तपाईंको क्रान्तिकारी सिद्धान्त र प्रगतिशिल विचारमा खिया लागेछ ~ डियर कमरेड ...!!!


समय समयमा सरकार र व्यवस्था परिवर्तन किन आवश्यक रहेको छ ? हामी जनताले बुझेनौं कि ? 

तपाईंको क्रान्तिकारी सिद्धान्त र प्रगतिशिल विचारमा खिया लागेछ ~ डियर  कमरेड ...!!!



तपाईंको क्रान्तिकारी सिद्धान्त र प्रगतिशिल विचारमा खिया लागेछ ~ डियर कमरेड ...!!!

अब केपी ओली र महेश बस्नेतको शैली बिरुद्ध लेख्नु पनि भएन ? नयाँ पुस्तालाइ आफ्नो पाटी र सत्ता हस्तान्तरण गर्नुस पनि भन्नु भएन ? अब एडिडासको जुत्ता लाउन भएन । नर्थफेसको ज्याकेट लाउन भएन । अक्सफोर्डमा पढेर फर्किन भएन । नामको अगाडि यूएस लेखिएको त कुनै संस्थामा जागिर खानै भएन । दिल्लीमा उपचार गरेर फर्किएको हुँ भन्न भएन । युरोप घुमेको छु भन्न पनि भएन । 

कुन बेला फ्याट्ट विदेशी एजेण्ट भइने हो, त्यो पनि यही फेसबुक, यो फेसबुक पनि त अमेरिकन हो नी, सायद अब फेसबुक चलाउदा, यहाँ केही लेख्दा पनी विदेशी दलाल एजेण्टको ट्याग लाग्ने नै होला । धन्न तपाईंहरुको गणतन्त्र ???  आफुले जे भन्दा र लेख्दा हुने अरुले लेखे दलाल एजेण्ड ?? हरे तपाईंको क्रान्तिकारी सिद्धान्त र प्रगतिशिल विचारमा खिया लागेछ कमरेड ...!!!


 GenZ को आन्दोलन र उनीहरुको TEAM लाइ बदनाम गराउन कति हद सम्म नेकपा र महेश बस्नेत लागेका रहेछन भन्ने आधार -  उनले आफ्नै कार्यकता जस्मिन ओझाको टिमलाइ सिलत निवास पठाएर राष्ट्रपती निवास अगाडि मुर्दाबादको नारा लगाएउन लागाए छन् । फेसबुकका केहि पेज र ग्रुपहरु पहिले नेकपाको चुनावमा पप्रयोग गरिएका रहेर ति पेजको नाम जेनजी या जेनजी समुह राखेर विभिन्न मनग्रन्ते पोस्ट र बाझिने, दुविधा पर्ने खालका पोस्टहरु लागएर पोस्ट गरेको बेल्ग्रेती भेट्न सकिन्छ ! आन्दोलनको भोलि पर्सि पल्टै र अन्य बर्ताहरु तथा प्रेस मिटमै पनि पाटीका कार्यकर्ताहरु लागएर बद्नाम बनाउने भद्दा कार्यहरु गरेको देख्न पाइन्थ्यो ! के हो सब आम जनताले देखेका छैनन् र ... जे भने पनि पत्यैदिनु पर्ने हो ? यसरी हेर्ने हो भने जेन जी आन्दोलनको उत्पन्न अहिलेको परिस्थितिमा विदेशी शक्ति र INGO हरु भन्दा पनि देश मित्रैकै पाटी र तिनका कार्यकर्ताहरु बाट बढी खतरा रहेको देख्न / बुझ्न सकिन्छ ? किन भने उनीहरु भड्किला भाषण ... मुडभेड हुने खालका गतिविधिहरु उग्ररुपमा बढाउन चाहेको देखिन्छ तपाईहरु सच्चिन्नु हुन्न भने ...अहिले सम्म त देश बिगार्नु भयो भयो ... यस्तो परिस्थिति हुदा पनि बेसर्मी भएर अब देशलाई सुडान/ युक्रेन बनाउन तल्लिन हुनु हुन्छ ? संयमित हुनु होस् बर सबै सँग मिलेर ... देश बचाउने कार्यमा नयाँ पुस्ताका नेतृत्व सँग सहकार्य गरेर अघि बढ्नुस !

यो ठाँउमा ४० बर्ष (अहिले ३४ बर्ष भै सक्यो) सम्म एउटै लाइ मात्रै उमेद्वार बनाएर उसैलाइ मात्रै भोट दिनु पर्ने कस्तो जबज हो ? यो शैली त राजतन्त्र भन्दा पनि माहा राजतन्त्र हो । यस्तो शैलिले जबज होइन जो कोही साधारण नागरिकलाइ पनि निरङ्कुश र अहंकारी तथा स्वेच्छाचारी शासक बन्न प्रेरित गर्दछ । किन भने मैले जे गर्दा पनि पत्याइ हाल्छन र साथ दिहाल्छन भनेर ... अहिले भएको पनि त्यही र आजको देशको परिस्थितिको सृजना पनी यही कारण हो भनेर समिक्षा गर्न किन ढिला गर्ने ?? पहिले देश बचाउन लागौ देश रहे पाटी बचाउन सकिन्छ, पाटी जोगीए नेता स्वत जोगिन्छन ।


तपाइहरु व्यक्ती जोगाउन लागी पर्नु भएको छ जो निरङ्कुश छ, स्वेच्छाचारी र भ्रष्ट्रको संगतमा छ । अहिलेको परिवर्तनमा नेकपा एमालेका नयाँ पुस्ताको पुर्ण रुपमा सहभागीता र साथ थियो ... पत्याउनु हुन्न होला, जेनजीको आन्दोलनमा सार्वजनिक सम्पत्ति आगजनी गर्नेमा सबै भन्दा ठुलो हात सबै पाटीका नयाँ पुस्ताहरुको हात रहेको छ जो परिवर्तन चाहन्थ्यो । उ चाहदैन थियो हजुर बालाइ र बा पुस्तालाइ नेतृत्व गर्ने नेताले आफुलाइ पनि नेतृत्व गरोस । कांग्रेसी र एमालेका जेनजीहरुले माओवादी नेताहरुको घर र पाटी कार्यालय जलाए, त्यसरी नै माओवादी जेनजीहरुले कांग्रेस र एमालेका नेता र पाटी कार्यालय जलाए, उस्तरी नै रासपा, राप्रपा, जसपा, लोसपा आदी सबैले एकले अर्काको नेताको घर र पाटी कार्यालय जलाएको देख्न सकिन्छ । 

भिडियो हेर्नुस यो सत्य हो । भएको पनी त्यही हो। जे नहुनु भयो । अब सच्चिएर, सच्याएर जानुहोस । तपाइँ सच्चिनु कसरी राष्ट्रघात हुन् सक्छ र ? पहिलो पुस्ताले प्रजातन्त्र ल्याउन यस्तो गरिम, उस्तो गरिम, जेल नेल बसियो ... यस्तो सिस्टम ल्याइयो भनेर त्यसको ब्याज आजीवन खाएर ढाडीने प्रयत्न नगर्नुस ! पहिला जनता जिन्दावाद ! देश जिन्दावाद ! बनाउनुस अनि अवश्य पनि तपाइको पाटी जिन्दावाद ! नेता जिन्दावाद हुने'छ। 


समय समयमा सरकार र व्यवस्था परिवर्तन किन आवश्यक रहेको छ ? हामी जनताले बुझेनौं कि ?

हैन ३०/४० बर्ष सम्म एउटै नेता / एउटै पाटीले राज गर्नु लाइ गणतन्त्र/ प्रजातन्त्र भनिदैन .... नेता र नेतृत्व परिवर्तन हुनु जरुरी छ अनि मात्रै देश परिवर्तन हुन्छ ~ यस पद्दति लाइ मात्रै अग्रगमन र प्रगतिशील भनीन्छ तर दु:खको कुरा हिजो प्रगतिशीलको नारा लागाउनेहरु ... नेतृत्व परिवर्तन स्वीकारिरहेका छैनन ??? किन ?? 

शक्ति पृथकीकारणको सिद्धान्त र सापेक्षवाद नस्वीकार्नेहरु बैचारिक रुपमै दरिद्न मात्रै होइनन सोचमै पनि असली / ठेट सामन्ती हुन् भन्दा अनुउपयुक्त नहोला !

निरङ्कुश भयो भनेर राजतन्त्र फ्याल्न सहमत हुन्छौ तर एउटै व्यक्ति र पाटी लाइ ३०/४० बर्ष कसरी दोहोरि रहन दिन्छौ ? अथवा उसलाई आजीवन नमरुनजेल सम्म कसरी स्वीकार्न सक्छौ ... अनि के यसलाई तपाइँ प्रजातान्त्रिक गणतन्त्र भन्नु हुन्छ ? यदि यस्तै व्यवस्था लाइ मान्नु हुन्छ र ? हो यसै लाइ प्रजातान्त्रिक गणतन्त्र भन्नु हुन्छ भने तपाइँ झोले मात्रै होइन ! ति नेता र पाटीहरु भन्दा तपाइँ यो समाजको लागी खतरनाक किरा हो ! मानुस या नमान्नुस !

यो हाम्रो देशमा नेताको मात्र समस्या होइन दल र देश भित्र निश्चित समयमा नेतृत्व परिवर्तन भइरह्यो भने सधैं एउटै व्यक्ति र समुह शक्तिमा हुने छैन ~ त्यसले गर्दा उलाई शक्ति बाहिर गए पछी कारबाही हुन सक्ने डर रहन्छ ! अर्को तिर, संधै एउटै व्यक्ति र समुह शक्तिमा नहुने हो भने, राज्य संरचना भएकाहरुले उनीहरुलाई संधै खुसी पारिरहनु, चाप्लुसी गरिरहनु पर्दैन ! तर अहिले एउटै व्यक्ति निरन्तर शक्ति र पदमा हुने भएकाले नेतृत्वलाइ डर छैन ! अरुलाई भने चाप्लुसी गर्नु पर्ने वाध्यता हुन्छ नै र छ पनि !

त्यसैले भोलि जो सुकै किन नहोस, जति सुकै क्रान्तिकारी व्यक्ति नै किन नहोस ! उ पनि समय सँगै भष्ट्र र बदमास भइहाल्ने छन् ~ नभए त्यस्ताको सङ्गतमा रहन चाहन्छ किन भने उसले सत्तामा रहिरहन पाउदछ ! त्यसैले,हेर्नुहोस ! हरेक मानिसले आफु निरन्तर शक्तिमा रहनु पर्छ सोच्नु मानवीय गुण हो ! त्यहि कुरा हाम्रा नेताहरुले पनि चाहन्छन ! त्यसैले यो नेताको मात्र समस्या होइन ! त्यसो भए अब यो सबै कसरि अन्त्य हुन् सक्छ ?

१) नेतृत्व हस्तान्तरण 

- प्रधानमन्त्री जस्तो प्रमुख पदमा सिमित कार्यकालको सिमा !

- दलहरु भित्र पनि प्रमुख पदमा उमेर र कार्यकालको सिमा !

२) शक्ति समीकरण 

- न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका बीच स्वायत्तता तर  शक्ति सन्तुलन ( अहिले चाही न्यायपालिका / अदालतको नियुक्तिहरुमा दल र सरकार को हस्तक्षेप छ !

३) कानुनको समान दण्ड 

- सम्पति शुद्धिकरण र भ्रष्ट्राचार छानविनलाइ स्वायत्त र शक्तिशाली संयन्त्र / कानुन , जहाँ राजनैतिक नियुक्ति र प्रभाव नहोस ! तर अहिले अख्तियार सरकारको नियन्त्रणमा छ !

अब व्यक्तिमा भर होइन, व्यवस्था नै कडा बनाऔं ! ताकी ..... जो नै आएमा पनि बदमासी गर्न नपाओस !

No comments:

Post a Comment