वातै वातको घात पाए


अवसर र मौकाको वास माग्दा
आश्वासन र सहानुभुतिको साथ पाए
म पनी त केही गर्छु भन्दा
वातै वातको घात पाए !!!

विजयको उत्सव रे !

एउटा मर्दा अर्को हास्नु
विजय त विजय नै रै'छ
एउटा उपहारमा अर्को उपहार साट्नु
ओख्रो भित्रको खोक्रो रोज्नु !!
अवसर र मौकाको वास माग्दा
आश्वासन र सहानुभुतिको साथ पाए
म पनी त केही गर्छु भन्दा
वातै वातको घात पाए !!!

यो पनी आन्दोलन रे !
धरहरा भत्काएर जनता पड्काउनु
आन्दोलन त आन्दोलन नै रै'छ
पहिला लाश बनाएर पछि खुट्टा सड्काउने
खोक्रो बाहिराको बोक्रो रै'छ !!
अवसर र मौकाको वास माग्दा
आश्वासन र सहानुभुतिको साथ पाए
म पनी त केही गर्छु भन्दा
वातै वातको घात पाए !!!

क्रान्त्री पनी नयाँ रे !
जीवन दिने हैन , जीवन लिनु पर्ने
क्रान्त्री त क्रान्ती नै रै'छ
म मरेपछि मलाइ शान्ति मिल्ने
बोक्रो पनी धोक्रोकै रै'छ !!
अवसर र मौकाको वास माग्दा
आश्वासन र सहानुभुतिको साथ पाए
म पनी त केही गर्छु भन्दा
वातै वातको घात पाए !!!

No comments:

Post a Comment