बिक्रीको ~ भगवान …!!! [ कविता ]


 

म बुझ्दिन 

बजार बाट किनेर ल्याएको 

मुर्तिको अघि 

हामी हात जोडेर 

धन सम्पति र सुख, शान्ति माग्छौ !


यदी 

मुर्तिहरुले 

धन सम्पति र सुख, शान्ति दिने भए  


हामीलाई 

पसलेले किन पो बेच्थे होला ~ मुर्ति ??


अनि 

लाग्थ्यो 

पसले मुर्ति बेचे पछी 

हामी सँग किन माग्छ पैसा 

मुर्ति सँगै मागे हुने नि ….!!!


अनि फेरी लाग्यो 

पसलेले मुर्ति बाट 

धन सम्पति र सुख, शान्ति 

नमिले पछी हो 

हामीलाई उसले 

बेचेको त्यो मुर्ति 


मुर्ति बेचे पछी 

अरु नमिले पनि 

कमसेकम 

उसलाई धन त मिल्छ !


अचम्म के 

बेच्दा बिक्री हुने भगवान 

र 

किन्दा किनिने भगवान 

हुन्छन भन्ने ठानेर नै त हो नि 

हामीले मुर्ति बेच्ने र किन्ने ?? हैन र ??


ठ्याक्कै हाम्रै देशको नेता र सरकारी कर्मचारी जस्तै !!


भन्ने सोचेर 

सानामा 

मेरो अबोध दिमाग हल्लिन्थ्यो 

जुन अहिले सम्म'नी हल्लिरहेछ ...??



अचेल 

कतै पसलेले मुर्ति बेचे झैँ 

हाम्रा नेता र अभियन्ता 

INGO र NGO ले  

आश्वासन र भरोषा मात्रै 

बेचिरहेका त छैनन् ~ हाम्रो देशमा …???

[ कसैको आस्थामा प्रहार गरेको हैन, यसको अन्यथा अर्थ लागेमा माफ पाम् ! कहिले काही आफैमा यस्ता प्रश्नहरु पनि तेर्सिने'थे र अझै पनि तेर्सि रहेको छ र कोरेको हु  ] 

No comments:

Post a Comment

Yusita .. Her First Birthday Photos with Beautiful Quotes [ Photo Shoot ]
Yusita .. Her First Birthday Photos with Beautiful Quotes [ Photo Shoot ]
God Blessed Us With The Greatest Gift: You! Wishing You The Best First Birthday ~ Yusita. यसरी नै आफ्नो नानी बाबुहरुको फोटो शुट गर्नु परेमा या आउदै गरेको तिजको फोटो भिडियो शुट गर्नु परेमा हामीलाई सम्झनुस ...Yumesh Vlog & Photography Please ! contact us Yumesh Pulami if any kinds of ceremony.......#WEDDING Photography & Video Shoot#Pre-wedding Photoshoot & Video Shoot#Post Wedding
धरान, भेडेटार, तमोर नदीको तिरै तिर हुदै सफारी टार जादा देखिएका मोहक दृश्यहरु
धरान, भेडेटार, तमोर नदीको तिरै तिर हुदै सफारी टार जादा देखिएका मोहक दृश्यहरु
Street View देखाउने क्रममा आज काम बिषेशले दमक बाट धनकुटाको सफारी टार जादा देखिने धरान देखि भेडेटार, मुलघाट हुदै सफारी टार सम्मको बाटामा देखिएका पूर्वी नेपालको सु्दर दृष्यहरु देखाउने कोसिस गरेको छु , आजको भल्ग र ब्लग दुबैमा । आशा छ मन पराइदिनु हुने'नै'छ ।