँ 'Own Things आफ्नै कुरा' जानुस। 

https://www.youtube.com/@afnaikura 

 


 अनि मलाइ टिकटक  मा भेट्न या फलो गर्न चाही यहाँ  AfnaiKura मा जानुस।   

@afnaikura पैसा ( Poisa) #कविता #NewNepaliPoem #NepaliPoem #Poem by #Yumesh #YumeshPulami #NepaliFamousePoem ♬ original sound - Mr. Pulami - Yumesh Pulami


नोट: यदी तपाइको पनि युट्युब र टिकटक एकाउन्ट  Subscribe या Fallow गर्नु पर्ने छ भने कमेन्टमा लिंक राखिदिनु होला म अबश्य नै फलो या सबस्क्राईब गर्ने छु।  आउनुस एक अर्काले साथ र सहयोगका साथ अघि बढौँ।   

No comments:

Post a Comment