जिउन नै कठिन भो ...


यो जिन्दगी साह्रो भो ,भुझ्न नै गाह्रो भो
जिउन झनै कठिन भो ,सोच्न धेरै सजिलो हुने
परिकल्पना मिठो भो तर जिउन नै कठिन भो ।


सपना त धेरै हुने विपना एकै भो ,
चाहिएको एक थोक रहेछ , रोजाई धेरै भो ।
यात्रा नै गर्नु पर्ने ,कठिन संघर्ष भो -

त्यसैले ,
जिउने कठिन भो.................................


दू:खमा हास्न खोज्दा,आशु झर्ने नै भो
असफलता र अभावमा रमाउ भन्दा
व्यथा वनिदीने भो ,सुन्दर फूल जस्तो जिवनमा
ठुलो भूल भो !
त्यसैले ,
जिउन नै कठिन भो ...............................

2 comments:

  1. कविता कस्तो कस्तो भयो भनेर भन्नै कठिन भौ । कवितालै साह्रै चित्त बुझाइहाल्न पनि कठिन भो ।

    ReplyDelete
  2. उजेली जी , यो कविता कविता जस्तो भएन होला । त्यो म स्विकार्छू तर मैले त्यो भन्दा पनी महत्वोपूर्ण कुरा मैले मेरो सानो भावना मात्र लेख्न खोजेको हु ।

    ......kura ke bhane -जीवनमा सोच्न सारै सजिलो हुने र परिकल्पनाहरु पनि मिठो हुने गर्दा रहेछन अनि

    सपना त धेरै हुने विपना एकै भो ,चाहिएको एक थोक रहेछ , रोजाई धेरै भो - त्यसैले उजेली जी जीवन मा जिउन नै कठिन भो भनेर भनेको नि? हैन र !

    ReplyDelete