आफ्नै प्रतिबिम्बका कुराहरु -भाग ३


शब्द्हरुको झटारो कती हानौ म , कती किबोअर्डमा औलाहरुद्रारा यी पानाहरुमा सारा रिस र असन्तुस्तिहरु पोखौ , किन सुनाउने यी पेजहरुलाई - केही मतलब छैन । उसै त प्रत्येक पन्नाहरुलाई भारी पत्थरहरूले थिचेर राखेको जस्तो छ अनि त्यहा भित्रको विचारहरु सब अचार भै'राछन । हिम्मत छैन कसैको चट्टानलाई फोरेर पत्र पत्र पल्टाउने, अनि किन लेखौ , अनि किन भनौ ?
मलाई लाग्छ एड्गरको कलमले आकृतिहरू दिन छाडे, सेक्सपियरका किताबहरू भट्याउन नसक्ने भै'सके । अल्फेड नोवलका वधाई-पुरस्कार धेरै भारी भए -दबाएर राख्ने खालको , आइस्टाइनको मगजलाई बुस - लादेनले खेलाउन थाल्दा वोलिभियाको जंगलमा चे ज्वाभारा हराए जस्तै म हराए आफ्नै देशमा ।
म'लाइ पनी सोच न आएको हैन ज्वालामुखिको रापको मुस्लो गर्जे जस्तो गर्जने ता की सबैले म रहेको ठाउॅ थाहा पाउन र मलाई र मेरो रुपलाई देखुन - तर म नेपाली थिए , म'संग आमाको माया थियो त दाजुको साथ र मेरी दिदीको सम्झना अनि बाबाको सपना - रोक्यो त त्यसैले । वरु सबैलाई मेरै देशको गौतम वुद्र चाहिएको छ अनि मेरै झोमोलुङमा । थाहा छ तपाईलाई मेरो झोमोलुङमा(सगरमाथा)को बारेमा जो कती शिरेटो सहेर र कती आधिहुरी खपेर बसेको- धेरै अटल र उच्च छ ।
(यतिनै लेखे २००८ को सम्झनामा ! -यस्पालिको पुरै ३६५ दिनहरू पनी दोहामै गुज्रेर वित्यो, पारिवारिक र साथी संगीको मझेरी बाट समुन्द्र पारीको क्षितिजमा हराउनु पर्दा उनिहरुको स्नेहको खड्को आइनै र-ह्यो -वेला वेलाको कल र चाटले सामीप्यमा भएको अनुभूति त गराइदिन्थो नत्र त उही हो खाली हृदय भरीको सम्झना दिलाइरह्र्यो सदैभरि । अनि मेरा सबै ब्लग मित्रहरु र ब्लगमा पाल्नुहुने पाहुनाहरुमा-
"नव बर्ष २००९ को अवसरमा -शुभ कामना"
भन्दछु र
"HAPPY BLOGGING" )

9 comments:

  1. पुलामीजी, नववर्ष २००९को हार्दिक मंगलमय शुभकामना! यो वर्षले तपाईँलाई सफलता, सुख र शान्ति देओस्।

    ReplyDelete
  2. वसन्त जी! म -नव वर्ष २००९ को उपलक्ष मा तपाई लगायत तपाईको परिवार को शु-स्वास्थ्य , प्रगति र दिर्घायुको कामना गर्दछू र नेपालमा छिटै लोडशेडिंङको समस्या सावधान होस भन्ने कामना पनी गर्दछू ।

    ReplyDelete
  3. अबको नयाँ वर्षले तपाईँलाई आमाको काखमा पुग्ने वातावरण बनाइदेओस् , बुवाको सपना पूरा गर्न सक्षम बनाइदेओस् अनि साथीभाइसँग बसेर रमाइलो गर्ने अवसर पनि जुराइदेओस् । धेरै शुभकामना है वेदनाथ दाइ तपाईँलाई पनि नयाँ वर्षको !!

    ReplyDelete
  4. शुभकामना है सन २००९ को बाँकी त चलेकै छ घरीघरी जिन्दगी यो मिती फेरी.......

    ReplyDelete
  5. शुभकामना है सन २००९ को बाँकी त चलेकै छ घरीघरी जिन्दगी यो मिती फेरी ..............

    ReplyDelete
  6. तपाईकै वाक्य उद्धरण गर्दा:
    कती शिरेटो सहेर र कती आधिहुरी खपेर बसेको- धेरै अटल र उच्च छ सगरमाथा ।
    सिरेटोहरु आएनन भने सहज उच्चता हासिल हुदाँ त्यसको महत्व पनि त कम हुन्छ नि हैन!

    नया बर्ष लगाएत तपाईको उत्तरोत्तर प्रगतीको हार्दिक शुभकामना !!

    ReplyDelete
  7. पुलामी जी,
    नयाँ बर्ष २००९ को अबसरमा यहाँ को उतरोत्तर
    प्रगती को लागि शुभकामना। यहाँलाई अशुभ र
    अशान्ती कैले पनि नहोस्। मनका भावनाहरु
    पुराहोस्। अन्त्यमा सबै ब्लगर मित्रहरु प्रती
    २००९ को मंगलमय कामना।

    ReplyDelete
  8. I wish you all a very HAPPY NEW YEAR 2009!
    ...May it bring success and prosperity into your life!
    ...May your life be filled with good health, New hope and new beginnings!
    ...May this new beginning open up more opportunities for you and lead onto the path of continued success!
    ...May coming year showers on you, all that you ever wished for!

    ReplyDelete
  9. Let the world be heaven
    No hell
    No criminal
    No jail
    Joy and Peace
    No fear
    May dream come true
    HAPPY NEW YEAR

    ReplyDelete