केही उपद्देश्हरू - डायरीको पानाबाट


१ ) तिम्रो के गयो ? जसको निम्ति तिमी रुन्छौ । तिमीले के ल्याएका थियौ ? जून तिमीले गुमायौ । तिमीले के बनाएका थियौ ? जून नाश भयो । न त तिमीले केही लिएर नै आयौ । जे लियौ यही बाट नै लियौ । जे दियौ यही नै दियौ । जे लियौ भगवान लाइ नै दियौ । खाली हात आयौ खाली हात जाने छौ । जे आज तिम्रो छ त्यो हिजो कसैको थियो , भोली कसैको हुनेछ । तिमी यसलाई आफ्नो सम्झेर खुसी हुन्छौ । त्यही तिम्रो दू:खको कारण हो ।
२ ) परिवर्तन संसारको नियम हो । जसलाई तिमी मृत्यु सम्झन्छौ त्यही त जीवन हो ।

तिमी एक क्षणमा करोडौको मालिक बन्दछौ । अर्को पल्ट दरिद्र हुन्छौ । मेरो तेरो , आफ्नो अर्काको , सानो ठुलो मनबाट हटाई देऊ , विचारबाट हटाई देऊ , फेरी सबै तिम्रो हो र तिमी सबैका हौ ।
३ ) न यो शरीर तिम्रो हो न त तिमी यो शरीर को नै हौ । यो अग्नि , जल वायु , पृथिवी र आकाश ले बनेको छ , यो यासैमा मिल्छ तर आत्मा स्थिर छ फेरी तिमी को हौ ?
४ ) किन व्यर्थै चिन्ता गर्छौ ? को देखि ब्यर्थै दराउछाऊ ? कसले तिमीलाई मार्न सक्छ ? आत्मा न जन्मन्छ न त मर्छ नै ।
५ ) जे भो राम्रै भयो , जे भैरहेछ , त्यो पनी राम्रै भैरहेछ , जे हुनेछ त्यो पनी राम्रै हुनेछ । तिमी भुतको पश्चाताप नगर भविष्य चिन्ता नगर , वर्तमान चलिरहन्छ ।
६ ) तिमी जे काम गर्छौ , त्यो भवानमा चढाई दिदै जाऊ । तिमी आफुलाई भगवानमा अर्पित गर । जसले गर्दा डर चिन्ता र शोक देखि सधै टाढा रहन सक्छौ । अनि तिमीले जिवनमा मुक्तिको , आनन्दको अनुभव गर्न गर्ने छौ ।
( स्रोत : आफ्नै डायरीको पानाबाट - जून पहिला मैले कुनै पुस्तक पढ्दा खेरी कलेक्सन गरेको थिए, अहिले मलाई ठ्याकै यही पुस्तक हो भनेर त थाहा भएन तर त्यस बाट केही थोरै कुराहरु जस्ताको तस्तै राखेको छू - ब्लोगिङ मा ढिलै भए पनी चलमलाउदै छू भनेर जनाउनको लागी । )

17 comments:

  1. सत्य प्राय गरेर तितो हुन्छ भन्छन शायद यी बाणीहरुले सत्य जीवन बोकेका छन।
    मान्छेहरुले आफ्नो अस्तित्व खोज्न जति भौतातिरहे पनि तर यथार्थमा ती शाश्वत सत्यहरुलाई अगाँल्न कमै मात्र समर्थ हुन्छन् होला र शायद म पनि यसै भित्र पर्दछु र अझै खोज्दैछु आफ्नै परिचय ।।


    डायरीका पानाहरु हामी माझ बाँड्नु भएकोमा धन्यवाद बेदनाथ जी

    ReplyDelete
  2. उमेश जी , यो भागवत गीता हुनुपर्छ । हिन्दू धर्मको मार्ग दर्शन गराउने ग्रन्थ भएकाले धेरै उपयोगी छ जीवन र सत्यलाई बुझ्नको लागि ।बेला बेला मा यसरी न दोहोर्याउने हो भने बुझेका , जानेका ,सुनेका सबै कुरा नौला हुदारहेछन । तपाईंले फेरि सम्झने मौका जुराइदिनु भयो ।धन्यबाद ।

    ReplyDelete
  3. मलाई पनि लाग्छ यो गीताकै सारांश हो !

    जे होस यत्ति जोडजामको लागि तपाईलाई धन्यवाद ।

    ReplyDelete
  4. जताबाट संकलित भएपनि जिवनलाई सही मार्गमा डोरयाउन यस्ता उपदेशहरुले धेरै महत्वपूर्ण भुमिका खेल्दा रहेछन बेद जी यदि थोरै मात्र पनि अनुशरण गर्ने हो भने ।
    फेरी-फेरी पनि पढन पाउँ यस्ता कुराहरु ।

    ReplyDelete
  5. आफ्नो डायरीको पानाबाट जीवन जीउने सन्देश बाँड्नु भएकोमा मुरी मुरी धन्यवाद दिन्छु ।

    म त तपाईको ब्लगमा छिरेकै रैनछु । सार्है आर्कषक ढंगल सिगार्नुभएछ ब्लगलाई । अब त नियमित पढिन्छ ।

    ReplyDelete
  6. दिनेशजी र दिलीप दाजुले भन्नु हए जसतै यो भागअवत गीता हुनुपर्छ । जे भए'नी केही उपदेशहरु सरर पढ्न पाइयो । धन्यवाद बेदनाथजी ।

    ReplyDelete
  7. निकै ज्ञानबर्द्धक लागे ....यी उपदेशहरु ..ल मैले त तपाईका उपदेशहरु डायरीमा लेखेर राख्ने विचार गरें ।

    ReplyDelete
  8. ज्ञानबर्द्धक सँगालो को लागी धेरै धेरै धन्यबाद!!

    ReplyDelete
  9. राम्रा लागे मलाई पनि। मैले त राखिसके आफ्नो डायरीमा।

    ReplyDelete
  10. आफुले काम/श्रम गर्दा गर्दै पनि केही नलागेपछि थच्च बसेर सुस्केरा हाल्ने बेलामा कसैले सुनाईदिए असाध्यै घत लाग्ने खालका उपदेशहरू रहेछन |

    ReplyDelete
  11. Thanks for sharing your thought with us..Keep up the good work.
    Extenze
    Extenze

    ReplyDelete
  12. यो गीताको सार हो जुन् सबै मानब् जातिको लागि उपयोगि छ

    ReplyDelete
  13. If you experience some emotional or physical problems in your life it can soon be seen in the condition of your
    hair, using natural and organic products aids in the recovery of your hair.
    Before you go for them, try products at Keranique for hair care.
    A well groomed woman will look to her hair and makeup first and a
    poll of 3,000 females across the UK revealed that about 44% feel attractive if they are having a good hair day, this compares to 16% who felt pleased with
    their appearance if good teeth gave them that winning smile.


    Look into my blog post: hair products

    ReplyDelete
  14. If you are like me and love garlic, you are already too late.
    As much as you may want to grow radishes and lentils
    in your kitchen you don't want to blemish your frugal reputation. Each has his own concoction of soapy water, tobacco juice or hot pepper solutions to to deter these nasty pests and try those first.

    my webpage: transact

    ReplyDelete
  15. Today there is still plenty of activity in all the area
    mines. Now repeat the process by mining and dropping simultaneously.

    This is still faster than dropping your entire inventory.

    ReplyDelete
  16. I am Linda Khanzetian, Doctor of natural Health, with the Washington Institute of Natural Medicine, located in Washington, D.
    There are approximately 17 million people in the US that suffer from
    some type of yeast infection. Thanksgiving day is coming,
    I should buy a thanksgiving gift for Linda. Vu promises that
    you'll look forward to doing them as the results are well worth it. You must be introduced with a display screen with several alternatives one particular of which will be safe mode with networking.

    Feel free to surf to my homepage: overreckoning

    ReplyDelete
  17. This is the only way to ensure good products in
    hand and great value for your hard earned money.
    Clearly, however, newspapers need to try harder to take advantage of
    new technologies to tell their stories in ways
    that attract and involve readers, young or old.
    Hindi Samachar is entertaining millions of people with incredible reports,
    events, information and gossips. The growth in the circulation of newspapers in
    the country results in the overall economic prosperity of the country, inspiring it to
    higher levels. This is why various newspapers are now helping to find unclaimed property owners by listing their names.


    Also visit my blog post :: click here

    ReplyDelete