नेपालको अदृश्य रोग: Rent Seeking, Crony Capitalism र निर्वाचन, राजनीति
अर्थशास्त्र र राजनीतिक अर्थशास्त्र बुझ्न Rent Seeking र Crony Capitalism अत्यन्तै महत्वपूर्ण अवधारणाहरू हुन्। यी दुईलाई नबुझी आजको नेपालको राजनीति, नीतिनिर्माण र निर्वाचनको वास्तविक चरित्र बुझ्न कठिन हुन्छ।
१) Rent Seeking (रेन्ट सिकिङ) के हो ?
Rent Seeking भनेको कुनै व्यक्ति, समूह वा कम्पनीले नयाँ मूल्य/उत्पादन सिर्जना नगरी, राज्यको शक्ति, नीति, कानुन, लाइसेन्स, कर छुट, ठेक्का, कोटा आदिको दुरुपयोग गरेर असामान्य फाइदा (Economic Rent) लिने प्रक्रिया हो।
सरल भाषामा बुझ्दा
- काम गरेर कमाउने होइन,
- नियम आफ्नो पक्षमा बनाइदिने
- राजनीतिज्ञ वा कर्मचारीलाई प्रभावमा पारेर
- एकाधिकार (Monopoly) वा विशेष सुविधा पाउने यही Rent Seeking हो।
उदाहरण जस्तै ;
- ठेक्कामा एउटै कम्पनीले बारम्बार काम पाउनु
- लाइसेन्स/परमिट पाउन घुस वा पहुँच चाहिनु
- कर छुट वा सब्सिडी केही सीमित समूहलाई मात्र दिनु
- नीतिनै केही व्यापारी/समूहलाई फाइदा पुग्ने गरी बनाइनु
Rent Seeking प्रणालीले समाज र राष्ट्रलाइ के नोक्सानी छ भने :-
- उत्पादन र रोजगारी बढ्दैन
- राज्यको स्रोत सीमित हातमा जान्छ
- योग्य र मेहनती व्यक्ति पछाडि पर्छ
- भ्रष्टाचार संस्थागत हुन्छ
२) Crony Capitalism (क्रोनी क्यापिटलिज्म) के हो ?
Crony Capitalism भनेको राजनीति र व्यवसायबीचको अपवित्र गठबन्धन हो, जहाँ
- व्यवसायीहरू सत्तासँग नजिक हुन्छन्
- सत्तामा बसेकाहरू उनीहरूलाई नीति, ठेक्का, ऋण, कर छुट दिलाउँछन्
- प्रतिस्पर्धा होइन, पहुँच ले बजार जित्छ
Crony Capitalism मुख्य विशेषता भनेको
- “आफ्नो समर्थक/ पक्षको मान्छे” लाई फाइदा
- प्रतिस्पर्धा होइन, राजनीतिक नाता/ सम्बन्ध अनिवार्य आवश्यकता पर्दछ ।
- कानुन सबैका लागि समान हुँदैन
नेपालमा अहिले सम्म यस्तो भैरहेछ
- ठूला व्यापारीले कुनै दल/नेतालाइ चुनावी खर्च जुटाइदिने
- चुनाव जितेपछि तिनै व्यापारीलाई फाइदा पुग्ने नीति बनाइदिने
- बैंक ऋण नतिर्ने, विजुलिको विल, राजस्व नतिर्ने ठूला व्यवसायी सुरक्षित, तर सबै तिर्ने र नियम/कानुन अनुसार चल्ने साना उद्यमी दबाबमा रहन्छन ।
- ठूला परियोजनामा सीमित कम्पनीको एकाधिकार
नेपालको अहिलेको राजनीति र निर्वाचनमा Crony Capitalism को भूमिका:-
(क) किन निर्वाचन महँगो हुन्छ ?
- चुनाव जित्न पैसा चाहिन्छ
- पैसा दिने व्यवसायी Rent खोजिरहेका हुन्छन्
- जितेपछि “लगानी फिर्ता” नीति र ठेक्काबाट गरिन्छ
(ख) किन राम्रा नीति आउँदैनन् ?
- नीति जनताको लागि होइन
- चुनावी लगानीकर्ताको लागि बन्छ
(ग) किन नयाँ र योग्य उम्मेदवार दबिन्छन्, थाहा छ ?
- पैसा र पहुँच नभएकाले प्रतिस्पर्धा गर्न सक्दैनन्
- यही कारण पुरानै अनुहार दोहोरिन्छन्
यदि यिनै प्रवृत्ति कायम रह्यो भने आगामी निर्वाचनमा के फरक पार्न सक्छ ?
- भ्रष्टाचार झनै संस्थागत हुन्छ- युवाको विदेश पलायन बढ्छ
- राज्य ऋणमा डुब्छ
- लोकतन्त्र औपचारिक र संविधानमा मात्रै सिमित हुन्छ
तर यदि मतदाताले सचेत भएर - कुन नेता या दलहरुले कुन नीति लिएका छन भनेर बुझेर निर्णय गरे भने :-
- नीति निर्माणमा दबाब पर्छ
- Crony नेटवर्क कमजोर हुन्छ
- सार्वजनिक स्रोत जनतामा फर्किउन सकिन्छ
६) अब आम जनताले के कुरामा ध्यान दिनुपर्छ ?
> > उम्मेदवारको पैसाको स्रोत
- कसले चुनाव खर्च उठाएको छ ?
- ठूला व्यवसायीको छायाँ त छैन ?
>> विगतको नीति र व्यवहार कस्तो थियो
- ठेक्का, नियुक्ति, निर्णय कसका लागि गर्यो ?
- जनताको हित कि सीमित समूह ?
>> भाषण होइन, संरचना बुझ्ने
- “भ्रष्टाचार गर्छु गर्दिन” भन्दा पनि कसरी Rent Seeking रोक्छ भन्ने योजना हेर्ने / बुझ्ने ।
>> पार्टीभन्दा व्यक्ति र विचार बुझ्नुस
- पार्टी होइन, Economic Vision हेर्ने
- प्रतिस्पर्धा, पारदर्शिता र जवाफदेहिता समर्थन गर्ने
>> स्थानीय स्तरमा प्रश्न गर्ने
- वडादेखि संघसम्म
- “यो नीति कसलाई फाइदा पुग्छ ?” भन्ने प्रश्न गर्ने ?
समग्रमा भन्नु पर्दा Rent Seeking र Crony Capitalism नेपालको विकास चाहे जस्तो हुन नसक्नुको मुख्य र अदृश्य कारण हो ।
निर्वाचन भनेको केवल भोट हाल्ने प्रक्रिया होइन, कुन आर्थिक प्रणाली रोज्ने भन्ने निर्णय पनि हो। सचेत मतदाता नै देशको भ्रष्ट प्रणाली तोड्ने, स्वस्थ लोकतन्त्र बनाउने सबैभन्दा ठूलो शक्ति हो।
त्यसो भए अबको निर्वाचनमा रोज्नुपर्ने “सही प्रणाली” के हो त? अथवा कस्तो प्रणाली अपनाएको दल या नेता रोज्ने त?
नेपालजस्तो देशका लागि अहिले सबैभन्दा उपयुक्त प्रणाली भनेको Rule-Based Democratic System with Competitive Market Economy (कानुनको शासनमा आधारित लोकतन्त्र + प्रतिस्पर्धात्मक अर्थतन्त्र) हुन् सक्दछ !
यसको अर्थ:
- व्यक्ति होइन नियम बलियो र प्रभवकारी हुनु पर्यो
- पहुँच होइन प्रतिस्पर्धा जरुरी हुनु पर्यो
- सिफारिस होइन योग्यता हुनु पर्यो
- नारा होइन संरचना र कार्ययोजना हुनु पर्यो
अहिले सम्म हाम्रो देशमा किन पुरानो मोडेल र दल असफल भए ?
नेपालमा अहिले व्यवहारमा रहेको मोडेल भनेकै चुनावी लोकतन्त्र + Crony Capitalism + Rent Seeking प्रणालीले देशमा कस्तो राजनैतिक सस्कार विकास भयो -
- राजनीति चुनाव जित्ने व्यवसाय भयो
- नीति सीमित समूहका लागि बन्यो
- राज्य Referee होइन Partner बन्यो
- युवा, किसान, साना उद्यमी सिस्बाटममा अटाएन
त्यसैले समस्या व्यक्ति बदल्दा होइन, प्रणाली नबदल्दा आयो। अब भने हामीले रोज्नुपर्ने प्रणालीका ५ आधारस्तम्भ यस्तो हुन् सक्दछ :-
1. Rule of Law (कानुन सबैका लागि समान)
- नेता, व्यापारी, कर्मचारी सबै एउटै कानुनमा
- “ठूलो मान्छे” का लागि कानुन/कर छुट नहुने
- सम्पत्ति र निर्णय पारदर्शी
मतदाताले सोध्नुपर्ने प्रश्न:
“तपाईंको पार्टी/उम्मेदवारले कानुन सबैका लागि बराबर लागू गर्छ कि गर्दैन ?”
2. Open & Competitive Economy (खुला र प्रतिस्पर्धी अर्थतन्त्र)
- ठेक्का खुला प्रतिस्पर्धाबाट
- लाइसेन्स, परमिट सरल, अनलाइन र डिजिटल
- एकाधिकार (Monopoly) तोड्ने नीति
यसले देश र समाजमा कस्तो प्रभाब प्रर्द्छ त ??
- Rent Seeking प्रणाली घटाउँछ
- Crony Capitalism प्रणालीलाइ कमजोर बनाउँछ
- साना र नयाँ उद्यमीलाई अवसर दिन्छ
3. Limited but Strong Government (सानो तर सक्षम सरकार)
- सरकार व्यापारी होइन, नियम बनाउने र लागू गर्ने हुनु पर्यो
- अनावश्यक हस्तक्षेप कम हुनु पर्यो
- शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा मा केन्द्रित हुनु पर्यो
सरकारले सबै गर्छु भन्ने होइन, सरकारले निष्पक्ष नियम बनाउँछ भन्ने दृष्टिकोण दिनु पर्यो ।
4. Accountable & Decentralized Democracy (जवाफदेही र विकेन्द्रित लोकतन्त्र)
- स्थानीय सरकारलाई वास्तविक अधिकार
प्रदेशले संविधानमा रहेर आफ्नो कार्य गर्न बारम्बार केन्द्र धाइरहनु र फकाइरहनु पर्ने सिस्टम हटाउनु पर्यो ।
- नागरिकले सजिलै प्रश्न गर्न सक्ने व्यवस्था
- खराब काममा तत्काल राजनीतिक मूल्य चुकाउनुपर्ने
- भोटपछि पनि नागरिक–नेता सम्बन्ध सकिनु हुँदैन
5. Evidence-Based Policy (भावनामा होइन, तथ्यमा आधारित नीति)
- नीति बनाउँदा डाटा र अध्ययन गरेर बनाउनु पर्यो
- लोकप्रियता होइन, दीर्घकालीन प्रभाव पार्ने हुनु पर्दछ
- खर्च–लाभ विश्लेषण (Cost–Benefit Analysis) अनिवार्य गरिनु पर्दछ साथै पारदर्शी तरिकाले
प्रणाली सही छ छैन भनेर पहिचान गर्ने “सरल चेकलिस्ट”
भोट हाल्नु अघि यी प्रश्नमा 'हो/गर्छ' भन्न सकिन्छ कि सकिँदैन हेर्नुहोस्:
- उम्मेदवार चुनावी खर्च कसरी उठाउँछ ?
- ठेक्का र नियुक्तिमा खुला प्रतिस्पर्धाको कुरा गर्छ ?
- कानुन उल्लङ्घनमा आफ्नै मान्छेलाई कारबाही गर्छ ?
- नीति कसलाई फाइदा पुग्छ भनेर स्पष्ट छ ?
- निजी क्षेत्रलाई प्रतिस्पर्धामा विश्वास गर्छ ?
यदि यी प्रश्नहरु टारिन्छन् भने, प्रणाली पुरानै हो, अनुहार मात्र नयाँ हुन् सक्दछ ।
अबको यो निर्वाचनले के तय गर्छ भने:-
- नेपाल उत्पादनमुखी देश बन्छ कि Rent बाँड्ने देश नै रहन्छ ?
- युवाले देशमै भविष्य देख्छ कि विदेश जान बाध्य हुन्छ ? त्यसैले अब हाम्रो Bottom Line भनेको, हामीलाई
- शक्तिशाली नेता होइन
- ठूलो पार्टी होइन पनि होइन
- भावनात्मक नारा मात्रै पनि होइन
अब नेपालीले रोज्नुपर्ने कुरा भनेको
- ब्यक्ति र पाटी भन्दा बलियो प्रणाली
- नियममा चल्ने राज्य र सरकार
- प्रतिस्पर्धामा आधारित अर्थतन्त्र हो |!
किनभने
निर्वाचन भनेको “को शासन गर्छ ?” मात्र होइन “कसरी शासन हुन्छ ?” भन्ने निर्णय पनि हो।



No comments:
Post a Comment