"मेरो एक - सोचाई"



भगवानले !
समस्या सावधानको निम्ति
मानिसलाई -समस्याहरुसंग
संघर्ष गर्न -
यो धर्तिमा, यो जीवन दिए
संसार लाइ सुन्दर राख्न
तर
मानिश भने त्यही -समस्या !
भगवानलाइ सुनाउने गर्छ
मन्दिर , चर्च , गुम्बाहरुमा धाएर !!!

जब की भगवानले
त्यही समस्या देखि डराएर
मान्छेलाई अघिसारेका हुन ।
मलाई यस्तै लाग्छ -यो शिष्टिको रित
मलाई यस्तै लाग्छ -यो प्रकृतीको भेद
मलाई यस्तै लाग्छ -यो जिन्दगीको प्रीत
सायद,
मलाई पनी यस्तो समस्या दिए
जून मैले सहन गर्न सक्छु
र मेरा लागी हुन ।
यसले यस्तै खाल्को र यती सम्म
दू:ख, विपद सहन गर्न सक्छ
यस्तो२ संकट यसले पार गर्न सक्छ
यस्तो२ पीडाको भार थाम्न सक्छ
भनेर होला - भागवण्डा गरेर अंश लगाएछन ।
विडमवना !!!
म भने त्यही भयावह ,
मलाई यस्तो भो ,उस्तो भो भनेर सुनाउदैछू
उनैलाई उनकै भाका र भाषामा ।
जब उनलाई थाहा छ -मलाई कस्तो, के हुन्छ भनेर !
तैपनी -म !
त्यही समस्या सुनाइरहन्छु -उनैलाई ।
किनकी ! मान्छेको स्वभाब नै त्यस्तै हुन्छ नि !
र मेरो पनी ।
थाहा छन मलाई मेरा कमी कम्जोरिहरू !
थाहा छन मलाई मेरा समस्याहरु !
थाहा छन मलाई मेरा उद्देश्यहरु !
त्यही (थाहा पाई )२ पनी
बुझ पचाउदैछु भन्ने पनि थाहा छ ।
न त्र ! हेर त - डाक्टर ले चुरो तानेको ।
धेरै पाइलाहरुमा म हारेको छू
धेरै हिडाइरुमा म पछि परेको छू
धेरै यथार्थताबाट म गलेको छू
धेरै थाहा छ मेरो आफ्नो बारेमा - मलाई ।
त्यसैले त !
म एक्लै हिडिरहे'छू
म एक को जिवनमा
यो एउटा जीवन लिएर
यो एउटा संसारमा
म एक लडिरहे'छू
म एक काल , एक जीवन भए पनी !
धेरै धेरैको लागी , धेरै धेरै फाइदा होस भनेर !!
म एकलाई धेरै बनाउन खोज्दैछु !!!

5 comments:

  1. बेदनाथ जि त्यै त हामिले जानि जानि नै आफुलाई अन्जान बनाइदिदारहेछौ । यो नै गलत हो कि खै के हो के हो? भावनाले मनमा तरंग फैलाउदै छ बुझ्ने प्रयास गर्दै छु ।

    ReplyDelete
  2. कविताको भाव एकदमै स्तरीय र दह्रो छ। तपाईका कवितामा म कहिले काहि अन्तरमुखी स्वभावको झल्को देख्छु (शायद गलत पनि होला)। अनी तपाइलाई भेटेको त छैन तर तपाईको कवितामा म तपाईको उमेरभन्दा बढि प्रौढता भेट्छु ।

    केहि शब्द संयोजन र भाषाका त्रुटिहरुलाई पनि न्युन गर्दै लाने प्रयास गर्नु होला शुभकामना !!

    ReplyDelete
  3. सुर्य प्रसाद् 'सिकारु' र दिलीप जी लाइ धन्यवाद ! छ ।
    अनि दिलीप जी लाइ म के भन्छु भने - अन्तरमुखी चाहि भनी नहालौ की ? काचा कुराहरु लेख्ने न परे ! त्यत्रो पगरी नथपौहोला ।

    तपाईहरुको हौसला र सुझाब ले केही त्रुटीहरु न्यूनीकरण गर्ने नै जमर्को गर्दै लादैछु । तपाईहरुको शुभकामना लागीरहोस । धन्यवाद !

    ReplyDelete
  4. निकै दार्शनिक भाव पोख्नुभएको रहेछ पुलामीजीले। यो संसार भनेकै यस्तै विरोधाभाष हो।

    तपाईँको कविताले मलाई भूपिको "मेरो चोक" का केहि हरफहरुको याद दिलायो।

    ReplyDelete
  5. Pulami jee.Tapaiko kalpanik shakti bejod ka rahechhan.Badhai chha hai.

    ReplyDelete