बालेन झापा–५ नै किन ?


मान्नुस यो चुनाव होइन, जनमत संग्रह हो ।



राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह झापा–५ बाट उम्मेदवारी दिने विषयलाई लिएर अनेक टिकाटिप्पणी भइरहेका छन्। केहीले यसलाई ‘राजनीतिक आत्मघाती कदम’ भनेका छन्, केहीले ‘प्रतिशोधको राजनीति’।

तर प्रश्न एउटै हो— झापा–५ नै किन ?

यसको उत्तर भावनामा होइन, तथ्य र इतिहासमा छ।

जिज्ञासा १ :

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्री भनेर बलिको बोको बनायो ?

उत्तर : झापा–५ बालेनलाई कसैले पठाएको क्षेत्र होइन। न त पार्टीले जबर्जस्ती धकेलेको हो, न त वरपरका मानिसले उक्साएको । दलीय राजनीतिमा प्रवेश गर्ने प्रारम्भिक दिनदेखि नै बालेन शाहले झापा–५ लाई आफ्नो राजनीतिक परीक्षणस्थलका रूपमा छनोट गरेका थिए। यो निर्णयमा उनले अरूलाई होइन, बरु रासपालाइ बालेनले नै कन्भिन्स गरेका हुन्। यस अर्थमा झापा–५ कुनै ‘हार्ने ठाउँ’ होइन, यो विचारको टकराव हुने ठाउँ हो।

जिज्ञासा २ :

हेभिवेट नेतासँग भिड्नु राजनीतिक संस्कार हो ?

उत्तर :- इतिहास पल्टाऔँ। तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईविरुद्ध एमालेले आफ्नै महासचिव मदन भण्डारीलाई काठमाडौँ–१ मा उठाएको थियो। त्यो बेला मदन भण्डारी मात्र ४० वर्षका थिए।आज त्यो निर्णयलाई एमाले गर्वका साथ सम्झन्छ। तर उही इतिहासलाई गर्व गर्नेहरूले आज बालेनको निर्णयलाई ‘संस्कारहीन’ भन्नु नैतिक रूपमा तर्क संगत छैन।

- लोकतन्त्रमा भिडाइ -लौरो–भालामा होइन, तर्कमा, विचारमा र मतपेटिकामा हुन्छ।

जेन Z आन्दोलन र झापा–५ जेन–Z आन्दोलनको सबैभन्दा मुख्य म्यान्डेट एउटै थियो—

पुराना भ्रष्ट्र तथा  ३/४ दशक देखी बारम्बार दोहोरिरहने त्यो पनि असल भैसकेका नेतालाई संसद् भवन छिर्न नदिनु। आन्दोलनका उत्प्रेरक र नैतिक अभिभावकका रूपमा बालेन शाहले त्यो म्यान्डेट पूरा गर्नैपर्छ। त्यसैले झापा–५ को चुनाव सामान्य प्रतिनिधि सभा चुनाव होइन। यो जनमत संग्रह हो।

जिज्ञासा ३ :

झापा–५ मा कसरी जनमत संग्रह हुन्छ ?

भदौ २३ र २४ पछि देशका लगभग सबै राजनीतिक दलहरूले  आत्मसमीक्षा गरे।

-काँग्रेसले विशेष अधिवेशनमार्फत संरचनात्मक सुधार गर्‍यो

-माओवादीदेखि राप्रपासम्मले आन्दोलनलाई जनआन्दोलन माने

-मारिएकालाई सहिदको सम्मान गर्‍यो

-गल्ती स्वीकार गर्‍यो

तर एमालेले के गर्‍यो ?

• गोली लागेर ढलेका युवालाई ‘आतङ्ककारी’ भन्यो

• घाइते र समर्थकलाई जेल हाल्ने धम्की दियो

स्वयं अध्यक्ष ओलीले सार्वजनिक रूपमा त्रास सिर्जना गरे त्यसैले झापा–५ मा मतदाताले दुईमध्ये एक रोज्नेछन् !

क) भदौ २३–२४ मा गोली लागेर ढलेका युवा सहिद हुन्, देशभक्त विद्रोही हुन् भन्ने लाग्नेले  → घण्टीमा मत लगाउदछन ।

ख) ती युवा विदेशीले उक्साएका आतङ्ककारी थिए र गोली हानिनु जायज थियो, राज्यले ति आतङ्ककारीलाइ सफाया गरेको ठान्नु पर्दछ भन्नेले →  सुर्यमा मत लगाउदछन ।

यसैले झापा–५ मा दुई चिन्ह होइन, दुई इतिहास ठोक्किँदैछन्। यसकारण यो जनमत संग्रह हो ।

जिज्ञासा ४ :

बालेन झापा–५ मा हार्छन् ?


“बालेन हार्छन्” भन्ने हल्ला इतिहास नबुझ्नेहरूको तर्क हो।

सन् १९७७ मा आपतकालपछि इन्दिरा गान्धी आफ्नै सुरक्षित क्षेत्र रायबरेलीमा राज नारायणसँग पराजित भएकी थिइन् । जनतामा विश्वास हुने नेता कहिल्यै हार्दैन। नेपाली जनता त्यति विकाउ छैनन् कि स्कुल–कलेज पढ्ने आफ्ना छोराछोरीको रक्ताम्मे शरीर बिर्सून्। कुनै पनि आमाले त्यो नरसंहार बिर्सेकी छैन। बिर्सने छैन।

झापा–५ र किरात र  लिम्बुवानको प्रश्न

बालेन मेयर हुँदा काठमाडौंमा लुकाइएका ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत सम्पदाले नवजीवन पाए।

नक्साबाट हराइएका खोला फेला परे

लिच्छविकालीन भौतिक प्रमाण उत्खनन भए

नेवाः कला–संस्कृति पुनर्जीवित भयो

विश्व सम्पदा क्षेत्रमा सवारीरहित शान्त क्षेत्र स्थापना भयो

यस्तै, लिम्बुवानमा पनि इतिहास लुकाइएका छन्। विजयपुर दरबार क्षेत्र, सेमुक्तिगोक (मुक्कुम्लुङ), पाथिभरा जस्ता स्थलहरू आज पनि राजनीतिक बेवास्ताको सिकार छन्।भूमि र स्थानियले नस्वीकारेका मूर्ति ठड्याउने, इतिहास मेटाउने, यस्ता कुकर्म रोक्न बालेनको जित अनिवार्य छ।

साथै, झापा र कोशीका आदिवासी–जनजातिले केपी ओलीलाई सोध्नैपर्ने प्रश्नहरू :-

झापा–५ को चुनाव केवल सत्ता र विपक्षको प्रतिस्पर्धा मात्र होइन, यो आदिवासी–जनजाति, लिम्बुवान र समग्र कोशी क्षेत्रको आत्मसम्मानसँग जोडिएको प्रश्न पनि हो। यस क्षेत्रमा बसोबास गर्ने आदिवासी–जनजाति र मूलवासी समुदायले केपी ओलीसँग निम्न प्रश्नहरूको उत्तर खोज्नैपर्छ—

प्रश्न १ :

आदिवासी–जनजातिको साझा पहिचान बोकेको रंगशालालाई किन ‘मदन भण्डारी रंगशाला’ बनाइयो ?

आदिवासी–जनजाति आन्दोलनको ऐतिहासिक मञ्चका रूपमा विकसित आदिवासी–जनजाति रंगशाला किन सत्तामा पुगेपछि एक व्यक्तिको नाममा सीमित गरियो ? के यो निर्णय गर्दा त्यहाँका आदिवासी–जनजाति समुदायसँग एक पटक पनि परामर्श गरियो ? कि सत्ता पाएपछि पहिचानमाथि हस्तक्षेप गर्नु स्वाभाविक अधिकार ठानियो ?

प्रश्न २ :

खुवालुङलाई ‘फगत ढुंगा मात्र’ भनेर प्रधानमन्त्रीकै हैसियतमा किन फुटाउन आदेश दिइयो ?

खुवालुङ लिम्बु, राई, याक्खा, सुनुवार लगायत किराती समुदायका लागि धार्मिक, सांस्कृतिक र सभ्यतागत प्रतीक हो । तर केपी ओलीले प्रधानमन्त्री हुँदा सार्वजनिक रूपमा भने— “त्यो त फगत ढुंगा मात्र हो।” प्रश्न सरल छ— यदि त्यो ढुंगा मात्र हो भने किन तोड्न आदेश दिनुपर्‍यो ? किन राज्यको शक्ति प्रयोग गरेर समुदायको आस्थामाथि प्रहार गरियो ?

यो अज्ञानता हो कि सचेत अपमान ?

प्रश्न ३ :

लिम्बुवान–किरात प्रदेशको माग उठ्दा किन ‘कोशी प्रदेश’ नाम जबर्जस्ती लादियो ?

लिम्बुवान–किरात पहिचानसहितको प्रदेश आदिवासी जनजातिको शान्तिपूर्ण र लोकतान्त्रिक माग थियो। तर त्यसको सट्टा जनभावनाविपरीत ‘कोशी प्रदेश’ नामकरण गरियो।

सडकमा आन्दोलन हुँदा पनि नसुन्ने ?

घाइते हुँदा पनि बेवास्ता गर्ने ?

मृतक हुँदा पनि आत्मसमीक्षा नगर्ने ?

के यही हो संघीयता र समावेशिताको मर्म ?

प्रश्न ४ :

आदिवासी–जनजातिको पहिचानको माग लाइ किन सधैँ ‘राष्ट्रघात’ हो भन्ने बनाइन्छ ?

आदिवासी–जनजातिले भाषा, संस्कृति, भूगोल र इतिहासको सम्मान माग्दा किन सधैँ—

विदेशीको उक्साहट यि कुरा यिनीहरुले  ल्याए भनिन्छ ?

देश टुक्र्याउने आरोप लगाइन्छ ?

दमन, जेलनेल र गोलीको भाषा प्रयोग गरिन्छ किन ?

के यो देश केवल सिंहदरबारको सम्पत्ति हो ? कि यहाँ आदिवासी–जनजातिको पनि बराबर स्वामित्व छ ?

कि आदिवासी–जनजाति यी प्रश्न नै बिर्सिए ??

झापा–५ लाइ यो प्रश्न, चुनौती र अवसर पनी हो । जसलाई सदुपयोग गर्दै मतदानबाट उत्तर दिनु पर्दछ !

झापा–५ मा बालेन शाहको उम्मेदवारी कुनै व्यक्तिविशेषको जित–हारको प्रश्न होइन। यो प्रश्न हो—

पहिचान कि अपमान ?

संवाद कि गोली ?

इतिहासको सम्मान कि मेटाउने राजनीति ?

बालेन मेयर हुँदा काठमाडौंका लुकाइएका इतिहासले जीवन पाए। प्रधानमन्त्री बने लिम्बुवान, किरात र समग्र आदिवासी–जनजातिको इतिहासले पनि नवजीवन पाउनेछ।

झापा–५ का जनताले आज एउटा प्रश्न सोधिरहेको छ—

यो देश सबैको हो कि केहीको मात्र ? त्यसको उत्तर मतपेटिकाबाट पक्कै पनि आउनेछ। झापा–५ का जनतालाई बधाई छ। तपाईंहरूको मतले पूरै देशको राजनीतिक रक्तसञ्चार बदल्नेछ।

यो चुनाव होइन।

यो प्रश्न हो। अवसर हो ~ परिवर्तनको र  हामीले विगत ३०/३५ बर्ष देखि दिएको भोटको अबमुल्यन गर्नेहरुलाई  जवाफ दिनेको !


यो देशमा कुन राजनीतिक दल सिद्धान्तको राजनीतिमा छ ?

एकछिन मन थामेर, इमानदारीपूर्वक जनताले आफैँलाई सोध्नुपर्ने प्रश्न—

नेपालमा कुन राजनीतिक दल सिद्धान्तको राजनीतिमा छ ?

माओवादी ?
कांग्रेस ?
एमाले ?

कि यी सबै दलाली, सत्ता–सम्झौता र अवसरवादको एउटै बाटोमा हिँडिरहेका छन् ?

पुराना दल : सिद्धान्तको नाम, व्यवहार :दलाली

माओवादीले जनयुद्ध गर्दा भनेको थियो—
वर्ग, शोषण र अन्यायको अन्त्य।

आज सोधौँ त—

- वर्ग समाप्त भयो कि नेतामात्र वर्ग बदलियो ?

- शोषित कहाँ छन् ? कि उनीहरू अझै सडकमा छन्? र नेता सत्ताको कोठामा ?

कांग्रेस भन्छ—
हामी लोकतन्त्रका रक्षक हौँ।

तर प्रश्न छ—

- लोकतन्त्र जोगाउने पार्टीमा किन नेतृत्व पुस्तौंदेखि उही अनुहार ?

- किन पार्टीभित्रै प्रश्न गर्नेलाई अपराधी जस्तै व्यवहार ?

एमालेले भन्छ—
हामी सिद्धान्त र अनुशासनको पार्टी।

तर जनताले देखेको के हो ?

- विचारभन्दा एक व्यक्तिको इच्छाले पार्टी चल्नु

प्रश्न गर्नेलाई राष्ट्रघाती करार गर्नु

- सत्ता नपाउँदा आन्दोलन, पाएपछि दमन

यदि यी दलहरू साँच्चै सिद्धान्तमा चलिरहेका हुन् भने, आज देश किन यति दिशाहीन छ ? तर अचम्म के छ भने ... यही देशमा अहिलेसम्म शासन नगरेकाकुनै ठेक्का नबाँडेकाकुनै सत्ता–सौदामा नफसेका रास्वपा र बालेनलाई भने भर्खरै राजनीतिमा उदाउँदै गर्दा नै भनिन्छ—

“यी त सिद्धान्तहीन हुन्।”

            “यी त बिदेशी एजेन्ट हुन्।” - जो केहि हुने बित्तिकै र हरेक देशका सम्झौता गर्न भारत र चिन जान्छन उनीहरु चाही राष्ट्रीवादी ??

“यीसँग अनुभव छैन।”
“यी कहाँ देश चलाउन सक्छन् ?”

प्रश्न उठ्छ—

अनुभव भनेको के हो ?
- देश बिगार्ने अनुभव ?
- सिद्धान्त तोड्ने अनुभव ?
- जनताको भरोसा बेच्ने अनुभव ?

प्रयोग नै नगरी असफल घोषणा ?

रास्वपा र बालेनलाई—

- न त संघीय सरकार चलाउन दिइयो

- न त नीति निर्माणमा निर्णायक भूमिका

- न त देशव्यापी प्रणाली लागू गर्ने अवसर

तर फैसला चाहिँ पहिल्यै—

“यी असफल छन्।”
“यीसँग सिद्धान्त छैन।”

यो न्याय हो कि डरले जन्मिएको पूर्वाग्रह ?

यदि सिद्धान्तको प्रश्न उठाउने हो भने…

सोध्ने ठाउँ यता होइन र ?

- ३०–४० वर्ष सत्ता चलाएकाहरूलाई -“तपाईंको सिद्धान्त कहाँ हरायो ?” भनेर 

- युद्ध, आन्दोलन, लोकतन्त्रको नाममा आएको सत्ता किन जनताको जीवनमा रूपान्तरण भएन ?

किन आजसम्म - शिक्षा, स्वास्थ्य, रोजगारी व्यवस्था होइन, दया बनिरहे ? यदि यति लामो समय शासन गर्दा पनि सिद्धान्त देखाउन नसक्नेहरूलाई प्रश्न गर्न सकिँदैन भने—

के त्यो डर हो ? कि हिम्मतको अभाव ?

जनतालाई अन्तिम प्रश्न

के हामी पुरानाले गल्ती गर्दा “अनुभव” भन्छौँ, नयाँले गल्ती नगर्दै “असफल” घोषणा गर्छौँ ? के परिवर्तनको कुरा गर्ने तर परिवर्तनलाई मौका नै नदिने यही हाम्रो राजनीति हो ?

यदि सिद्धान्त खोज्ने हो भने—

पहिले सत्ता खाइसकेकालाई सोधौँ।
पहिले देश बिग्रिसकेकाहरूलाई जवाफदेही बनाऔँ।

नयाँलाई सुरुमै दबाउने होइन,
नतिजाबाट मूल्याङ्कन गर्ने साहस राखौँ।

नयाँले नयाँको विरोध होइन, मिलेर पुराना र भ्रष्टलाई हराउनु नै सही बाटो हो

नयाँ राजनीतिक शक्तिको उदय भएको छ। जनतामा आशा पलाएको छ। तर दुर्भाग्य नयाँ–नयाँबीच नै अविश्वास, आरोप र टकराव बढ्दैछ। यो बाटो सही होइन।

सिधै भनौँ—

नयाँले नयाँको विरोध गर्नु भनेको पुराना, भ्रष्ट र ३०–४० वर्षदेखि जनतालाई झुक्याइरहेकाहरूलाई फेरि अवसर दिनु हो।

इतिहासले के भन्छ ?

जब–जब परिवर्तन चाहने शक्ति आपसमा झगडिन्छन्;

- पुराना दलहरू एकआपसमा मिल्छन्

- भ्रष्ट संरचना सुरक्षित हुन्छ

- जनता फेरि “हेरिरहने दर्शक” बन्छन् र परिवर्तन? कागजमै सीमित हुन्छ।

आजको यथार्थ यही हो

यदि,

- नयाँ भनिने दलहरू आपसमा जुधेर शक्ति खर्च गर्छन्, एकअर्कालाई कमजोर बनाउने खेल खेल्छन् भने भोलि परिणाम यही हुनेछ;

“फेरि उही अनुहार,
उही भाषण,
उही लुट।”

समाधान के हो ?

समाधान स्पष्ट छ:

दल फरक हुन सक्छ,
झण्डा फरक हुन सक्छ,
नेतृत्व फरक हुन सक्छ,
तर लक्ष्य एउटै हुनुपर्छ।

त्यो लक्ष्य हो;

- भ्रष्ट राजनीतिक संरचना हटाउने

- ३०–४० वर्षदेखि सत्ता कब्जा गरेर बसेकालाई विश्राम दिने

- राज्य प्रणालीलाई जनमुखी बनाउने


चुनावमा सहकार्य: बाध्यता होइन, आवश्यकता

यदि साँच्चै— 

- परिवर्तन देख्न चाहिन्छ

- देश विकास भएको अनुभूति चाहिन्छ

- युवाले विदेश होइन, भविष्य यहीँ देख्नुपर्छ भने

आउँदो चुनावमा सहकार्य अनिवार्य छ।

नत्र—

- मत विभाजन हुन्छ

- पुराना दल अल्पमतमा जित्छन्ज

- नताको आशा फेरि धोका खान्छ

Zen Z र युवाहरूको सपना यसरी मात्र पूरा हुन्छ

आज सडकमा, सामाजिक सञ्जालमा, बहसमा Zen Z र युवाहरू परिवर्तन चिच्याइरहेका छन्। तर त्यो चिच्याहट त्यतिबेला मात्रै शक्ति बन्छ जब ;

- नयाँ शक्तिहरू एकताबद्ध हुन्छन्

- Ego होइन, उद्देश्य अगाडि राखिन्छ

- “म” होइन, “हामी” बोलिन्छ


अन्तिम चेतावनी

नयाँले नयाँसँग लड्ने हो भने—

- जित पुरानाको हुन्छ

- सत्ता भ्रष्टकै हातमा पुग्छ

- परिवर्तन चाहने जनता फेरि निराश बन्छन्

त्यसैले आजको प्रश्न यो हो—

के हामी फेरि पुरानालाई जिताउन चाहन्छौँ ?
कि इतिहास नै बदल्न चाहन्छौँ ?

यदि उत्तर दोस्रो हो भने—

अब झगडा होइन, सहकार्य।
आरोप होइन, रणनीति।
व्यक्तिगत महत्वाकांक्षा होइन,
देश र पुस्ताको भविष्य।

यही नै
साँचो परिवर्तनको बाटो हो।



No comments:

Post a Comment