अबको संसार जगाउनु छ...


एउटा फूल झर्नै लाग्यो अब अर्को फूल फुल्नु छ
एउटा संसार त वित्यो अब अर्को संसार बनाऊनु छ
अबको संसार जगाउनु छ है , नया संसार बनाउनु छ ।


###########################

हास खेल मात्रै गर्दै हिड्थे , आफ्नै गाउनै संसार ठान्थे ,
यस्तै नै रहेछ जीवन भन्थे
(त्यति सानो रहेनछ संसार, त्यति सिमित रहेनछ जीवन )२
आशाको किरण संगै हात -गोडा चलाएर
(अबको संसार जगाउनु छ है , नया संसार बनाउनु छ । )२

###########################

राम्रो खाए ,राम्रो लाए , राम्रै भा'को सोच्थे जीवन,
शिक्षा लिए पुग्छ भन्थे तर चरित्र'नि चाहिदोरहछ ,
(नसा नसाको रातो रगतमा , ताततातो उद्देश्य भरेर
धेरै कार्य गर्नु छ , धेरै अघि वढ्नु छ )२
(अबको संसार जगाउनु छ है , नया संसार बनाउनु छ । )२

###########################

एउटा फूल झर्नै लाग्यो अब अर्को फूल फुल्नु छ
एउटा संसार त वित्यो अब अर्को संसार बनाऊनु छ
अबको संसार जगाउनु छ है , नया संसार बनाउनु छ ।

1 comment:

  1. बनाउनुपर्छ बनाउनुपर्छ नयाँ संसार !!!!

    ReplyDelete