'हो त्यही समय आएको छ '


यहाँ हरेक -
क्युवालाई वोलिभिया बनाइन्छ !
तास्लिमा नसरीन -
'लज्जा' संगै विवादमा पारिन्छ

============
लेख लेखेकै भरमा
पुस्तक पढेकै भरमा
कृति प्रकाशन गरेकै भरमा
भेल ल्याइन्छ जेलको
अस्तित्व मेट्न -आदर्शताको


============
धेरै धेरै
हिटलर र जङगेहरुद्रारा
उनिहरु -
हिरोशिमा, नागासाकी चाहन्छन,
लुम्बुनी र जेरुसलाम हैन ।

==============
अब -उठ्नु छ
- समाई कलम , लिई आवाज
खोसिलिन -आफ्नो अधिकार
तिनिहरू बाट ।

==========
अब –
कति मूकदर्शक भएर हेर्ने
सधैको यो नाटक
-यो रँन्गमन्चको ।

=========
धेरै धेरै
आइसटाइन, वुद्र , मन्टेस्क्यु
अब्राहम ,चे, टेरेसा
जन्माउनु छ , हुनु छ -तपाई र म ।
हो त्यही समय आएको छ ।

5 comments:

  1. बेदनाथजी , क्या बात !

    साह्रै मन पर्यो यो कविता । यस्तै चोटिला कविता भविश्यमा पनि पढ्न पाउने आशा गर्छु । विषयवस्तु , शिर्षक लेखिएको भन्दा पनि कवितामा दर्शाईएको कुरामा शब्द शिल्पले पुर्ण न्याय गर्नु भएको यो कवितामा ।

    ReplyDelete
  2. भाव चैँ दह्रो लाग्यो है वेदनाथ दाइ कविताको !!!!

    ReplyDelete
  3. हो, समय आएको छ अब !

    एउटा टुक्रा याद आयो, मेरो भाइले लेखेको:

    "प्रेस स्वतन्त्रताको कुरा गर्छन् हजुर,
    प्रेसमै दागा धर्छन् यहाँ,
    आफू कमजोर देखिन्छ कि भनि,
    प्रेस कै सिसा फोर्छन यहाँ"

    ReplyDelete
  4. मैले देखेको; तपाई एकदमै साधारण शब्दबाट धेरै कुरा बताउन र दर्शाउन सक्नुहुन्छ ।

    यो कविता पनि त्यस्तै छ। सरल तर मानव भावनाको उच्चतम आकांक्षाहरुलाई सजिलै सजाईएको छ।

    मलाई पनि मन पर्‍यो !!!!

    ReplyDelete
  5. दीपक जी , उजेली जी , आकर जी र दिलीप जी सबैलाई फ्रुर्क्याउनु भएकोमा धन्यवाद !

    ...त्यस्तो शिल्पयुक्त र गहकिलो त काहा लेख्न सकेको छू र ! एसो सानो तीनो प्रयास स्वरुप जानी नजानीकन बामे सर्दै गरेको जस्तो मात्र हो । अनि तपाईहरुको संसारले र कमेन्ट ले मलाई हौसयो । त्यसैले त रहरै रहरमा सकी नसकि कराउदैछु / चिच्याउदैछु स्वोर नराम्रो भएपनि ! बस ! त्यति नै हो ।

    ReplyDelete