Sea Line beach -को रमाइलो भ्रमण


रहरै रहरमा र कतार बसाइको बसिवियालोहरुका अनुभूतिहरू संगाल्ने क्रममा - म चाहन्थे आफ्नो दू:ख - कष्टको भोगाइलाइ एउटा पोल्टोमा राखेर खुसी र आत्म सन्तुष्टिका लागी यहाँका हरेक परिदृश्यहरु र प्राकृतिक सौन्दर्यतालाइ चुमेर अर्को पोल्टा भरौ । अनि लामो समय देखि टिका राम जी सँग अलिक राम्रो ठाउॅ घुम्न जाऊ भनेर गरेको सल्लाह -धेरै भएको थियो तर साइतै जुरेको थिएन । यो नया बर्ष २००९ को अबसरमा भने -मिल्यो मौका । कुनै पंडित नै बोलाउनु नै परेन - साइतको लागी । नत्र त ! कथा जस्तो नै हुन लागेको थियो -एका देशको । सधै Doha मै बस्ने भएको ले मलाई यस्तो सी लाइन बिच जस्तो ठाउॅ हेर्ने नै मौका मिलेको थिएन तर आज भने - बास्तबिक कतार नै हेरे जस्तो लाग्यो । पुरै मरभूमि -




हामी एका बिहानै निस्कियौ Sea Line Beach को यात्रा को लागी हाम्रै Accommodation बाट -ओम (Um salaal) , सुन्दर(TV Round Board) , हेमन्त (Markhiyaa), देवी राम जी र म । यानी पाण्डब भएर । टिका जीहरुलाई हामीले मतार कदीमको RAMEZ SHOPPING COMPLEX मा भेट्ने र त्यहा बाट OKRA हुदै HOME SIDE र त्यस पछि Sea Line Beach पुग्ने सल्लाह गरेका थियौ र सोही अनरूप हाम्रो यात्रा अघि बढ्यो :- .......





कतारको रमाइलो भ्रमण गर्नयोग्य ठाउॅहरुमा - Sea line beach, Crones area, Okra, Vilaaju , Home Side, National , र हाल बन्दै गरेको Pearl Qatar निकै रमणिय र मनमोहक छ ।


.... सुक्रबारको हाम्रो घुम्फिरको क्रममा अलिक त्याहाको मौसमले पनी साथ दिएको थिएन - हामीलाइ कठिन तुल्याउदै थियो- निकै तिब्र गतिको चिसो बतास र त्यसले उडाएर ल्याएको वालुवाले । एक अर्काले वोलेको पनी सुन्न हम्मे हम्मे पर्थ्यो , त्यसमा पनी मुटुनै कमाउने चिसो अनि राम्ररी हेर्न नै नदीने वालुवाको कणको अबरोध ! तर मान्छेको मन न हो - कहा त्यसै पछि हटिन्थ्यो र ! हामी केही तस्वीरहरु लिदै र त्यहा आफुलाई भएको अनुभबहरु र त्यति राम्रो भौगोलिक स्थितिको भिडियो पनी लिदै र मैले पहिलो पल्ट देखेको वालुवाको पाहाड चढ्दै निकै अघि सम्म गयौ । सबैको मुहार थाकेको थियो - तर कसैमा निरासा थिएन -उत्सा नै उत्साह मात्र थियो ........ । कतार बसाइको यतिको अबधिमा मैले त्यस दिन र त्यहाको जस्तो पर्याबरण देखेको थीन । सधै तातो र गर्मी को महसूस हुने ठाउमा - पिक्चरहरु नै हेर्नुस न तुसारो लागे झै छ - बडो अचम्म !


त्यस्तो ठण्डी भए पनी समुन्द्रमा खेल्न साथिहरुसँग प्रसस्तै उमग पनी थियो ।





कैलाश जी ले - केही समय अघि सोध्नु भए'थ्यो नि टिका जी काहा हराउनु भो र उहाको ब्लगको कुरा के हुदै छ भनेर ....(चाटमा ) यी आज मैले मेरो ब्लग मार्फत तपाईको अघि ल्याएको छू - उहा मस्त हुनुहुन्छ भिडियो लिन ( कतारको संगालो -नेपाल लान ) अब उहा छिटै नेपाल आउनु हुदैछ छोटो समय को लागी छुट्टिमा । केही पछि मात्र उहाले आफ्नो ब्लग स्टार्ट गर्ने (पुन :) हुनु भएको छ । (त्यसै भन्दै हुन्थियो )




त्यहा जानूको अर्को हाम्रो प्रयोजन थियो- ति वालुवाका पहाडहरुमा यी पिक्चरमा देखिएका जस्ता बाइक कुदाउनु पनी थियो -जून जस्तो सुकै ढिस्कोमा पनी सजिलै चढदो रहेछ । मलाई त निकै रमाइलो महसूस भयो -पहिला त अलिक असजिलो लाग्यो , एक पल्ट त झनै रड मा गएर ठोकिएको पनी , एक दुई साथीहरुले त झन्नै पल्टाए पनी - मलाई भने तृषना नै मेटिएको थिएन -बाइकको ।
तर अर्को रहर चाहि थाती नै रह्यो - उट चढी मराभुमिको सयर गर्ने । प्रतिकूल मौसमको कारणले गर्दा ।












अपलोड मा अलिक ढिलाई भयो - यो त २ तारिकै थियो - अहिले मलाई त्यसदिनको धुलो उडाई र चिसो सिरेतोको झड्काले अलिक बिसन्चो भए जस्तो छ - सर्दी ले च्यापे जस्तो भा'छ । आज जसो तसो समय मिलाएर मैले मेरो यो टासोमा टसाए - साथिहरु ले निकै अपलोड गरी सक्नु भएको रहेछ तर मैले उहाहरुको घरमा छिरेर कमेन्ट गर्न नै भ्याएको छैन ।




8 comments:

  1. कतारको एउटा सुन्दर ठाऊँ र साथीहरुको रमाईलो घुमघामले म पनि त्यहीँ पुगेजस्तो लाग्यो।

    र फेरि एकपटक नयाँ वर्ष २००९ को शुभकामना!!

    ReplyDelete
  2. बसन्त जी लाइ धन्यबाद तपाईको शुभकामना को लागी र अपलोड गर्दा गर्दै कमेन्ट गरीदिनु भएकोमा पनी । अनि हामी संगै रामाउने प्रयास गर्नु भएको मा ।

    ReplyDelete
  3. फोटोहरु त मैले तपाईको फेशबुकमा पनि हेरि सकेको थीएँ, बिस्तृत जानकारी भने यहा पाईयो।

    जे होस नया बर्ष निक्कै रमाईलोसंग बिते जस्तो छ !

    ReplyDelete
  4. पुलामी जी नमस्कार।
    तपाईंको यो मरुभुमी को यात्रा
    अनी त्यहाका बनावोटी हरियाली
    र गल्फको जीबन सँग जीबन साटी
    रहनु भएकोछ। मलाई पनि अली अली
    अनुभब छ। जीबन यस्तै हो को कहाँ
    र कता। आनन्द र इन्जोय हैत। अनी साहित्य
    श्रीजनामा कमी नहोस्,शुभकामना।

    ReplyDelete
  5. धन्यबाद ! दिलीप जी र बिमल जी लाइ

    दिलीप जी ले त शुक्रबार नै फेशबुकमा हेरेर कमेन्ट पनी गरी सक्नु भएको थियो मैले त्यसको जवाफ दिन नै भ्याएको थीइन । जेहोस नया बर्ष नया ठाउॅ गएर नया तरिकाले नै मनाइयो । खुसी लागेको थियो - त्यो भ्रमणमा ।

    अनि बिमल जी तपाइले भन्नु भएको ठीकै हो - जीवनमा कहिले को कहा र कता ?
    अनी साहित्य श्रीजनामा कमी नहोस् -भनेर शुभकामना दिनु भएको रहेछ पुन: धन्यवाद ! टक्याउछु । R
    तपाइहरुकै साथ पाइरहे - सिर्जनामा कमी हुन दिने कुरै भएन नि !

    ReplyDelete
  6. बेदनाथ जी म कछुवाको चालमा यहाँ कमेन्ट ठेल्दैछु है। माफ गर्नुहोला। कहिलेकाही तपाईको ब्लग खोल्दा झ्याप्पै कम्प्यूटर नै मर्छ। कहिले नेटको के जातिले धोका दिन्छ। के भनु खै बहाना बनाएझैँ हुन्छ। पहिले हेरेको भए नि आज प्रतिक्रिया ठेल्छु है। किनकी अझै २ घण्टा बाँकी छ लाइन जान।

    तपाईहरुको घुमघाम देखेर लोभ लाग्यो है। साथीहरुसँग घुम्नुको मजा अनि रमाउनुको मजै अर्कै छ। त्यसमाथि पनि आफ्नो जन्मभूमि बाहिर काम र बाध्यताको पर्खाल नाघ्दै निस्केर रमाउनुको खूब अर्थ हुँदो हो हगि?। हुन त तपाईहरुको काम र परिवेशभित्रको गुदी कुरा त तपाईहरुलाई नै थाहा छ क्यारे। मैले के भन्नु खै। जे भएनि रमाएको मान्छे देख्दा यो दिल खूब खुश हुन्छ। अनि खूब रमाउँछ। यो खुशी र रमाइलो बाँडेकोमा धन्यवाद छ।

    अनि मुस्कान भाई हाम्रो टीकाजीलाई गुमनाम हुन नदेकोमा पनि धन्यवाद है। अनि तपाई र तपाई लगायत सम्पूर्ण नेपाली दाजुभाईहरुलाई ढिलै भएनि शुभकामना नया वर्ष २००९ को है त।

    ReplyDelete
  7. bed nath जी फोटो हरू अपलोड गर्नु भएछ धैरै खुशी लाग्यो के गर्नु bed nath जी blog बनाउन मन त लाग्छ तर समय ले साथ दीदैन ।
    but i hope घर गएर अाएपछी समएले साथ दिएमा blog बनाउनेछु ।धन्यवाद्

    ReplyDelete
  8. कैलाश जी र टिका राम(Anonymous)
    जी लाइ कमेन्ट र शुभकामनाको लागी धन्यबाद!

    धेरै दू:ख भित्र थोरै खुसी खोज्ने प्रयास मात्र गरेको हु कैलाश जी ,साथिभाइहरूसँग डुल्ने निहुले ।

    ReplyDelete