आफ्नै प्रतिबिम्बका कुराहरु -भाग १


शब्द समयका पुकारले कुम्ल्याएका कञ्चन सन्दर्भ र त्यसमा लीन हुन पुगेका आसयहरूका उत्कांठा अन्गालेको स्वछन्दता ..................... सब प्रकृतिको मनमोहक तथा स्वत भै रहने प्रवृतिहरु हुन , नयन देखि क्षितिजका प्रसाद झै मिठो र अप्रत्यारिलो संसारको रितलाई कहा तक्मा लगाई अड्याएर राख्न सकिदो रहेछ र ! सामिप्यमा रहेको पिडाहरुलाई अञ्जुली भरीको ममता र सम्झनाहरुले विलय गराउने चेष्टा गर्दा झन व्यथा बनी बल्झिदिदो रहेछ ।
.......दिनप्रति दिनका रौनकहरु ढलपल ढलपल गर्दै
भएतापनी पूरा भै रा'छ वा पार हुदै गैरहेको छ र यादहरूले मलिनता ल्याइदिन्छ । मान्छेको जीवन नै कस्तो -हरेक समय नवीन सोच सहितको नौलो जीवनशैली लिएर बाच्ने रहरको खोजिकै अवधिमा जिएको पतै नहुने रहेछ । हरेक प्रतिक्रियाहरु अवोध लाग्छन तर ती सबै सामान्य नै रहेछन । यहाँ जैविक विविधता भन्दा पनी मानवीय क्रियाकलापहरुको विविधता रहेको पाइन्छ । मतलब छैन अरुको ,सबै आ-आफ्नै कार्यमा, आफ्नै शूरमा, आफ्नै कार्यमा व्यस्त रहन्छन २४ सै घण्टा -रात र दिन उस्तै । सबै कुराहरु बनावटी -संसार , माया र सदासायता पनी र बाच्नु पर्ने पनी बनावटी रूपमै ।
...यहाँ जीवन -एउटा ठुलो आधिहुरी आउनु अघिको सन्नाटा , बाच्नु त ! हरेक सँग संघर्ष गर्नु पर्ने , हाँस्न त ! झन पलपल मर्नु पर्ने , मृत्यु त केवल -कहिल्यै समाप्तिको धार नसमाउने बिशाल गृहयुद्र जस्तो ........ ।
... हिजो आज मलाई मान्छेको जिन्दगी देख्दा अरु जीबहरुको भन्दा अनौठो र ज्यादै अजीब लाग्न थालेको छ । विदेशिएर आफ्नो गृहस्थिती गुजार्न वा जीवन व्यतीत गर्नेहरुको त्यो वुढो मुहार नियाल्दा म उस भित्र एउटा मान्छेको आत्मा खोज्दछू , त्यस भित्रको अन्तरंग सद्दिच्छा र महत्वकांक्षा छ -छल्केको पाउछु । हसिलो चेहरा र न्याउरो निधार देखिने गल्लिहरूको प्यास एउटै हो , प्रविती मात्र फरक । एउटा अतृप्ति मन हेर्छु जसले घर (देश-यानि आफ्नो समाज) छाडेर परिवार र हृदय भरीको न्यानो सन्तानको निम्ति ..... (वैदेशिनु परेको छ) Gulf Country को तातो रोड खन्दै र मरभुमिको उजाड ठाँउमा ....हिमालको कल -कले झरना झै रसिने सपना साच्नु परेको छ । अनि हेर रोड , सुपर मार्केट , पार्क र होटल तथा रेस्टूरेन्टमा देखिने उन्माद ! कसैको ख्याउटे शरीर र बाध्यताका मनोवृतिहरु ..... सबको एउटै छ उद्देश्य त्यो हो ....(पैसा -Money) .... होइन १००% तपाइले गलत सोच्नु भो । त्यो हो पारिवारिक समुन्नति (खुसी) र सौहार्द जीवनशैली ।
...आफु जस्तै अरु कसैको मुहारलाइ गहिरेर एकोहोरो हेरिर-यो भने -कस्तो कस्तो नमज्जा लाग्छ तर तिनिहरुलाई नै हेरी रहू जस्तो लाग्छ ..... किनकी उ भित्र पनी मेरो जस्तै रहर र सपनाका पिडाहरु होलान कति भयो होला सानिसँग संगै बसेर दुई घुड़की नलिएको , आफ्नो परिवारको स्पर्स नपाएको सन्ताप होला , मुटुभरी कस्ता कस्ता स्पन्दनहरु होलान ..... आदि इत्यादि , तर भाषाको कठिनाइले सबै सँग सबै कुरा सोधन र बुझ्न नसकिएतापनी 'तस्वीर वोल्छ'भने झै उसको मनोव्रितिले झ-झल्को झल्काइदिन्छ -उसको बारेमा थोर बहुत भएपनि , यो एउटा मानवीय प्रवृति हो या स्वभाब -आत्माको आफ्नै भाषा हुदो हो , जसले आफ्नै तरिकाले आफै बुझ्दो रहेछ ।
(मैले पनी साथिहरु ले जस्तै गरि आफ्ना भावनाहरु भाग -१/२/३/...गर्दै पुब्लिश गर्ने जमर्को गरेको छू -एसको श्रेय ब्लगका साथिहरु लाइ नै जान्छ । तपाईहरुको सलाह र सुझाब को अपेक्षा मा छू -तपाईहरुको राह्य अनुसार एस्लाई परिमार्जित गर्दै जाने छू !धन्यबाद । )

4 comments:

  1. मलाई लाग्छ, सबैको भोगाइ अनि अनुभव लगभग लगभग उस्तै होला ।

    ReplyDelete
  2. मान्छेका पिडा र खु:शी उस्तै हुन्छन्, चाहना उस्तै हुन्छन्। समय, स्थान र ब्यक्ति फरक हुनसक्छन् तर भावना सार्वकालिक हुन्छ।

    सुन्दर लेखनीको लागि धन्यबाद!

    ReplyDelete
  3. Pulami ji Namaskar
    Tapaiko site ma aaj chhirne mauka paye.jhatti le nahannuhola hai.tapai ka sabai bidhaharu here.chhota ra mitha samagriharule bharipurna site ramro lagyo.
    saphalta ko lagi shubhakamana.Belgium

    ReplyDelete
  4. tapailaai dherai dhanyabako saatha - swaagatam 6....

    ReplyDelete