मनोरम दृश्य किन्ताङ फुटबल ग्राउन बाट हेर्दा l धनकुटा l मधुगंगा l भिरगाँऊ l किन्ताङ l


नानीहरुसँगै यात्रामा, बिचमा भेडेटार, तमोर पुल, धनकुटा बजारमा बस्दै मुस्किलले साझमा गन्तब्य पुगियो ।



एतिहासिक घटना जस्तै भएको थियो यो ~ अचम्म पनि ! दशैँमा वर्षा, बाढी पहिरो - असुहाउदो घटना रह्यो ! त्यो पनि अहिले सम्मकै ठुलो र भयानक !

हामी पनि स-परिवार ...मौसम विभागले पानि पर्ने र बढी आउन सक्ने भनेर भने पनि त्यस्तो अवस्था नदेखे पछी धनकुटा किन्ताङ्ग (भिरगाउँ) सम्मको यात्रामा लागेका थियौ ... समान प्याक गरेर रेनकोटहरु बोकेर ...एसियन हाइवे बन्दै गरेको हुनाले दमक देखि इटहरी सम्म बिस्तारै गइयो .. ठाउं ठाउँमा ड्राइभरशनहरु भएको हुनाले - तर इटहरी देखि धरान, भेडेटार सहज रुपमै पुगेर रेस्ट गरियो र खानपिन गरियो ~ अघिल्लो पटकहरु भन्दा यो पटक अलिक एक्पेनसिभ लाग्यो खानाको रेट ... त्यस पछी धनकुटा हिड्न मात्र के लागेको थिम पानि पर्न शुरु गर्यो ...एक छिन पर्खी हेरिम पानि रहन्छ कि भनेर तर पानि रहने छाटकाट नदेखे पनि सबै जनाले रेनकोट लगाएर यात्रा बिस्तारै अघि बढीम ! यसरी नानीहरुसँगै यात्रामा, बिचमा भेडेटार, तमोर पुल, धनकुटा बजारमा बस्दै मुस्किलले साझमा गन्तब्य पुगियो । दिनभर सिमसिमे पानिले दिक्क लगायो,  त्यसमा अफरोडको यात्रा, हिलाम्मे बाटोले जिऊ मस्त गलायो । झापाको गर्मी खाएको मलाइ यो पहाडको चिसोले झ्याप्पै समाएछ, धाँटी दुखेर मर्गी लाग्ला झै भएको थियो ।

 गएको असोज १७, १८ र १९ गते झरीको वितण्डा ... मोबाइल र ब्याट्रीहरु लाइन नभएर चार्ज गर्न नपाए पनी यति खिच्न चाइ मुस्किलले भ्याइए छ ~ सम्झना स्वरुप । छोटो तर मनोरम दृश्य किन्ताङ फुटबल ग्राउन बाट हेर्दा । दशैंको समय भए पनि निरन्तरको बर्खे झरीले ठुलो भौतिक तथा मानवीय क्षति भयो ! जताततै बाढी पहिरो ... गएर सडकहरु पूर्ण रुपमा केहि दिन अबरुद्ध भए ! फर्कदको मुस्किल र त्यो भेडेटार देखि दमक सम्म नै बिशाल झरीमा ..मुस्किलले राति ८ बजे तिर आइपुग्दाको क्षण ... एउटा एडभेन्चर यात्रा जस्तै भयो बर्णन गरि नसक्ने जस्तो ! 

जादा भन्दा आउदा मुस्किल पर्यो मुलघाट देखि यता फेदी देखि माथि भेडेटार तिर आउदा हुस्सुले पुरै बाटो नै नदेखिएला जस्तो भएर बिजोग ...त्यसमा झन् भेडेटार देखि यता निशाने खोला छेऊ आइपुग्दा सम्म पुरै हुस्सु लागेको थियो ...अझ भेडेटार देखि यता भने अझ पानि परेर हैरान बनाएको थियो !

यात्रामा बाइकमा भएको हुदा ...चस्मा लागाउने मानिसलाई पानि / झरी र हुस्सु लागेको बेला हेल्मेट लगाएर बाइक कुदाउदा कस्तो कस्तो अप्ठ्यारो पर्छ भनेर ...चश्मा लागाउनेहरुलाई मात्रै थाहा होला - हो त्यहि समस्या भोग्नु पर्यो मैले ! चश्मा लगाउ पानीले भिजाएर हेर्ने नसकिने चश्मा नलागौं राति झन् गाह्रो !


































No comments:

Post a Comment