माता तिर्थ औँसी, आमा र घर । [ चाडपर्व / उत्सव ]


 मातृदेवो भव ।

पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।
माता तीर्थ औँसीलाई देवलोक, पितृ लोक र पृथ्वी लोक सबैतिर जोड्न सक्ने एउटा सेतुका रूपमा लिइन्छ । यस तिथिमा आफ्ना आमाहरूलाई सम्झना गर्न, भेट्न, स्नेह प्रकट गर्न अत्यन्त आवश्यक मानिन्छ । यदि आमाहरू यस लोकमा नभए दान पुण्य गर्न अत्यन्त आवश्यक मानिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । आजको दिनलाई मातृ औँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन छोराछोरीहरूले श्रद्धा, भक्ति, सम्मान अनि आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई आमाबाट शुभ–आशीर्वाद ग्रहण गर्ने चलन छ ।
अर्थात् आमाहरू देवता हुन् । यस लोकमा भएका आमाहरू जीवित देवताहरू हुन्, लोक त्यागेका आमाहरू पनि अमर छन्, उहाँहरूको सम्झना र आराधना गरिन आजका दिनले पैरवी गर्दछ । शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन हो, ‘आमा’ ।
आमा, जसले हामीलाई संसार देखाइन् । गर्भमा राखेर जन्म दिइन् । काखमा राखेर पालिन् । ममता कि खानी अनि बालापनमा कल्प वृक्ष सरी हाम्रा हरेक इच्छा, आकाङ्क्षा अनि चाहना पूरा गरिदिने, यस पृथ्वी लोकमा रहनु हुने मेरो आमा लगायत सम्पूर्ण आमाहरूलाई कोटी–कोटी नमन छ ।

No comments:

Post a Comment

देहातको एक गुमनाम बजार, दामुना बजार ।
देहातको एक गुमनाम बजार, दामुना बजार ।
 गौरादह नगरपालिकाको वर्डा नं. ६ स्थित दामुना बजार देहातको एक गुमनाम र एक पुरानो बजार हो साथै झापाको दोस्रो ठुलो पशु बजार पनि हो यो । आउनुस आज यही बजारको छोटो मिठो घुमघाम गरौं ।
दमक फन पार्कमा नयाँ वर्षको रमझम । झापा । दमक । 2080
दमक फन पार्कमा नयाँ वर्षको रमझम । झापा । दमक । 2080
 नयाँ बर्षको अवसर पारेर नजिकैको दमक फन पार्क छिमेकी दाजु, भाउजु, नानीहरु र दिदी भेना, अनिश भान्जा भान्जी साथै हामी स-परिवार साझको समय डुल्न हिडेका थियौ।  आज साझ घरमा हैन बाहिर नै खाना खाने सलुजा र युनेश सँग सल्ला गरेर निस्किएका थियौ। २०८० बैसाख १ गते साझ हिडेर राति १० बजे तिर मात्रै घर आइपुगेका थियौ।   केहि घुमघाम र फोटो भिडियो खिचेर आइयो र युट्युबमा भिडियो एडिट गरेर पोस्ट