जसले देशका हरेक महत्वपूर्ण सम्झौता
दिल्ली गएर गर्दथ्यो, अनि जो महाकाली सन्धी गर्न संयोजकको भूमिका खेल्यो र MCC संसदबाटै पास गर्न
मुख्य भूमिका खेल्यो, उसैले अहिले हल्ला फिजाएको छ,“नयाँ सरकारले American Army ल्याएर
देश ध्वस्त पार्दछ!”
जो बारम्बार आफू सत्तामा हुँदा
विदेशीसँग सम्झौता गरेर सत्तामा टिकिरह्यो,
आज उसैले भन्दैछ नयाँ सरकार विदेशीको
इशारामा चल्दैछ भनेर ?? अनि हामीले पत्याइदिनु पर्ने ??
यस्ता हल्ला फैलाउनेलाई सोध्नुस एक
पटक:-
- दिल्ली सम्झौता कसले गरेको थियो ??
- महाकाली सन्धीको संयोजक को थियो ??
- MCC संसदबाटै
पास गर्ने र ताली पिट्ने को थियो … पत्यार लाग्दैन भने त्यतिबेलाको भिडियो
युट्युबमा हेर्नुहोस्।
- देशका प्रायः सबै ठूला सरकारी
कलकारखाना बेचेर देशका युवाहरूलाई विदेश पलायनको बाटो रोज्न बाध्य कुन/कुन
सरकारले पार्यो ?? अहिलेसम्म तपाईं–हाम्रा दाजुभाइ/दिदीबहिनी वा कसैका
बुबा/आमाले किन देशमै बसेर रोजगार पाएनन् र विदेशिनु पर्यो ??
- भर्खरै निर्वाचनमा नागरिक तहबाट
बहिष्कृत भएपछि अब अराजक शैलीमै भए पनि शासन गर्ने दुष्प्रयास किन गर्दै
हुनुहुन्छ ??
- अहिले नयाँ सरकारले भ्रष्ट र आपराधिक
धब्बा लागेका ठूला नेताहरूलाई छानबिन गर्न पक्राउ मात्रै गरेको हो … उनीहरू
गलत भए कारबाहीको भागी बन्नु पर्छ,
यदि निर्दोष छन् भने छुटिहाल्छन्
नि ? न्यायालय र प्रहरी प्रशासनलाई आफ्नो काम गर्न किन नदिने ? अहिले
ठूला नेताहरूलाई छानबिनको दायरामा ल्याउँदा किन तपाईंहरूको टाउको दुखेको ?? सोच्नुहोस्—यदि
सानो नेता वा सानो व्यक्तिलाई अहिले सरकारले पक्राउ गरेको भए, तपाईं
कार्यकर्ता के यसरी नै आन्दोलन गर्न आउनुहुन्थ्यो ?? कि
ठूला भनिएकाहरूलाई छानबिन नै गर्नु हुँदैन ??
के कानुन सबैलाई बराबर होइन र ??
- यतिका समयसम्म ठूला
नेता/कार्यकर्ता, ठूला व्यापारी र कर्मचारीहरूलाई कुनै पनि सरकारले
छानबिनको दायरामा ल्याउने कोसिस गरेन,
तर अहिले कम्तीमा छानबिनको कार्य
सुरु हुँदैछ … तपाईं–हामीलाई चाहिएको सुशासन होइन र ??
- एउटा कुरा याद गर्नुहोस्—अहिलेको
आन्दोलनमा किन एमालेका नेता र कार्यकर्ता मात्रै आउनु पर्ने ?? खै
नागरिकहरू सहभागी भएका ??? के एमालेहरू नागरिक नै होइनन् र
भन्नु होला … तर विचार गर्नुहोस्—जो अहिले सडकमा आएका छन्, उनीहरू
कुनै न कुनै तरिकाले पटक–पटक पार्टीबाट केही स्वार्थ लिन सफल भएका मानिसहरू
बढी छन्, कुनै न कुनै समिति वा पदमा रहेका मात्रै छन्, या
त ठेकेदार, गुण्डागर्दी गर्ने समूह। उनीहरू चाहँदैनन् अहिलेसम्म
आफूहरूले रजगज गर्दै आएको भाग खोसियोस् … अनि विदेशी सेनाको डर नागरिकहरूमा
देखाएर आफू डराएको नाटक हो अहिलेको सडकमा … नत्र भर्खरै नागरिकले दिएको मतको
कदर गर्दै केही समय काम गर्न दिएर त हेरौँ … यो सरकारले पनि केही गर्न सकेन
भने नागरिकले अर्को पटक अहिले एमालेलाई जस्तै सोत्तर पारिहाल्छन् नि ? किन
अहिले रोइलो गर्नु ??
- अहिले एमालेले गरेको आन्दोलन जति
अराजक हुँदै जान्छ, उति नै नागरिकहरूले एमाले साँच्चिकै अराजकहरूको झुण्ड हो
रहेछ ठान्दछन् ~ सुहाङजस्ता नेता पनि हुनुहुन्छ त ... कानुनी राज्यको
अनुभूति दिलाउनुस।
- आन्दोलनको भिडियो हेर्नुभएको छ नि ~ बलात्कारीलाई
सरकारले कारबाही ढिला गर्यो भनेर अनशन बसेको चेलीलाई कुटपिट र दुर्व्यवहार
सुहाएको छ ?? आफ्नो पार्टीको भन्ने बित्तिकै बलात्कारी, भ्रष्टहरूलाई
जोगाउनै पर्दछ र ?? अनि अहिलेको समयमा पनि राजाहरूको पालामा जस्तै ठूला
मानिएका नेताहरूले जे सुकै आदेश र निर्देशन दिने बित्तिकै आँखा चिम्लिएरै
मान्नु पर्ने हो ? के हामी पार्टीको कार्यकर्ता हुँदैमा आफ्नो विवेक प्रयोग
नगर्ने ???
- आज कसलाई रिझाउन अराजक हुनु हुँदैछ
??? के देश परिवर्तन र विकासको तथा सुशासनको गतिमा गएको हेर्न
नचाहने युवा हो तपाईं ???
- अझै पनि हामी हाम्रा कामहरू गर्न
नेताको भनसुन र खटन लादियोस् भन्ने चाहन्छौं ??
के हाम्रा भावी सन्तती पनि रोजगार
र उद्यमका लागि पर्देशिनु पर्ने सिस्टम रहिरहोस् भन्ने चाहनु हुन्छ ??
अन्तमा,
यतिका वर्ष त अरूलाई भोट लगाइयो र
हेरियो, साथ दिइयो—उनीहरूले गर्ने भाषण र घोषणापत्रमा भने जस्तो काम
नगर्दा पनि। अब यस पटक यो सरकारलाई विश्वास गरेर भोट दिएका छन् नागरिकहरूले। अब
नयाँ सरकारले देश विकासका खाकामा काम गर्दै गर्दा साथ र समर्थन दिनु पनि उत्तिकै
जरुरी छ। देश नेता र पार्टीले मात्रै पनि बन्दैन,
त्यसमा नागरिकहरूको साथ अपरिहार्य रहेको
छ। त्यसैले सबै संयमित बनौँ, हिंसा र अराजक शैलीलाई निरुत्साहित गरौँ।
जय देश।
अहिले एमालेले नेपालमा अमेरिका शेना आउने र देश ध्वस्त बनाउने भ्रमको डर फैलाएकोले त्यस बारेमा अलिकति बुझौ MCC र SPP सम्झौता के हो त ??
के हो Millennium Challenge Corporation (MCC) ?
अमेरिकाले दिने आर्थिक अनुदान (grant aid) कार्यक्रम हो यसले :~ विद्युत् प्रसारण लाइन बनाउने ~ सडक मर्मत गर्ने ~ पूर्वाधार विकास ~ करिब ५० करोड डलर (grant) — यो ऋण होइ, अनुदान हो ~ विकास परियोजनामा खर्च हुने ~ संसदबाट पास भइसकेको छ र कार्यान्वयन (implementation phase) मा अघि बढ्दै छ !
के हो State Partnership Program (SPP) ?
यो एक अमेरिकाको नेशनल गार्डसँग साझेदारी कार्यक्रम हो !यसले :~ विपद् व्यवस्थापन तालिम ~ सुरक्षा/सैन्य सहकार्य ~ क्षमता विकास (military + disaster) ~ सैन्य–सुरक्षा सम्बन्धित पक्ष जोडिन्छ ~ तालिम, अभ्यास, सहकार्य हुन्छ ~ नेपालमा विवादपछि अगाडि नबढाउने निर्णय भैसकेको छ ! यसकारण पनि SPP सम्झौता प्रक्रिया नै रद्द भैसकेकाले ..SPP सम्झौता गरेर शेना आउने कुरा नै निराधार रहेको छ !



No comments:
Post a Comment