सन्देश -कविताको


(हो म एक पल्ट)२
कष्ट्पनलाई विर्सिएर -
हासेको थिए, कलम चलाई
नाचेको पनी थिए ।
साहित्यमा म जागेको थिए,
अनि सृजनामा बाचेको थिए ।



(हो म तब देखि)२
हासो खोजेको छू,
कलम बोकेको छू,
साहित्य रोजेको छू ,
सिर्जना पोखेको छू ।

(हो त्यसैले)२
मेरा अक्षरहरूले-
केही संकेत गर्दैछन
अनि शब्दहरूले -
केही भन्न खोज्दैछ-
कविताले कवित्वपूर्ण -शन्देश दिदैछ ।

(हो हेर त )२
हेर कति सुन्दर हुन्छन्,
हेर कति मीठा हुन्छन्
- ति सबै कविताहरू
- जहा ,
कविको -भावना ,चाहना ,
आलोचना,मर्म व्यंग साथै
-दिपशिशा झै-उज्यालो चम्किलो
ज्ञ्यानको शन्देश ।

(हो म एक पल्ट)२
मेरो कविताको -संदेश
भन्दैछु ,कोर्दैछु-
परिश्रमी ,आत्मजागरूप,सिर्जनशील,
वौदिक साथै सहिष्णुपतापूर्णको
-स्वतन्त्र मानव - वन
सबै र सधैका लागी ।

2 comments:

  1. कलमलाई जोडले समाउनुपर्छ
    समाजमा उथलपुथल ल्याउनुपर्छ
    सरितासरि बगेर पुग्दैन कविता
    बाढी बनेर आउनुपर्छ ।

    ReplyDelete
  2. कुरा त एउटै हो नि, तपाई र मेरो !

    ReplyDelete