"न्यूज पेपरमा -मेरो संसारको नियति"


.............. '८२ बर्षका वृद्रले १५ बर्षे कन्यालाइ कन्यादान माग्न जादा -जुताको माला', 'बाकी 9 सन्तानलाई पाल्न को लागी एकको बिक्री र उनका बाबु पम्पप्लेट सहित रोडमा -"बिक्रिमा" लिएर ग्राहकको प्रतिक्षामा । 'तमासा -बादरहरुको ', 'मान्छेको -खेती' आदि इत्यादि के के हो के के ssssssssssssssss यस्तै अनौठा संसारको समाचार खोजिको भोको -म ,पेपरहरु हेर्दा मैले यस्तै भेटे ।
(सानो भूमिका - मैले 'झोला कथा संग्रह' मा एउटा कथा पढेको थिए 'सति प्रथा'को बारेमा कती काहाली लाग्दो थियो तर अहिले त्यो प्रथा त समाप्त त भयो तर त्यस्तै कथाहरु अझै पनी यो समाजको कुनै कुनै कुनामा लुकेर बसेको छ , यि यसरी :- .....)
आजको न्यूज पेपरमा अर्को नया हेड लाइन .....
"बुर्का लगाऊ , श्रृंगार नगर नत्र ".........,
'बुर्का लगाऊ या सजायको लागी तयार हौउ' यो इराकाको दक्षिणी शहर बसराको भीताहरु र अर्धनग्न महिलाको मृतक शरीरमा सानो नोटमा लेखिएको चेतावनी हो - स्त्री जातिका निम्ति । त्यहाको स्थानीय धार्मिक कटरपन्थिहरुले महिलाहरुको विरुद्रमा चलाएको हिंस्रक अभियान हो । त्यहाको प्रहरी प्रमुख मेजर जनरल अब्दुलका अनुसार यो सब आक्रमणहरू सिया लडाकुहरूले गर्ने गरेका कर्तुकहरु हुन । उनीहरूले महिलाको ह्त्या गर्दछन र चेतावनियुत पर्चा छोड्छन वा महिलालाई अपर्याप्त कपडा लगाइदिन्छन , जसले भयावह कर्तुतलाई जायज बनाओस ।
"बिबिसिले बताए अनुसार बसरामा हरेक दुई तिन दिनमा महिला माथी हमला भैरहेको छ । गत जुलाई देखि सेप्टेम्बरबिचको अवधिमा ४२ महिलाहरुको ह्त्या भैसकेको छ" -फतिमा एल जेहरा भन्दै थीइन ।



"मेजर जनरललाइ इराकी प्रधान मन्त्री नूरी अल मलिकिले बसरामा कानूनी व्यवस्था बहाल गराउने उद्देश्यले यसै वर्ष त्यहाको प्रहरी प्रमुख बनाए तैपनी प्रहरिहरू यस्तो मामिलामा जाच गर्न वा हात हाल्न डराउने गरेका छन साथै दोषी पक्षका आफन्तले रिपोर्ट गर्न पनी नसक्ने अवस्था भएकोले उनिहरु डराउछन र यस्तो मामिलामा पुलिसाले समस्या सवधान गर्न र न्याय दिलाउछ भन्ने कति पनी विस्वाश छैन । " उनले थपिन ।

फतिमाले उनको छिमेकीमा भएको अर्को दर्दनाक घटना पनी एकै साहसमा भनिन -" तसलीमा -जसलाई उनकै घरमा, उसको ६ वर्षे छोरासंगै ह्त्या गरिएको थियो (भयानक तरिकाले वर्णन गर्नै नसकिने गरी) उनलाई नाजायज संबन्धको कारण गर्भवती भएको हल्ला समेत फैलाइएको थियो । "
"अबस्था - इस्लामी भेषभूषा नलगाई घरबाट बाहिर निक्लने हिम्मत जुटाउन नसकिने भएको छ । "
"के हाम्रो चाहि इच्छा र रहर छैन ? "
"के धर्मको आडमा उनीहरुको त्यो अपराध जायज हो र ? "
"धर्मको कुरा गर्ने ले ख़ुद आफु - कतिको धर्मको पालना गरेको छू भनेर हेका राख्नु पर्दैन र ? "
"' कस्तो समाज -यस्तै कुरा र यिनिहरुकै पछि लाग्ने लाइ आदर्श मान्द छ र बडा पनी -जो कोही पनी यसको बिरोध गर्न डराउछन , काप्छन । "
"खुदा सलाम !"
(नोन स्टोप वोल्दै थीइन )
मैले टिसट र स्कट लगाएकी थिए र केही श्रंगार पनी , जसरी म सधै झै आइरहेकी थिए ,साथमा मेरो सानो छोरा थियो। म बसस्टपमा बसेर बसको पर्खाइमा थिए , एउटा मोटर साइकलले सिधै मलाई ठक्कर मार्ने कोसिस गर्यो ।
भाग्यावास !
मलाई ठक्कर दिनु अघि नै मोटरसाइकल चिप्लिएर लड़यो ।

3 comments:

  1. Yestai ho ke garne.
    Kattar wadi haru le aafnai niyam banauchhan ra sajaya dinchhan hamro nepal ma pani testa example chhan ni!



    Off topic:

    Bed Nath Jee, swaa gat chha hamro circle ma!

    :)

    ReplyDelete
  2. yo sambedanshil kuro ho. tara blogger daile vane jhai uniharuko afnai kanoon hun6a. swaym tyahiko mahilale yesko barema khuleaam bolnu pani chanchune kura haina sayad.

    Ani ki bednath jee, yo postko titlele malai arkai kalpana garayeko thiyo. vitra pasda ta arkai po rahe6a. newspaperko kura ta bujhe. tara tyahi vitrako mero sansarko niyati vanne chahi bujhina maile.

    ReplyDelete
  3. bloger dai r kailash gi laai dhanyabd6.
    ...kaanun r niyam ...desh r thaau anusar pharak hun6 tar kunai pani amanabiy niyam ra kaanun kin ? ke kaa laagi ani kasle ? kin banaaune gard6n?

    ReplyDelete